• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिकी साम्राज्यवाद र लोकप्रियतावाद


  •   शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    अमेरिकी साम्राज्यवाद अहिले विश्वव्यापी खतरा बनेको छ । त्यसले ग्रीनल्यान्ड, क्यानडा, पनामा नहर, गाँजापट्टीसमेतलाई कब्जा गर्न खोजेको, युक्रेनका खनिज पदार्थहरू भएको भूमिमाथि दाबी गरेको तथा भेनेजुयलाका राष्ट्रपतिलाई अपहरण गरेको वा इरानमाथि आक्रमणका लागि चौतर्फी सैनिक नाकाबन्दीसमेत गरेका उदाहरणबाट अमेरिकी साम्राज्यवाद विश्वको नम्बर १ दुस्मन भएको कुरामा कुनै शङ्का रहन्न । त्यही प्रकारले अहिले त्यसले नेपालमा पनि आफ्नो प्रभुत्व कायम गर्ने प्रयत्न गरिरहेको छ । त्यसले इन्डोप्यासिफक रणनीति वा एमसिसीको माध्यमद्वारा नेपाललाई पनि आफ्नो सुरक्षानीतिको घेराभित्र ल्याउन खोजेको छ । त्यसले तिब्बतमाथि आक्रमण गरेर दलाई लामाको त्यहाँ पुनस्र्थापना गर्न चाहन्छ र त्यसका लागि तिब्बतमाथि आक्रमण गर्न नेपाललाई आफ्नो युद्धभूमि बनाउन चाहन्छ । त्यही रणनीतिअन्तर्गत नै त्यसले नेपालको सांसदद्वारा पनि एमसिसी पारित गर्न लगाएको थियो र त्यसले नेपाललाई एसपिपीमा पनि सहमत गराउन चाहन्छ ।

    यदि अमेरिकाको त्यो नीति सफल भएमा नेपाल चीन र अमेरिकाबिचको लडाइँको एउटा युद्धभूमि बन्नेछ । आफ्नो त्यो उद्देश्य पूरा गर्न त्यसले नेपालमा आफ्नो कठपुतली सरकार कायम गर्न चाहन्छ । त्यसका लागि त्यसले नेपालमा अमेरिकी साम्राज्यवादको पक्षमा काम गर्ने कैयौँ राजनीतिक पार्टी, समूह वा व्यक्तिलाई अगाडि सारेको छ । त्यसको रणनीति सत्ता वा विपक्षका नेतामा आफ्नै व्यक्तिलाई निर्वाचित गराउने हो । त्यसैले त्यसले प्रधानमन्त्रीका लागि एकैसाथ कैयौँ उम्मेदवारलाई अगाडि सारेको छ । त्यस प्रकारका व्यक्ति चुनावमा पनि ठुलो सङ्ख्यामा उम्मेदवार बनेका छन् । उनीहरूको जित हुने हो भने संसद्मा पूरै नै अमेरिकाको प्रभुत्व कायम हुनेछ र नेपालमा अमेरिकाको कठपुतली सरकार बन्नेछ ।

    अमेरिकाको त्यस प्रकारको षड्यन्त्रकारी भूमिकालाई हामीले रोक्नुपर्दछ र त्यसका लागि अमेरिकाका तर्फबाट यो वा त्यो पक्षमा अगाडि आएका विभिन्न उम्मेदवारलाई पराजित गर्नु हाम्रो जिम्मेवारी हुन जान्छ ।

    लोकप्रियतावाद पनि अहिलेको नेपालको गम्भीर समस्या बनेको छ । लोकप्रियतावाद गलत प्रकारको प्रभाव वा भ्रमको आधारमा जनतामा देखा पर्ने नकारात्मक प्रकारको सोचाइ हो । त्यस प्रकारको सोचाइ कुनै सिद्धान्त, सही राजनीतिक लाइन वा सही राजनीतिक चेतनाका आधारमा बनेको हुँदैन । त्यस प्रकारको सोचाइका कारणले जनताले कैयौँ गलत राजनीतिक शक्ति वा तत्त्वलाई पनि अन्दाधुन्द प्रकारले समर्थन गर्न पुग्दछन् । त्यस्तो हुन नदिन जनतामा उच्च राजनीतिक चेतना दिएर लोकप्रियतावादी सोचाइलाई साफ गर्नु राष्ट्रिय आवश्यकता हुन्छ । त्यही प्रकारको लोकप्रियतावादी सोचाइको बलमा नै हिटलरले जर्मनीमा चुनाव जितेको थियो र त्यहाँ फासिस्ट शासन कायम गरेको थियो । त्यसको परिणामस्वरूप विश्वव्यापी रूपमा नरसंहार भएको थियो ।

    राजावादीले पनि त्यही प्रकारको लोकप्रियतावादी सोचाइका आधारमा जनताको समर्थन प्राप्त गर्न र देशमा पुन: राजतन्त्र वा निरङ्कुश शासन कायम गर्न प्रयत्न गरिरहेका छन् । विभिन्न साम्राज्यवादी तत्त्वले, मुख्यत: अमेरिकी साम्राज्यवादले, पनि त्यस प्रकारको लोकप्रियतावादी सोचाइका आधारमा नेपालमा आफ्नो स्थिति बलियो पार्न, संसद्मा बहुमत प्राप्त गर्न वा अमेरिकाको कठपुतली सरकार कायम गर्न योजनाबद्ध प्रकारले प्रयत्न गरिरहेका छन् । त्यस प्रकारका प्रयत्नको परिणामस्वरूप नेपालमा गम्भीर प्रकारका घातक परिणाम हुन सक्दछन् । सही राजनीतिक चेतनाका आधारमा नै त्यस प्रकारको सोचाइलाई साफ गर्न सकिन्छ र गर्नु पनि पर्दछ ।

    शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.