काठमाडौँ । सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन बिदा तीन दिन दिने निर्णय गरेको छ ।
Advertisement
मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।