• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सभ्य, शिष्ट र मर्यादित चुनाव प्रचार

"युगदर्शन साप्ताहिक, वर्ष १७, अङ्क २४, २०८२ फागुन १३ गते बुधबारको सम्पादकीय "

  •   बुधबार, फागुन १३, २०८२ मा प्रकाशित
  • युगदर्शन साप्ताहिक, वर्ष १७, अङ्क २४, २०८२ फागुन १३ गते बुधबारको सम्पादकीय

    Advertisement

    निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्मका लागि खुल्ला चुनाव प्रचारप्रसारको अवधि तोकेको छ । सामान्यत: चुनाव प्रचारप्रसारका लागि यो समय कम हो तर अहिले विशेष परिस्थितिमा चुनाव हुन थालेकाले यसलाई यही रूपमा बुझिनुपर्दछ । चुनाव प्रचारप्रचार भन्नाले राजनीतिक दल वा उम्मेदवारले आफ्ना एजेन्डा आमजनतासमक्ष पुर्‍याउनु भन्ने बुझिन्छ । जनतामाझ एजेन्डा पुग्न सकेन भने जनताले इच्छाएका दल वा उम्मेदवारलाई भोट हाल्ने निर्णय गर्न सक्ने छैनन् । त्यसैले लोकतन्त्रमा चुनाव प्रचारप्रसारलाई महङ्खव दिइएको हुन्छ । हाम्रोजस्तो पहाडी भूगोल भएको देशमा गाउँगाउँका जनतामाझ प्रचार पुर्‍याउनु चुनौतीको काम हो । सहरमा पनि घनाबस्तीका जनतासम्म पुग्नु कम चुनौतीपूर्ण छैन । त्यसैले चुनाव प्रचारका लागि सामान्यत: महिनादिन समय आवश्यक ठानिन्छ । जे होस्, अहिलेको राजनीतिक दल र उम्मेदवारसामु तोकिएकै समयमा प्रचार सम्पन्न गर्नुपर्ने बाध्यता छ ।

    अहिलेको निर्वाचनमा पनि निर्वाचन आयोगले डिजिटल प्रचारमा जोड दिनू भनेको छ । त्यससँगै आयोगले पर्यावरणमैत्री प्रचारप्रचारमा ध्यान दिन भनेको छ । डिजिटल प्रचार अहिलेको महत्त्वपूर्ण माध्यम हो । त्यसका बाबजुद यो मात्रै निर्णायक प्रचार होइन । आफ्ना सन्देश छिटोछरितो जनतामाझ पुर्‍याउन डिजिटल प्रचारले महङ्खवपूर्ण भूमिका खेल्छ । त्यसका साथै डिजिटल प्रचार आमजनतासम्म पुग्न उनीहरू नै डिजिटलाइज्ड भएको हुनुपर्छ तर देशको अवस्था अझै त्यो अवस्थामा पुगिसकेको छैन । इन्टरनेटको पहुँच जताततै छैन । विद्युत्मा अवरोध यथावत् छ । आमजनतासित या त मोबाइल छैन; मोबाइल नै भए पनि इन्टरनेट चल्ने खालको मोबाइल छैन, न त उनीहरूले राम्रोसँग मोबाइल चलाउन जानेका छन् । यस्तो अवस्थामा डिजिटल प्रचारमाथि मात्रै भर पर्ने हो भने चुनाव प्रचार सहर वा युवा तप्कामा मात्रै पुग्नेछ । त्यसैले डिजिटल प्रचारसँगै आमजनताको घरदैलोमा पुगेर चुनाव प्रचार गर्नुको विशिष्ट महङ्खव रहेको देखिन्छ ।

    चुनाव प्रचारप्रसार सभ्य, शिष्ट र मर्यादित प्रकारले हुनु आवश्यक छ । लोकतन्त्रमा सबैलाई आफ्ना विचार राख्ने अधिकार हुन्छ । यसको अर्थ पनि दोहोरो हुन्छ । चुनाव प्रचारमा राजनीतिक दल र उम्मेदवारले आफ्ना कुरा राख्ने मात्रै होइन, जनताको कुरा पनि सुन्ने हो । उनीहरूबाट सुझाव सङ्कलन गर्ने पनि हो । त्यसैले चुनाव प्रचार आफैमा दोहोरो सञ्चार पनि हो । चुनाव प्रचारमा संलग्न हुने दल वा उम्मेदवार यस सन्दर्भमा सभ्य, शिष्ट र मर्यादित हुनुपर्दछ । राजनीतिक दल वा उम्मेदवारले आपसमै अस्वस्थ व्यवहार गर्नुहुँदैन । अर्कोतिर, चुनाव प्रचारको दौरानमा आमजनतालाई कष्ट नहोस् भन्नेतर्फ पनि उनीहरूको त्यत्तिकै ध्यान जानुपर्दछ । पछिल्लो समयमा देशका केही स्थानमा चुनाव प्रचारको दौरानमा अस्वस्थता देखा परेका छन् । राजनीतिक दलको झन्डा नै जलाउने, अर्को पार्टी वा उम्मेदवारलाई अशिष्ट लाञ्जना लगाउने, गालीगलौज गर्ने वा अभद्र व्यवहार गर्नेजस्ता घटना पनि देखिएका छन् । यस खालका घटना आफूले नघटाउन र अरूबाट नघटोस् भन्नेतर्फ सबै पक्ष सचेत हुनुपर्दछ ।

    जनतालाई सचेत गराउने अभिभारा राजनीतिक दलमाथि हुन्छ । यदि राजनीतिक दल नहुँदा हुन् त मानव समाज अझै पनि दास वा सामन्ती युगमै हुन्थ्यो । खालि राजनीतिक दलले जनतामाझ सही विचार सम्प्रेषण गरेकाले नै जनताको भूमिका अग्रगामी हुन सकेको हो । जनता नै इतिहासका निर्माता हुन् भन्ने भाष्य राजनीतिक दलको भूमिकाका कारण नै स्थापित हुन पुगेको हो । राजनीतिक दलले आफ्नो त्यस्तो चरित्र र भूमिका मनन् गर्नुपर्दछ । अहिले चुनाव प्रचारप्रसारको दलमा सर्वप्रथम दलहरू नै संयमित हुनुपर्दछ । उनीहरूले शिष्ट, सभ्य र मर्यादित प्रकारले आफ्ना एजेन्डा जनतासमक्ष राख्नुपर्दछ र त्यसै आधारमा जनमत आउने विश्वास लिनुपर्दछ ।

    बुधबार, फागुन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.