• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाललाई क्रिमिया, युक्रेन बन्न नदिन


  •   सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
  • निमबहादुर बुढाथोकी ##

    Advertisement

    २०८४ सालमा हुनुपर्ने प्रतिनिधिसभा निर्वाचन २०८२ फागनु २१ गते हुँदैछ । विषम परिस्थितिका बिच हुने निर्वाचन चुनाव हुन्छ र ? २१ फागुनमा चुनाव हुने/नहुने भन्नेबारेमा जनता आजसम्म पनि संशयपूर्ण प्रश्न सोध्दैछन् किनकि २०४६ सालको परिवर्तनपछिका सरकार चलाउनेले नेपाली जनताको आत्मसम्मानको आदर गर्न सकेका थिएनन्, जसले जनताको सम्मान गर्न खोजे पनि ती कहिले चुनावमा हारेका छन् र कहिले अपमानजनक तरिकाले सरकारबाट हटाइएका छन् ।

    सामान्य जनताको अस्थिर मनस्थिति वा संशयका बिच फागुन २१ मा हुन लागेको चुनावले देशका समस्याको समाधान गर्न सक्दैन । चुनावमा मतदाताले कुनै एक वा दुई राजनीतिक पार्टीलाई आफ्नो विश्वास दिन सक्ने वातावरण पनि अहिले देखिएको छैन किनकि चुनावी सुरक्षा साझा दायित्व पनि हो । आममतदातालाई के त्रास पनि छ भने भदौ २४ गते ठुलो सङ्ख्यामा लुटिएका गोली, बन्दुक र भागेका बन्दी अझै सरकारी नियन्त्रणमा आइपुगेका छैनन् । त्यसकारण पनि सुरक्षा चुनौती छ । चुनाव स्वतन्त्र, निष्पक्ष, तटस्थ एवम् भयरहित वातावरणमा सम्पन्न हुन्छ कि हुँदैन भन्ने संशय छ ।

    हुन त सरकारले चुनावलाई व्यवस्थित गर्न २ लाखभन्दा बढी कर्मचारी र शिक्षक परिचालन गरेको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राखी १ लाख ३८ हजार म्यादी प्रहरीसहित ३ लाख ३६ हजार सेना, गुप्तचा प्रहरीजस्ता सुरक्षा जनशक्ति परिचालन गरिएको छ ।

    चुनावमा आर्थिक हिसाबले पनि देशको ठुलो धनराशि खर्च हुँदैछ । यो चुनावमा ३१ खर्ब रुपिया खर्च हुने सरकारी अनुमान छ । निर्वाचन आयोगले तोकेको सीमाभित्र रही प्रत्येक उम्मेदवारले ३३ लाख रुपियाँ खर्च गरेको अवस्थामा पनि यो निर्वाचनमा कायम रहेका उम्मेदवारको कुल सङ्ख्या ३४०६ ले ११ अर्ब रुपियाँ खर्च हुन आउँछ । समानुपातिकतर्फका ३१३५ उम्मेदवारले गर्न सक्ने खर्चको हिसाब छुट्टै छ । चुनवामा खट्ने सरकारी जनशक्ति, राजनीतिक दलका कार्यकर्ता, उम्मेदवार, समर्थक र आमनागरिक नै चुनावका लागि खर्च गरेको समयको हिसाब छुट्टै छ ।

    नेपालमा फागुन २१ मा चुनाव हुँदै गर्दा विश्व राजनीतिमा नयाँ धु्रवीकरण र शक्तिसङ्घर्ष अमेरिका–इजरायल र इरानबिचको युद्धसँगै मध्यपूर्वमा सल्केको आगो सल्केको छ । यसले अमेरिका र युरोपीय साम्राज्यवादी शक्तिले गरेको हमलाबाट विश्वको लोकतन्त्र, शान्तिसुव्यवस्था र स्वतन्त्रतामा समेत खतरा देखिन्छ ।

    नेपालमाथि अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढ्दै जाने र यो चुनावबाट उसले आफ्नो स्वार्थ पूरा गर्ने खालको नेपालमा संसद् चाहिएको छ । त्यसैले एमसिसी पारित गरेजस्तै एसपिपी पारित गराउन कोसिस गरिरहेको छ । एसपिपी पारित भयो भने अमेरिकी सेना नेपाल आउने र नेपाललाई अमेरिकाद्वारा चीनसँग सैन्य सैनिक भिडन्त गराउने, त्यसरी नेपाल युद्धभूमि बन्ने र अमेरिकाको निर्देशनमा चल्ने कठपुतली सरकार यो चुनावबाट बनाउन खोजिएको छ । त्यसकारण नेपाललाई क्रिमिया, युक्रेन हुन नदिनका लागि राष्ट्रिय जनमोर्चालाई बलियो बनाउनुपर्दछ ।

    क्रिमिया युरोपको कृष्णसागरमा अवस्थित एउटा प्रायद्वीप हो । यो पूर्वीयुरोपीय देश युक्रेनको मुख्य भूमिसँग जोडिएको दक्षिणी भाग हो । यो प्राचीनकालदेखि नै साम्राज्यवादीको क्रिडास्थल बन्दै आएको भूभाग हो ।

    सन् १७८३ मा रुसी साम्राज्यवादको अधिन कायम भययता क्रिमियाको आधुनिक इतिहास सुरु हुन्छ । जारकालीन रुसी साम्राज्यवादले आफ्नो अस्तित्वमा राखेको उपनिवेशलाई सन् १९१७ मा समाजवादी क्रान्ति भएपछि आत्मनिर्णयको अधिकार दिइयो । केही औपनिवेशिक राज्य रुसबाट छुट्टिएर गए पनि धेरैजसो रुससितै सोभियत सङ्घमा रहन तयार भए भने सन् १९२१ मा क्रिमियालाई सोभियत सङ्घको एक स्वायत्त प्रदेश बनाइयो । सन् १९५४ मा तत्कालीन सोभियत सङ्घका नेता निकिता खु्रस्चेभले क्रिमियालाई अर्काे स्वायत्त प्रदेश युक्रेनमा मिलाइदिए । सन् १९१९ मा सोभियत सङ्घ विघटन भयो । आत्मनिर्णयको अधिकार प्रयोग गर्दै सोभियत सङ्घमा सामेल भएका कैयौँ प्रदेश बेग्लाबेग्लै देश बनेर छुट्टिए । युक्रेन पनि सोही क्रममा रुसबाट अलग्गियो । त्यो अलगावको क्रममा क्रिमिया युक्रेनसितै रह्यो ।

    रुसले आफ्नो क्षेत्रमा रहेका देशमा शान्ति, सुरक्षा कायम गर्ने आफ्नो नैसर्गिक अधिकार रहेको दाबी गर्दै आएको छ । अमेरिका र युरोपीयन युक्रेनले आफ्नो छिमेकी देशमा चलखेल गरेको रुसले राम्रो मान्दैन । सन् २००६ मा क्रिमियास्थित फिडोसिया सहरमा भएको युक्रेन–नेटो सैनिक अभ्यासलाई रुसले कडा शब्दमा निन्दा गर्दै त्यस्तो गतिविधि दोहोरिए गम्भीर परिणाम निस्कने चेतावनी दिएको थियो । त्यस बेला क्रिमिया प्रान्तले आफ्नै युक्रेनको केन्द्रीय सरकारलाई चेतावनी दिँदै “नेटोयुक्त भूभाग” घोषणा गरेको थियो ।

    २०१० फेब्रुअरीमा युक्रेनमा भिक्टर यानकोभिच राष्ट्रपति निर्वाचित भएका थिए । उनले युरोपसँगको सम्झौतालाई अस्वीकार गरी रुससँग ऋण लिएर देशको आर्थिक समस्या सभाधान गर्ने निर्णय गरे । अमेरिका र युरोपियन युनियनलाई राष्ट्रपति यानकोभिचको निर्णय मन परेन । आफ्नो स्वार्थ पूरा नहुने भए पनि तिनीहरूले निर्वाचित राष्ट्रपति यानकोमिचलाई सत्ताच्यूत गर्न विपक्षीका हातमा सत्ता दिएर युक्रेनमा द्वन्द्व सृजना गराए । विपक्षीले हिंसात्मक सडक सङ्घर्ष चलाए । राष्ट्रपति यानकोभिच चार महिनाको सडक सङ्घर्षपछि देश छोडेर क्रिमिया हुँदै रुस प्रवेश गरे । युक्रेनमा अमेरिका र युरोपियन युनियनको कठपुतली सरकार निर्माण गरियो ।

    नेपालमा पनि फागुन २१ गतेको चुनावपछि त्यही हुँदैछ । त्यसरी नेपालको सार्वभौमसत्ता र अखण्डतामा गम्भीर खतरा उत्पन्न हुन सक्छ । यदि सङ्घीय प्रणालीअन्तर्गत रहेको कुनै प्रदेशको संसद्ले नेपालबाट छुट्टिने वा कुनै देशमा विलय हुने वा त्यस्ता विषयमा जनमत सङ्ग्रहमा जाने निर्णय गर्‍यो भने नेपालको स्थिति के हुन्छ ? के त्यस्तो दुर्घटनालाई रोक्ने क्षमता नेपालले राख्न सक्छ ? यो विषयमा सोच्नुपर्दछ ।

    यस विषयमा राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेज गर्ने, जातीय राज्य, छुट्टिन पाइने आत्मनिर्णयको अधिकार, एक मधेस एक प्रदेशको विरोध किन गर्छ ? राष्ट्रिय जनमोर्चाले आफ्नो देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउन क्रिमिया, युक्रेनबाट नेपालले पाठ सिक्नुपर्छ । देशको माग पनि यही हो ।

    हामीले देख्यौँ, कतार, कुवेत, युएई, साउदी अरब र बहराइनलगायतका मुलुक युद्धको पक्षमा छैनन् तर ती मुलुक पनि युद्धमा तानिँदैछन् । ती मुलुकमा हमला गरिनुको एक मात्र कारण अमेरिकी साम्राज्यवादको सैन्य शिविर रहनु हो । हामीले नेपालमा पनि कसैको सैन्य बेसक्याम्प रहन दिनुहुँदैन भन्ने चाहान्छौँ । यो चुनावबाट अमेरिकी साम्राज्यवादको स्वार्थको पक्षमा काम गर्ने गलत तत्त्व संसद्मा पुगे भने भोलि नेपाल पनि युद्धभूमि नबन्ला भन्न सकिँदैन ।

    पुराना दल र त्यसको नेतृत्व विस्थापित गरी नयाँको नाममा जेलेस्कीजस्ताा सत्तामा पुर्‍याइए भने र आफूअनुकूल निर्णय गराउँदै जाने र अन्तत: नेपाललाई युद्धमैदानमा रूपान्तरण बनाइने षड्यन्त्रप्रति सचेत बनौँ । नेपाललाई दुबईजस्तै व्यर्थको युद्धमा होमिनबाट जोगाउने कि नजोगाउने भन्ने प्रश्न हाम्रासामु खडा भएको छ ।

    सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • २.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ३.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ४.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ५.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ६.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ७.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.