• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लकडाउन खुल्यो, तर पूरै खुल्न समय लाग्ने


  •   मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
  • काठमाडौँ । कोरोना महामारी रोकथामका लागि गत चैत ११ गतेदेखि लगाइएको लकडाउन अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो ।

    Advertisement

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न २०७७ साउन ६ गते मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन मङ्गलवार राति १२ बजेपछि अन्त्य हुने जानकारी दिनुभयो ।

    साउन १५ देखि होटल–रेस्टुराँ खुला, स्कुल भर्ना भदौ १ बाट

    साउन १५ गतेदेखि होटल–रेस्टुराँ खुल्ला हुने भएको छ । यस्तै, ट्रेकिङ ट्राभल पनि १५ गतेदेखि नै खुल्ला हुने भएको छ । स्कुल भर्ना भने भदौ १ गतेदेखि खुल्ला गरिएको छ । यस्तै, खेलकुदलगायतका क्रियाकलाप पनि भदौ १ गतेदेखि नै सञ्चालन गर्न सकिने निर्णय भएको मन्त्री खतिवडाले बताउनुभयो ।

    जोरबिजोर हट्यो, लामो दुरीको यातायात भदौ १ देखि

    निजी सवारी साधानमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटेको छ । सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोरबिजोर हटाइएको हो ।

    यस्तै, सरकारले लामो दुरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । भदौ १ गतेभन्दा अघिसम्म भने काठमाडौँभित्र उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन हुन पाउँछन् ।

    यातायात व्यवसायीले साउन ८ गतेदेखि नै लामो दुरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दुरीको यातायात खोल्ने निर्णय गरेको हो ।

    सरकारले आन्तरिक हवाइ उडान पनि भदौ १ देखि मात्र सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

    सरकारी कार्यालयमा दुई सिफ्टको व्यवस्था हट्यो

    त्यसैगरी, सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ । अब विहान १० बजेदेखि साँज ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता मन्त्री खतिवडाले जानकारी दिनुभयो । हाल बिहान ८ बजेदेखि १ बजेसम्म र १ देखि ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन भएका छन् ।

    के केमा छ प्रतिबन्ध ?

    लकडाउन खुला गरे पनि सरकारले केही क्षेत्रमा भने प्रतिबन्ध कायमै राखेको छ । शैक्षिक संस्था, सभा, गोष्ठी, प्रदर्शन, भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना अझै खुल्ने छैनन् ।

    यद्यपि होटल तथा रेष्टुराँ भने साउन १५ बाट खुला गरिने छ भने भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षालगायतका गतिविधि गर्न छुट दिइएको छ । यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्लाका यातायात भदौ १ गतेबाट खुल्ला हुने छ ।

    मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.