काठमाडौँ । राष्ट्रिय जनमोर्चाका बाँके, रुपन्देही, बर्दिया र दाङका उम्मेदवारले मतदान गर्नुभएको छ ।
२०८२ फागुन २१ गतेका दिन बाँके–२ का उम्मेदवार जगदीश ढकाल, रुपन्देही–३ का उम्मेदवार बद्रे आलम, बर्दिया–१ का उम्मेदवार लोकबहादुर राना र दाङ–४ का उम्मेदवार मनिराम खनालले मतदान गर्नुभएको हो ।
बाँके निर्वाचन क्षेत्र २ का उम्मेदवार ढकालले नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. २० बाट मतदान गर्नुभएको थियो । २० नं. वडाकार्यालयमा कायम गरिएको मतदान केन्द्रमा पुग्दै उहाँले मतदान गर्नुभएको हो ।
रुपन्देहीको निर्वाचन क्षेत्र नं. ८ का उम्मेदवार आलमले सिद्धार्थनगर नगरपालिका–९ मा पुगी मतदान गर्नुभयो । मतदान गर्न आलम सो वडाको बोलिगढस्थित भानु मावि मतदान केन्द्र पुग्नुभएको थियो ।
बर्दिया क्षेत्र नं. १ बाट राजमो उम्मेदवार रानाले बाँकेबाट मतदान गर्नुभएको छ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा कायम गरिएको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।
दाङ क्षेत्र नं. ४ का उम्मेदवार खनालले पनि मतदान गर्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरास्थित गोरक्ष माविमा स्थापना गरिएको मतदान केन्द्रमा पुगी खनालले मतदान गर्नुभएको हो ।
राजमो उम्मेदवार ढकाल, आलम, राना र खनालद्वारा मतदान
राजमो उम्मेदवार ढकाल, आलम, राना र खनालद्वारा मतदान
Advertisement
तपाईको प्रतिक्रिया