खलङ्गा । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीको निधन भएको नवौँ दिन श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
स्मृतिशेष जिसीको निवासस्थान प्युठानको झिमरुक–८ स्यालिघारीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा (मसाल) प्युठान जिल्ला समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेल, राजमो लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्री, नेकपा (मसाल) का नेता एवम् पूर्व सांसद हरि आचार्य, राजमो केन्द्रीय सदस्य एवम् मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खडका, राजमो नेता सुरेश थापा, राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार बासु पोख्रेल र प्युठान प्रतिनिधिसभाका उम्मेदवार उम्मेदवार तिलक जिसीको उपस्थिति थियो ।
त्यस्तै कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराई, जातीय समता सम्मजका केन्द्रीय उपाध्यक्ष तथा समानुपातिक उम्मेदवार ऐन्द्र विक, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष पद्मा पण्डित, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, जिसीकी जीवनसाथी तथा महिला सङ्घकी केन्द्रीय सचिव तारा जिसी, पार्टीका नेताकार्यकर्ता, परिवार, आफन्तजन, घोतारेजनको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिसीको सम्मानमा एक मिनेट मौनधारणा गर्दै अतिथिद्वारा जिसीको योगदानबारे चर्चा गर्दै शोकमन्तव्य राख्नुभएको थियो ।
मसाल प्युठानका प्रवक्ता राम पहाडीको अध्यक्षतामा अघि बढेको शोकसभामा अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष सुवास जिसीले सहजीकरण गर्नुभएको थियो ।
