• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

तेहरानमा भीषण आक्रमण, युद्ध सातौँ दिनमा


  •   शुक्रबार, फागुन २२, २०८२ मा प्रकाशित
  • तेहरान । इजरायलले इरानविरुद्ध सुरु भएको युद्धलाई ‘नयाँ चरण’ मा प्रवेश गराएको बताउँदै शुक्रबार राजधानी तेहरानमा ठूलो आक्रमण गरेको खबर सार्वजनिक भएको छ । युद्ध सातौँ दिनमा पुगेको बेला दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण तीव्र बनेका छन् भने यसको प्रभाव मध्यपूर्वका अन्य देशहरूमा पनि फैलिएको देखिएको छ ।

    Advertisement

    इरानी सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान तेहरानमा शक्तिशाली विस्फोटसहित आक्रमण भएका छन् ।

    इजरायलले त्यसअघि राजधानीमा ‘शासन पूर्वाधार’ लक्षित गरी प्रहार गर्ने घोषणा गरेको थियो । इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले अमेरिका–इजरायल संयुक्त अभियान अब अर्को चरणमा पुगेको र यसले इरानको शासन संरचना तथा सैन्य क्षमतामाथि थप आक्रमण गर्ने चेतावनी दिनुभएको थियो । उहाँले अझै थप ‘अप्रत्याशित कदम’ आउन सक्ने सङ्केत पनि गर्नुभएको छ ।

    अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले पनि इरान र तेहरानमाथि प्रयोग गरिने सैन्य शक्ति नाटकीय रूपमा बढ्ने बताउनुभएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्व परिवर्तनको विषयमा आफू संलग्न हुनुपर्ने बताउनुभएको छ । अमेरिका–इजरायलको प्रारम्भिक आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनी मारिएपछि नयाँ नेतृत्वको विषय चर्किएको छ ।

    ट्रम्पले खामेनीका छोरा मोज्ताबा खामेनी सम्भावित उत्तराधिकारी हुन सक्ने अनुमान अस्वीकार गर्दै उहाँलाई ‘हल्का वजन’ भएको टिप्पणी गर्नुभएको छ । उहाँले इरानमा ‘सद्भाव र शान्ति ल्याउने’ नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    द्वन्द्वको प्रभाव इजरायल र लेबनानसम्म फैलिएको छ । इरान समर्थित हिजबुल्लाहले क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले लेबनानमा हवाई आक्रमण गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार ती आक्रमणमा कम्तीमा १२३ जनाको मृत्यु भएको छ । बेरुतका दक्षिणी उपनगरहरूबाट दशौँ हजार मानिस विस्थापित भएका छन् र धेरै परिवार समुद्र तटमा अस्थायी रूपमा बस्न बाध्य भएका छन् ।

    समुद्र तटमा आश्रय लिइरहेका ६१ वर्षीय युसेफले आफू सन् २०२४ को युद्धपछि दोस्रो पटक विस्थापित भएको बताउनुभयो । उहाँका अनुसार यस्तो अवस्थामा कसले बाँच्ने भन्ने निर्णय ‘भाग्य’ ले गर्ने जस्तो लाग्छ । आफ्नो परिवारलाई सुरक्षाका लागि सिरिया पठाएको र आफैँ घर फर्कने कि नफर्कने भन्ने दुविधामा रहेको उहाँले बताउनुभयो । “किन यस्तो युद्ध रु” भन्ने प्रश्न उहाँले निराश हुँदै उठाउनुभयो ।

    तेहरानमा भने आक्रमणबीच पनि केही स्थानमा सामान्य जीवनका दृश्य देखिएका छन् । बच्चाहरू बेलुनसँग खेलिरहेका र अभिभावकहरूले आफ्ना बालबालिकासँग साना सवारी चलाइरहेका दृश्य देखिए पनि सादा पोसाकमा सुरक्षा अधिकारीहरू सडकमा सक्रिय देखिएका छन् । स्थानीय एक इन्जिनियरका अनुसार सुरक्षा बलहरूले सडकमा गस्ती गर्दै मानिसहरूको फोन जाँच गर्ने र डरको वातावरण सिर्जना गर्ने काम गरिरहेका छन् ।

    यसैबीच देशभर इन्टरनेट सेवा लगभग ठप्प भएको छ । निगरानी संस्था नेटब्लक्सका अनुसार इरानमा इन्टरनेट कनेक्टिभिटी सामान्य अवस्थाको करिब एक प्रतिशत मात्र रहेको छ । अधिकारीहरूले नागरिकलाई भिपिएन प्रयोग नगर्न चेतावनी दिएका छन् ।

    तेहरानबाट बाहिरिएका युगान्डाका विद्यार्थी ओस्कार नाइगेमाले आक्रमणका क्रममा सहरभरि त्रास फैलिएको बताउनुभयो । उहाँका अनुसार विस्फोटका कारण जमिन नै थर्किएको महसुस भएको थियो र धेरै मानिसहरू अत्यन्त डराएका थिए ।

    यसबीच इरानले पनि इजरायल र खाडी क्षेत्रका केही लक्ष्यतर्फ प्रतिआक्रमण गरेको जनाएको छ । कतारले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले अल–उदेदस्थित अमेरिकी हवाई अड्डालाई लक्षित ड्रोन आक्रमण विफल पारेको जनाएको छ ।

    बहराइनले राजधानीमा होटल र दुई आवासीय भवन लक्षित आक्रमण भएको तर कुनै मानवीय क्षति नभएको बताएको छ भने साउदी अरेबियाले तीनवटा ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको जनाएको छ ।

    युद्ध सुरु भएदेखि खाडी क्षेत्रका देशहरूमा १३ जनाको मृत्यु भएको छ, जसमा सात जना सर्वसाधारण रहेका छन् ।

    मृतकमध्ये कुवेतकी ११ वर्षीया बालिका पनि रहेको जनाइएको छ ।

    द्वन्द्वको असर मध्यपूर्व बाहिर पनि देखिएको छ । श्रीलङ्काको तट नजिक अमेरिकी पनडुब्बीले एक इरानी युद्धपोतलाई टारपीडो गरेको खबर आएको छ भने अजरबैजानले आफ्नो विमानस्थलमा ड्रोन आक्रमण भएपछि प्रतिशोधको चेतावनी दिएको छ ।

    एक इरानी राज्य सञ्चालित फाउन्डेसनले अमेरिका र इजरायलका आक्रमणबाट इरानमा एक हजार २३० जनाको मृत्यु भएको दाबी गरेको छ, तर यो तथ्य स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । अमेरिकी सेनाले भने युद्ध सुरु भएदेखि आफ्ना छ सैनिक मारिएको जनाएको छ भने इजरायलमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

    इरानले भने युद्धविरामप्रति असहमति जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग वार्ता गर्नुपर्ने कुनै कारण नदेखिएको बताउनुभयो । उता अमेरिकी रक्षामन्त्री हेग्सेथले अमेरिकी हतियारको अभाव नरहेको भन्दै युद्ध जारी रहने सङ्केत दिनुभयो ।

    तर मध्यपूर्वमा अमेरिकी सेनाको कमान्ड सम्हाल्ने सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार इरानबाट हुने आक्रमण क्रमश: घट्दै गएको छ । उहाँले युद्ध सुरु भएको पहिलो दिनको तुलनामा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण ९० प्रतिशत र ड्रोन आक्रमण ८३ प्रतिशतले घटेको बताउनुभयो ।

    युद्धले विश्व बजारमा पनि प्रभाव पारेको छ । ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय यात्रा प्रभावित भएका छन् । तेलको मूल्यमा हाल केही स्थिरता देखिए पनि धेरै एसियाली सेयर बजारहरू शुक्रबार घटेका छन् ।

    यसैबीच इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण रहेको बताएको छ । त्यहाँबाट विश्वको ठूलो हिस्सा ऊर्जा आपूर्ति हुन्छ । वासिङ्टनले भने आवश्यक परेमा जहाजहरूलाई सुरक्षा दिँदै आवतजावत गराउने जनाएको छ ।

    शुक्रबार, फागुन २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.