तेहरान । शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेसँगै अमेरिका र इरानमाझ के विषयमा विवाद भएको हो भन्ने विषयमा पुन: चर्चा हुन थालेको छ ।
सामान्यत: यी दुई देशमाझ पाँचओटा विषयमा विवाद देखिएका छन् ।
१. परमाणु कार्यक्रम
अमेरिकालाई इरानले परमाणु हतियार बनाउन खोजेको शङ्का गरेको छ । यही कारण उसले पटकपटक इरानमाथि प्रतिबन्ध लगाएको दाबी गरेको छ । इरानले भने आफ्नो परमाणु कार्यक्रम केवल विद्युत् उत्पादन र वैज्ञानिक अनुसन्धानका लागि भएको प्रत्युत्तर दिने गरेको छ ।
२. ब्यालिस्टिक मिसाइल
परमाणु सम्झौतासम्बन्धी वार्तामा इरानको मिसाइल कार्यक्रम सबैभन्दा ठुलो अवरोध बनेको बताइएको छ । इरान उसका ब्यालिस्टिक मिसाइल राष्ट्रिय सुरक्षाका लागि आवश्यक रहेको बताउँछ । यस विषयमा कुनै सम्झौता नहुने उसको अडान छ । यसलाई उसले आफ्नो रेडलाइन मान्छ ।
३. इजरायलको विषय
अमेरिकाको जुनियर पार्टनर इजरायल हो । उता इरानले इजरायलको खुला विरोध गर्दै आएको छ । इजरायलले प्लालेस्टाइनमा नरसंहार मच्याएपछि इरानले त्यसको विरोध गर्दै आएको छ ।
४. मध्यपूर्वमा हस्तक्षेप
अमेरिकाले इराक, सिरिया, लेबनान र यमनजस्ता देशमा आफ्नो बेसक्याम्प राखेको छ । इरानले यस क्षेत्रमा कूटनीतिक सम्बन्ध राख्नुलाई अमेरिकाले त्यता आफ्नो प्रभाव विस्तार गरिरहेको बुझाइ अमेरिकाको छ ।
५. आर्थिक प्रतिबन्ध
अमेरिकाले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ । त्यसले गर्दा उसको अर्थतन्त्रमा असर पारेको छ । यसको जबाफमा इरानले कहिलेकाहीँ आफ्नो परमाणु कार्यक्रम तीव्र पार्ने वा कडा अभिव्यक्ति दिनेजस्ता कदम चाल्ने गरेको बताइन्छ ।