• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

देशलाई भूराजनैतिक चपेटामा पर्नबाट जोगाऔँ


  •   मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
  • रवि पौडेल ##

    Advertisement

    चुनाव आउन अब केही दिन बाँकी रहँदा प्राय सबै राजनीतिक दल चुनाव प्रचारप्रसारमा छन् । उमेदवारका अराजक शैली सबैभन्दा बढी रास्वपामा देखिन्छ । उनीहरूले प्रधानमन्त्री पनि चुनावअघि नै बनाइसके । अर्थमन्त्री पनि चुनावअघि नै बनाइसकेका छन् । बजेट लेख्नसमेत त्यस पार्टीका सभापतिले भनिसकेका छन् । चुनाव प्रचारप्रसारको क्रममा रोडसो, अस्वाभाविक गतिविधि, माला लगाउन खोज्दा फाल्ने, सहिदको अपमान गर्ने, युट्युबरको क्यामरा फ्याक्ने, मोबाइल खसाइदिने, धक्कामुक्की गर्ने, महँगो गाडी चढ्ने, गरिबवले दिएको मुडामा (कुर्सी) बस्न आनाकानी गर्ने, कसैले चुनावमा जिताए रवि र बालेनलाई आफ्नो क्षेत्रमा देखाउन ल्याउने बाचा गर्ने, कसैले कठालो समाउनुस्, म आइसकेको छु भन्ने गरेका छन् ।

    उनीहरूका नेता भन्छन्– बलात्कार गर्नु र थप्पड हान्नु एउटै हो । अर्को भन्छ– उसले मटन खान्छ भने गाई खान किन नहुने ? घण्टीग्याङका उम्मेदवार अराजक मात्रै होइन, राजनीतिक चेत नभएका पनि हुन् । कानुनको धज्जी उडाइरहेका छन् । स्वयम् रवि लामिछाने सहकारी रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका छन् । उनले जिते पनि संसद छिर्न पाउने कुरामा शङ्का छ । उनमाथि ८१४ ओटा चेकमा सहीछाप गरी सहकारीको पैसा अपचलन गरेको आरोप छ । उनी सहकारीका १५ प्रतिशत सेयर होल्डर पनि हुन् ।
    अमेरिकामा पनि नौओटा मुद्दामा दुईओटा अझै बाँकी रहेका छन् करछलीका । नेपालमा त राजनीतिक प्रतिशोध भयो अरे । अमेरिकामा पनि ओबामाले राजनीतिक प्रतिशोध गरेका हुन ?

    यता बालेनले आफ्नै आगनीमा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति निवास, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ताको कार्यालय आदि खरानी बनाउँदा दमकल पठाउँदैन् । सामान्य नियमअनुसार २० मिनेटभित्र आगजनी भएको ठाउँमा दमकल पुग्नपर्छ तर उसले पठाउँदैन बरु आगो दन्केको हेरेर तापेर बस्छ । ऊ मेयर हो तर सरकारी बजेट २० प्रतिशत पनि विकासमा लगाउँदैन । कुरा ठुला ठुला गर्छ । जेनजी मरायो । प्रधानमन्त्री हुन मानेन । १९ जनाको रगत बग्दा उसले हार्दिक श्रद्धाञ्जली लेखेन । घाइतेलाई स्वास्थलाभको कामना भनेन । १९ जनाको लास जलाउँदा ऊ पशुपति आर्यघाट पनि गएन तर मूर्खहरू भनिरहेका छन्– बालेन प्रधानमन्त्री भइसकेको छ । भित्र बसेर निर्देशन गर्छ र विध्वंस मञ्चाउँछ, ऊ प्रधानमन्त्री अरे ¤

    पहिले सङ्घीयता खारेज गर्ने भन्थ्यो, अहिले ठिक छ भन्छ । मधेस पुगेर इमानदारी र नैतिकता कता गयो ? तर मूर्खहरू उही ठिक छ भन्दछन् । रास्वपाले १५१ सिट जित्ने दाबी पनि गरेको छ ।

    सुशीला कार्कीको सरकार बन्नु एउटा संयोग थियो वा योजना ? बाहिरबाट हेर्दा संयोगजस्तो देखिए पनि भित्री रूपमा यो योजना थियो । बार्बरा फाउन्डेसनका सदस्य, अमेरिकन युथ फोर्सका सदस्य र स्वयम् बालेनसहित अमेरिकी दूताबासमा बैठक बस्ने सल्लाह र योजना बनाउने गरेको समाचार आइरहँदा यसलाई संयोग हो भन्न मिल्दैन ।

    घटनाक्रमले यो अझै यहीँ रहन्छ भन्न सकिँंदैन किनकि अब नेपालमा अमेरिकाको हस्तक्षेप बढ्यो भन्ने बुझे हुन्छ । रवि लामिछानेले पनि निकै ठुलो स्वर मच्याउन आवश्यक देखिँंदैन किनकि भ्रष्टाचारीको नाकको डाँडी भाच्ने र “नो नट अगेन” भन्ने नारा लगाउने एउटा अन्तर्राष्ट्रिय ठगलाई अमेरिकाले छिट्टै चिनिसकेको महसुस हुन्छ । दुई/दुईपटक गृहमन्त्री हुनु र “नो नट अगेन” सँग गाला टास्नुले उसको स्वार्थ सत्तामा कति लिप्त रहेछ भन्ने कुरा सबैलाई थाहा भयो ।

    अब अमेरिकाले गाँजावाला अघि सार्न खोजेको हो कि ? झापा सीमाक्षेत्रमा भएकाले त्यहाँबाट गाजा सप्लाइ गर्न भारत र अमेरिकालाई सजिलो हुने हो कि ? ओलीले अब नटेर्ने देखिपछि पश्चिमाले यस्तो चित्र तयार पारेका हुन तर झापामा जित बालेनको हुनबाट एमालेले रोक्नेछ । संविधान निर्माण, लोकतन्त्र र गणतन्त्रको लडाइँमा एमाले वा ओलीको योगदान छ, बालेनको होइन । त्यसकारण जनताले चेतनाको उपयोग गर्नुपर्नेछ । फेसबुक, आमसभा र मिडियामा प्रचारप्रसार गरेको प्रधानमन्त्री त्यही मात्रै सीमित हुन झापालीले रोक्नुपर्नेछ ।

    फेरि एमाले पनि आफैमा धोएको मुला होइन । एमाले भन्छ, हाम्रो बहुमत आउँछ । गत भदौ २३ गतेको जेनजी आन्दोलनमा मारिएका १९ जना विद्यार्थीको नैतिक जिम्मेवारी लिन चाहान्न । महाकाली बेच्ने, राष्ट्रघाती सन्धि गर्ने एमसिसी पास गर्ने, भष्टाचारी र माफियाको पार्टी हो एमाले पनि तर कमीकमजोरीका बाबजुद पनि रास्वपाभन्दा कैयौँ गुना सचेत र योगदान छ एमालेको ।

    कङ्ग्रेसले यो देश कङ्गाल बनाएको हो । नदीनाला, कलकारखाना सबै बेचेर खाएको हो । भ्रष्टाचारीको अखाडा हो कङ्ग्रेस । एमसिसी पास गर्ने अमेरिकी दलाल छन् त्यस पार्टीमा पनि ।

    पार्टी जोगाउन सानाठुला सबै दल मिलाएर प्रचण्डले पनि ठुलै फुर्ति गरेका छन् । लोकतन्त्र र गणतन्त्रको पक्षमा माओवादीको योगदान छ तर राष्ट्रघातमा यो पार्टी पनि अछुतो छैन । बिप्पा सम्झौतादेखि भारतीय सेनालाई जमिन दिने काम (बुटवलको फूलबारीमा) यिनीहरूले नै हो । एमसिसी पास गरी राष्ट्रघात गरेर यिनीहरूले पनि अनुहारमा कालो पोतेका छन् ।

    राप्रपा अग्रगतिको पार्टी होइन, पूर्व पञ्च र राजावादीको पार्टी हो ।राजतन्त्रात्मक प्रणालीमा जनताले भोगेको सास्ती कसैले भुल्न सक्दैन । मरेको राजतन्त्रलाई ब्युँताउनुपर्छ भन्ने एकसूत्रीय राजनीतिक एजेन्डा बोकेर हिड्ने राप्रपाबाट यो देशको रक्षा हुन सक्दैन । बहुदलिय लोकतान्त्रिक व्यवस्थामा राजतन्त्र खोज्नु राप्रपाको मूर्खता हो ।

    मधेसी जनताको रक्षा मधेसवादी दलबाट हुन सक्दैन । मधेसमा सच्चा नेपाली मनको मधेसी छोरो चाहिन्छ, अमेरिकी राजदूताबासको छोरो होइन । जनताले यो कुरा बुझ्नुपर्छ । बिहान नेपालमा भात खाएर साँझ बोर्डरपारिबाट नेपालमाथि ढुङ्गा प्रहार गर्ने र नाकाबन्दी गर्ने मधेसी दलको काम छैन । यो कुरा मधेसी जनताले अब बुझ्नुपर्छ ।

    राष्ट्रभक्ति, देशको माया भएको, नेपालमा अरू वामपन्थी दल पनि छन्, जसमा राष्ट्रिय जनमोर्चा उच्च राजनीतिक चेत बोकेको पार्टी हो । स्वच्छ राजनीति, स्पष्ट विचार बोकेको पार्टी नेकपा (मसाल) हो । नीतिसिद्धान्तमा कहिले पनि विचलित हुँदैन यो पार्टी । राष्ट्रघाती सन्धिसम्झौतादेखि एमसिसी सम्झौताको अग्रिम विरोध गर्ने पार्टी राष्ट्रिय जनमोर्चा र मसाल नै हुन् । सङ्घीयता नेपालमा चाहिँदैन भन्दै २०६३ सालमा अन्तरिम संविधानमा सामेल गरेको बेलामै राष्ट्रिय जनमोर्चाले यसको विरोध गरेको थियो, संसद्मा र सडकमा ।

    मसालको राजनीति दूरदर्शी छ तर जनतले यो कुरा बुझ्न नसकी घण्टी घण्टी भनिरहेका छन् । हामी भनिरहेका छौँ, गिलास रोज । सबै कुराको समाधान सही नीतिसिद्धान्त र कार्यदिशा भएको पार्टीले मात्र गर्न सक्छ । त्यो नीति, सिद्धान्त र कार्यदिशा नेकपा (मसाल) सँग छ । राष्टिय जनमोर्चासँग छ तर जनताले अझै पनि सही राजनीतिक पार्टीलाई चिन्न सकिरहेका छैनन् ।

    राजनीतिक चेतना कम र अराजकता बढी भएका उशृङ्खल व्यवहार देखाउने सबै देशीविदेशी शक्तिलाई यो चुनावमा हराउन सकेनौँ भने पाएका उपलब्धि पनि कटौती हुने मात्रै होइन, सिङ्गो देश नै भूराजनैतिक चपेटामा पर्नेछ । त्यसकारण नेपाली जनता बेलैमा सचेत बन्नुपर्ने आवश्यकता छ । लोकतान्त्रिक व्यवस्थामा गलत राजनीतिक शक्तिलाई रोक्ने उपयुक्त मौका भनेको चुनाव नै हो । यो बेलामा गरेको गल्तीले कुनै पनि देश गलत दिशामा जान सक्दछ । त्यसैले नेपाली जनताले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सही राजनीतिक पार्टी अथवा राष्ट्रिय जनमोर्चालाई विजय गराउन चुक्नुहुँदैन ।

    मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.