नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समिति अन्तर्गत पर्ने महिला विभागको आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सु सम्पन्न भएको छ ।
महिला विभागकी नगर संयोजक माया केसीको अध्यक्षता र नगर समितिका हिमा भण्डारीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय समितिका सदस्य शिव केसी, वीन बहादुर कुँवर, क्षेत्रीय समिति सदस्य तथा नगर सचिव विष्णु खनाल, महिला विभाग क्षेत्रीय समितिबाट मिना खनाल, विस्नी रायमाझी र बहराईंन एकता समाजका महासचिव एलबी राना लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गीता आचार्य, सावित्रा कुँवर, जानका भट्टराई, शर्मिला अधिकारी, लालबहादुर कुँवर, बलराम परियार, विन बहादुर कुँवर, विष्णु खनाल, शिव केसी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाई मनकला भुसालले स्वागत गर्नुभएको थियो ।