• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वीरगञ्ज अशान्त : महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु


  •   सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
  • वीरगञ्ज । पर्साको वीरगञ्ज अशान्त बनेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर–मुर्ली चोकक्षेत्रमा युवाहरूको दुई समूहबिच विवाद हुँदा आइतबार रातिदेखि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

    Advertisement

    सामान्य विषयबाट सुरु भएको विवादले उग्र रूप लिएपछि दुवै पक्षबिच झडप र ढुङ्गा हानाहान भएपछि स्थानीय प्रशासनले आइतबार बिहानैदेखि महानगरभित्र कफ्र्यु आदेश जारी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार सामान्य गाडी पार्किङको विषयलाई लिएर युवाबिच विवाद भएको र त्यसले केही बेर तनावपूर्ण अवस्था सिर्जना गरेको थियो ।

    स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बिहान ९:४५ बजेदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि कफ्र्यु लागु गरेको सूचना जारी गरेको छ ।

    जिप्रका पर्साले स्थानीय प्रशासन ऐन,–२०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिकाको तोकिएको चार किल्ला क्षेत्रभित्र कफ्र्यु आदेश लागू गरिएको जनाएको छ ।

    प्रशासनका अनुसार कफ्र्यु क्षेत्रको सीमा पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शङ्कराचार्य गेटसम्म निर्धारण गरिएको छ ।

    प्रशासनले कफ्र्यु अवधिभर कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना वा घेराउजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाएको छ । सवारीसाधन सञ्चालनसमेत निषेध गरिएको छ भने अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि बन्द रहने जनाइएको छ ।

    घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट ठुलो सङ्ख्यामा नेपाल प्रहरी तथा अन्य सुरक्षाकर्मी र नेपाली सेना परिचालन गरिएको थियो । सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि अवस्था नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    स्थानीयका अनुसार झडपका क्रममा केही युवाहरू सामान्य घाइते भएका छन् । सम्भावित अप्रिय घटना हुन नदिन प्रहरी टोलीले निरन्तर निगरानी गर्नुको साथै घटनामा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएने बताइएको छ ।

    एक जना पक्राउ

    यसैबिच सामाजिक सद्भाव बिगार्न खोजेको आरोपमा एक जना पक्राउ परेको जानकारी प्राप्त भएको छ ।

    समुदायबिच सद्भाव बिगारेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले दिएको हो ।

    प्रहरी स्रोतका अनुसार स्तछे हवारी भन्ने व्यक्तिलाई पक्राउ परेका हुन् । उनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.