काठमाडौँ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको सबै नाका तीन दिन बन्द हुने भएको छ ।
Advertisement
मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका र कञ्चनपुरका सबै सीमा नाका फागुन १८ गते राति १२:०० बजेदेखि फागुन २१ गते राति १२:०० बजेसम्म बन्द गरिने भएको हो ।