• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

घन्टी र लोकप्रियतावाद


  •   बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    अमेरिकी साम्राज्यवादले पहिलेदेखि नै विश्वव्यापी रूपमा प्रभुत्व कायम गर्ने नीति अपनाउँदै आएको छ । ट्रम्प राष्ट्रपति बनेपछि त्यो प्रक्रिया एकदम नाङ्गो र जङ्गलीराजको रूपमा अगाडि बढेको छ । त्यसले ग्रिनल्यान्ड, क्यानडा समेतमाथि कब्जा गर्ने घोषणा गरेको तथा भेनेजुयलाका राष्ट्रपतिलाई अपहरण गरेकासमेत कार्यबाट अमेरिकाले अन्तर्राष्ट्रिय कानुन वा संयुक्त राष्ट्र सङ्घको समेत अतिक्रमण गरेर संसारभरि आफ्नो नाङ्गो नाच गर्न थालेको कुरा प्रस्ट छ ।

    भेनेजुयलामा पेट्रोलको ठुलो स्रोत भएको हुनाले अमेरिकाले त्यहाँ आफ्नो कब्जा जमाउन खोजेको हो भने इरानको तेल कब्जा गर्नका लागि पनि त्यसले त्यहाँ आक्रमण गर्नका लागि चौतर्फी सैनिक घेराबन्दी गरेको छ । यसले चीनका विरुद्धको घेराबन्दीका लागि नेपालको ठुलो रणनीतिक महत्त्व भएको कुरामाथि ध्यान दिएर नेपालमा पनि आफ्नो प्रभुत्व कायम गर्ने रणनीतिअन्तर्गत काम गरिरहेको छ । त्यसैका लागि त्यसले नेपाललाई एमसिसीमा सामेल गरेको छ र अब दलाई लामालाई पुनस्र्थापना गर्नका लागि तिब्बतमाथि आक्रमण गर्न नेपाललाई आफ्नो युद्धभूमि बनाउन चाहन्छ । त्यसो भएमा नेपाल एउटा युद्धस्थलमा परिणत हुनेछ र त्यसबाट नेपाललाई अपुरणीय धनजनको क्षति हुने छ । यसका लागि अमेरिकाले नेपालमा पहिलेदेखि अमेरिकापरस्त नीति अपनाएर अमेरिकी साम्राज्यवादको सेवा गर्दै आएका राजनीतिक पार्टीका सट्टामा सिधैँ आफ्नो निर्देशनमा चल्ने कठपुतली सरकारको गठन गर्न चाहन्छ । यो उद्देश्य पूरा गर्न त्यसले प्रथम– आफ्नै निर्देशनमा चल्ने राजनीतिक पार्टीको गठन गर्ने वा अन्य राजनीतिक पार्टीमा पनि घुसपैठ गरेर आफ्नो पक्षको नेतृत्व तयार पार्ने रणनीतिअन्तर्गत काम गर्दै आएको छ । यसका लागि त्यसले कुनै एउटा मात्र पार्टीमाथि भर नगरेर एकैसाथ कैयौँ दिशातिर कदम चाल्दै आएको छ ।

    अमेरिकाको त्यही रणनीतिअन्तर्गत नै नेपालमा घन्टीपार्टी गठन गरिएको हो । त्यो कार्य पूरा गर्नका लागि अमेरिकाको नागरिकता र पासपोर्टसम्म भएको र ग्रिनकार्डसमेत प्राप्त गरेर अमेरिकाको स्थायी बासिन्दा बनेको व्यक्तिलाई त्यसको नेता बनाएर नेपाल पठाइयो ।
    यो नेपालको राजनीति र कानुन र प्रशासनयन्त्रको समेत विडम्बना नै हो, अमेरिकाको नागरिकता र पासपोर्ट भएको र नेपालको पहिलेको नागरिकतासमेत अवैध बनिसकेको व्यक्तिलाई पनि नेपालको सांसद तथा उपप्रधानमन्त्री र गृहमन्त्रीसमेत बन्न सम्भव भयो । यो पनि कम आश्चर्यको कुरा होइन, त्यस्तो व्यक्तिको डबल पासपोर्ट र नागरिकताको मुद्दा लामो समयदेखि सर्वोच्च अदालतमा गएर पनि अहिलेसम्म त्यसबारे कुनै फैसला भएको छैन ।

    पहिले अमेरिकाको निर्देशनमा घन्टीपार्टीको गठन भयो भने पछि अमेरिकामा शिक्षा वा तालिमप्राप्त व्यक्ति पनि क्रमश: घन्टीको सङ्गठनमा समावेश हुँदै गए ।

    आफ्नो आस्थाअनुसार कुनै धर्ममा सामेल हुने वा त्यसअनुसार आजापूजा गर्नु धार्मिक स्वतन्त्रताको कुरा हो र हामीले त्यसलाई गलत मान्दैनौँ तर संसारमा प्रतिक्रियावादी शक्तिले धर्मलाई आफ्नो प्रतिक्रियावादी उद्देश्यको पूर्तिका रूपमा उपयोग गर्ने गरेका धेरै उदाहरण पाइन्छन; जस्तै कि नेपालमा राजावादीले हिन्दु धर्मलाई राजतन्त्र पुनस्र्थापनाको हतियारको रूपमा प्रयोग गर्ने गरेका छन् । त्यसै गरेर साम्राज्यवादी शक्तिले इसाई धर्मलाई पनि साम्राज्यवादी प्रभावको विस्तारका लागि विश्वव्यापी रूपमा प्रयोग गर्ने गरेका छन् । नेपालमा पनि ठुलो परिमाणमा त्यस्तो भइरहेको छ । घन्टीको विस्तारका लागि पनि नेपालमा इसाई धर्म, चर्च वा पास्टरको ठुलो पैमानामा प्रयोग भएको छ । त्यसबाट घन्टीको साम्राज्यवादसित घनिष्ठ सम्बन्ध भएको र नेपालमा त्यसले साम्राज्यवादको नै सेवा गरेको कुरामा कुनै शङ्का रहन्न ।

    उपर्युक्त कुरालाई यसरी भन्न सकिन्छ : अमेरिकी साम्राज्यवाद माने घन्टी र घन्टी माने अमेरिका साम्राज्यवाद । त्यसको निष्कर्ष यो हुन्छ– घन्टीमा भोट हाल्नु वा त्यसलाई कुनै पनि रूपमा समर्थन गर्नुको अर्थ अमेरिकी साम्राज्यवादको सेवा नै हो र देशको भविष्यका लागि त्यसका घातक परिणाम हुनेछन् । त्यसको पक्षमा अहिलेको चुनावमा पनि पास्टरहरू घन्टी चुनाव चिह्नअन्तर्गत ठुलो सङ्ख्यामा प्रत्यक्ष उम्मेदवार बनेका छन् । त्यसबाट घन्टीपार्टीको गठन नै अमेरिकी साम्राज्यवादको सेवाका लागि भएको कुरामा कुनै शङ्का रहन्न ।

    अहिले घन्टी चुनाव चिह्नअन्तर्गत नेपालका अमेरिकापरस्त कतिपय ग्रुप वा व्यक्ति एकै ठाउँमा एकताबद्ध हुन पुगेका छन् । घन्टीको ठुलो पैमानामा भइरहेको प्रचारप्रसार र त्यसको स्थापनापछि केही महिनामा नै संसद्मा त्यसले प्राप्त गरेको भारी सफलताका पछाडि अमेरिकाको डलरले पनि ठुलो भूमिका खेलेको छ ।

    काठमाडौँ महानगरपालिकाका पूर्वमेयरले पहिले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेर मेयर बनेका थिए । त्यो बेला उनले पार्टी वा दलीय प्रणालीलाई पूरै नै विरोध गरेका थिए । पछि उनी घन्टीमा सामेल भए र त्यसको वरिष्ठ नेतासमेत बन्न पुगेका छन् । त्यसबाट उनी कुनै सिद्धान्त नभएका व्यक्ति हुन् र कुनै पनि बेला आफ्नो लाभको लागि कतै पनि पल्टिन सक्छन् भन्ने कुरा प्रस्ट हुन्छ ।

    काठमाडौँको मेयर हुँदासम्म उनले सङ्घीयता वा त्यसको प्रदेश संरचनालाई समर्थन गरेका थिएनन् तर तराईमा गएपछि उनले सङ्घीयता वा प्रदेश संरचनालाई समर्थन गर्न लागेका छन् । त्यसबाट पनि उनी हद दर्जाका सिद्धान्तहीन, अवसरवादी र अविश्वसनीय व्यक्ति भएको कुरामा कुनै शङ्का रहन्न । भोलि पनि कतैबाट कुनै फाइदा हुने देखेमा उनको विचार वा नीतिमा कुनै पनि बेला कुनै पनि रूपमा परिवर्तन हुन सक्दछ । त्यसका साथै उनले देशका विभिन्न जिल्लामा उनी प्रधानमन्त्री भएमा देशको विकासका लागि कुन प्रकारका नीति वा कार्यक्रम ल्याउनेछन् भन्ने कुरामाथि प्रकाश हालेर वक्तव्य दिनुको सट्टा खालि हात मात्र हल्लाउने गरेका छन् । त्यसबाट उनी राजनीतिक दृष्टिकोणले कुनै पनि योग्यता नभएका र अमेरिकी साम्राज्यवादले कठपुतलीका रूपमा अगाडि सारेका व्यक्ति मात्र हुन् भन्ने कुरा बुझ्न गाह्रो लाग्दैन । त्यस्तो व्यक्ति प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत भएका छन् । त्यस्तो सिद्धान्तहीन, अवसरवादी, अविश्वसनीय र कुनै पनि राजनीतिक विचार नभएको व्यक्तिको नेतृत्वमा देश कता जाला ? कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ ।

    जुन व्यक्तिले अहिले घन्टीको नेतृत्व गरिरहेका छन्, उनी राजनीतिक व्यक्ति नभएको कुरा तथ्यबाट प्रस्ट हुन्छ । कुनै व्यक्ति राजनीतिक व्यक्ति हुनका लागि ऊ एउटा सिद्धान्तनिष्ठ व्यक्ति हुनुपर्दछ र उसमा कमसेकम देशभक्तिको भावना पनि हुनुपर्छ तर उनको त्यस प्रकारको कुनै राजनीतिक इतिहास वा पृष्ठभूमि नभएको कुरा स्वयम् उनकै जीवनका तथ्यबाट प्रस्ट हुन्छ । उनमा त्यस प्रकारको कुनै राजनीतिक गुण वा क्षमता भएको भए अमेरिकाको ग्रिनकार्ड लिएर त्यहाँको स्थायी बासिन्दासमेत बन्ने थिएनन् ।

    नेपालमा आएपछि पनि उनका विरुद्ध दोहोरो नागरिकता र पासपोर्ट, सहकारी रकमको हिनामिना तथा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेका छन् । उनले कानुनी प्रकारले ती मुद्दाबारे पुर्पक्षमा लाग्नुभन्दा ती सबै आरोपलाई राजनीतिकरण गर्ने कार्य गरिरहेका छन् । यहाँसम्म कि कानुनअनुसार फिर्ता लिन नमिल्ने सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दालाई पनि महान्यायाधिवक्ताले ती मुद्दा फिर्ता लिनका लागि निर्देशन दिएका छन् । यो कुरा प्रस्ट छ, अमेरिकी साम्राज्यवादले अन्तरिम सरकारमाथि दिएको दबाबका कारणले नै उनले त्यस प्रकारको निर्देशन निकालेका हुन् । यो स्वागतकै कुरा हो, रुपन्देही र कास्कीका अदालतले त्यस प्रकारको सिफारिसलाई अस्वीकार गरेका छन् । त्यो मुद्दा सर्वोच्चमा चलिरहेको छ तर त्यससम्बन्धी फैसला कहिलेसम्म आउने हो ? त्यो कुरा निश्चित रूपले भन्न सकिन्न ।

    अहिले उनले काठमाडौँ नगरपालिकाका पूर्वमेयरलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेका छन् तर उनी स्वयम् सहकारी रकमको हिनामिनासम्बन्धी कैयौँ मुद्दामा बदनाम भएको हुनाले र सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाका कारणले चुनावमा जिते पनि सांसद्, मन्त्री वा प्रधानमन्त्रीसमेत बन्न कानुनी बाधा उत्पन्न भएको हुनाले नै उनले काठमाडौँको पूर्वमेयरलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको कुरा बुझ्न गाह्रो पर्दैन ।

    माथिको सङ्क्षिप्त विवरणबाट काठमाडौँका पूर्वमेयर वा घन्टीपार्टीका नेता दुवै जना अत्यन्त अविश्वसनीय भएको, कुनै राजनीतिक इतिहास वा पृष्ठभूमि नभएको कुरामा कुनै शङ्का रहन्न तर यो अत्यन्त दु:ख र चिन्ताको कुरा हो, अहिले त्यस प्रकारका व्यक्तिले अगाडि सारेको घन्टीको पक्षमा देशमा एक प्रकारको लहर नै आएको छ । यो स्पष्ट छ, उनीहरूका पक्षमा देशमा देखा परेको त्यस प्रकारको लहर जनताको सच्चा चेतनाभन्दा अमेरिकाको नियन्त्रणमा भएका सामाजिक सञ्जाल तथा जनतामा देखा परेको लोकप्रियतावादका कारणले नै बढी देखा परेको हो । त्यस प्रकारको बढी प्रभाव नयाँ पुस्ता वा जेनजी युवामा बढी परेको देखिन्छ । उनीहरूको कलिलो दिमाग, राजनीतिक अपरिपक्वता र सामाजिक सञ्जालसितको बढी सम्बन्ध र लोकप्रियतावादी सोचाइको प्रभावका कारणले नै उनीहरू बढी घन्टीको प्रभावमा परेको कुरा बुझ्न गाह्रो पर्दैन ।

    राजावादीले जेनजी पनि ठुलो सङ्ख्यामा उनीहरूको पक्षमा भएको दाबी गरिरहेका छन् । यो कुरा बुझ्न गाह्रो पर्दैन, उनीहरूको अपरिपक्व वैचारिक स्तरका कारणले नै राजावादी पनि उनीहरूलाई उपयोग गर्न सफल भएका छन् । नयाँ पुस्तामा देखा परेको त्यस प्रकारको सोचाइ देशको भविष्यका लागि गम्भीर चिन्ताको कुरा हो । त्यसकारण उनीहरूलाई सही सिद्धान्त, राजनीतिक चेतना र देशभक्तिको भावनाद्वारा प्रशिक्षित गर्नु राष्ट्रिय आवश्यकता भएको छ अन्यथा उनीहरूको भूमिकालाई साम्राज्यवादी वा प्रतिक्रियावादी शक्तिले विध्वंसात्मक दिशामा उपयोग गर्ने र देशको भविष्यमा साङ्घातिक असर पुग्ने सम्भावना रहनेछ ।

    यसरी घन्टीका पक्षमा लहर पैदा भएको जुन कुरा गरिन्छ, त्यो जनताको वास्तविक चेतनाका आधारमा नबनेको कुरा प्रस्ट छ । सही राजनीतिक चेतनाद्वारा छिट्टै त्यसलाई साफ नगरेमा त्यसको परिणामस्वरूप गलत तत्त्व, खास गरेर अमेरिकी साम्राज्यवादपरस्त तत्त्वहरू चुनावमा विजयी हुने र अमेरिकी साम्राज्यवादको कठपुतली सरकार बन्ने सम्भावना रहनेछ । त्यसो भएमा त्यसबाट नेपालका लागि दूरगामी र घातक परिणाम हुनेछन् । वास्तवमा अहिले घन्टी त्यही प्रकारको खतरा बोकेर हाम्रा अगाडि आएको छ र त्यो खतरालाई रोक्नका लागि हामीले सम्पूर्ण नेपाली देशभक्त र न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    निश्चय नै देशमा बहुदलीय व्यवस्था आएपछि लगातार भ्रष्टाचार गर्दै आएका राजनीतिक पार्टी वा सङ्गठनका कारणले पनि देशमा कुशासन कायम भएको छ र देशको विकास अवरुद्ध भएको छ । त्यसकारण उनीहरूको नै शासनमा निरन्तरता रह्यो भने पनि देशको विकास पछाडि परिरहनेछ । अर्कातिर जुन नयाँ राजनीतिक सङ्गठन सहकारीको ठुलो रकम ठगीका लागि जिम्मेवार छन्, त्यस्ता व्यक्तिद्वारा पनि भ्रष्टाचार र कुशासनको अन्त्य नहुने र देशको विकास नहुने कुरा प्रस्ट छ ।

    कतिपय नयाँ नेताहरूले चर्को भाषण वा लफ्फाजीद्वारा आफूलाई एकपल्ट मौका दिनका लागि जनतालाई आह्वान गरिरहेका छन् र अन्यथा त्यही घन्टीद्वारा उनीहरूलाई हाने हुन्छ भनिरहेका छन् तर जनता त्यस प्रकारको चर्को भाषणका पछाडि लाग्ने होइन, उनीहरूले व्यवहार वा लामो परीक्षाद्वारा कहिल्यै भ्रष्टाचार नगरेका वा निष्कलङ्क भएका राजनीतिक पार्टी वा उम्मेदवारलाई नै भोट दिएर जिताउनुपर्दछ । त्यसरी नै देशमा भ्रष्टाचार र कुशासनको अन्त्य हुनेछ र देशको विकास हुनेछ ।

    बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.