• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कठिन परिस्थितिमा सही बाटो देखाउने पार्टी मसाल


  •   शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
  • लक्ष्मण बेलबासे ##

    Advertisement

    एक जना मित्रले लेख्नुभएको छ– राष्ट्रिय जनमोर्चाका नीति, विचार र व्यवहार सबै ठिक छन् तर भोट आउँदैन ।’ उहाँ्र आफैँ भर्खर रास्वपा प्रवेश गर्नभएको छ । खासमा भन्नुपर्दा उत्तर पनि आफै दिएर जानुभएको छ ।

    नेकपा (मसाल) एउटा सर्वहारा मात्र नभएर मूलत: मजदुर र गरिब किसानको पार्टी हो । माक्र्सवाद–लेनिनवाद यसका मार्गदर्शन सिद्धान्त हुन् तर पनि मूल रूपमा अहिले यो पार्टीमा मध्यम वर्गको सहभागिता अधिक रहेको छ । नेपालको अवस्था नै यस्तै छ । ठुलो पैमानामा सङ्गठित मजदुरले काम गर्ने ठुला ठुला कारखाना हामीकहाँ छैनन् । समाजमा थोरै टाठोबाठो र सङ्ख्या पनि अधिक मध्यम वर्ग नै रहेको छ । त्यसैले सङ्गठनमा यो वर्गको प्रभाव अलि बढी हुनु स्वाभाविक पनि हो ।

    मध्यम वर्गको अवस्था सर्वहारा वर्गको जस्तो हुँदैन, जोसँग गुमाउन केही नहोस् । यो वर्गसँग जीविकोर्जनका केही निजी आधार हुन्छन् । कसैसँग थोरै जमिन हुन्छ । कसैसँग जागिर हुन्छ । कसैको आफ्नै पेसाव्यवसाय हुन्छ । त्यसैले यो वर्ग भएको यही पनि गुम्ने हो कि एउटा त्रासमा हुन्छ । त्यसैले यो वर्गलाई इमानदार कम्युनिस्ट हुन मुस्किल पर्दछ । ऊ कम्युनमा रमाउन सक्दैन । थोरै भएको निजी सम्पत्तिको लोभ लागिरहन्छ । मालिक बन्न मन लागिरहन्छ । त्यसैले समाजको हितभन्दा आफ्नो हित प्रधान ठान्दछ ।

    मध्यम वर्ग सधैँ व्यक्तिगत हितको खोजीमा लागिरहन्छ । त्यसैले ढुलमूल भइरहन्छ । कहिले पुँजीवादी कित्तामा उभिन्छ त कहिले सर्वहारा कित्तामा । त्यसैको परिणाम पनि हो, मसाल कहिले ठुलो पार्टी हुन्छ, कहिले सानो पार्टी । पार्टीका नीति, विचार र सिद्धान्त ठिक हुँदाहुँदै पनि यसको आकारमा बदलाव आइरहन्छ । यसमा सङ्गठित नेताकार्यकर्ता जबसम्म सिद्धान्तअनुरूप व्यवहारमा ढल्न सक्दैन, हरेक कम्युनिस्ट पार्टीको अवस्था यस्तै हुन्छ । एमाले–माओवादी जस्तै पार्टी नै मध्यमवर्गीय अनुकूलको सिद्धान्तबाट विचलित सङ्गठन बन्न पुग्दछन्, जो आकारले ठुला र चरित्र ढुलमुले, दिशाविहीन, गन्तव्यविहीन जत्था बन्न पुग्दछ, जहाँ साझा स्वार्थ हुँदैन । सबैले आफ्ना आफ्ना व्यक्तिगत लाभ हासिल गर्न सङ्गठित भएका हुन्छन् । त्योभन्दा बढी लाभ हुने भए तुरुन्त कित्ता बदलिदिन्छन् । लाभ छिटो लिन सकिन्छ कि भनेर त्यस्तै सङ्गठनबाट चोइटिएकाहरूको एउटा हुल रास्वपामा पुगेको छ । यही हुल कुनै बेला माओवादीमा पुगेको दृष्टान्त हाम्रै अगाडि रहेको छ ।

    यसैले नीति, विचार र सिद्धान्तअनुसार व्यवहार पनि गर्नेहरू नै “सर्वजन हिताय” हुन्छन् । ती थोरै किन नहोस्, गुणकारी हुन्छन् । अहिले मसाल पार्टी पनि त्यस्तै भएको छ । यहाँ पार्टीको नीति, विचार र सिद्धान्तअनुरूप व्यवहार गर्न सक्नेहरू मात्रै अडिन सक्छन् । यो धेरैको लागि मुस्किलको कुरा हो ।

    अहिले पुँजीवाद उत्कर्षमा पुगेर साम्राज्यवादको बाटोमा हिँडेका बेला हो र अबको बाटो पतन हो । यो उत्कर्षको बेला विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको छ तर परिवर्तनको नियम नै यही हो । पतनको बाटोमा हिँडेको पुँजीवादको अन्त्यको बेला धक्का दिन फेरि पनि कम्युनिस्ट आन्दोलन सशक्त रूपमा तयार हुनेछ । यो अवस्था निर्माणको सहयोगी पुँजीवाद आफै हुनेछ ।

    यो कठिन बेला कम्युनिस्ट आन्दोलन बचाइराख्न पक्कै पनि चुनौतीपूर्ण हुनेछ । पुँजीवादको यो दबदबा रहेका बेला सबैतिरबाट आक्रमण हुनु स्वाभाविक पनि हो । यही कठिन परिस्थितिमा जनतालाई सही सूचना दिएर माक्र्सवाद र लेनिनवादले दीक्षित गर्दै सही बाटो देखाउँदै मुक्तिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता हो, जुन काम नेकपा (मसाल) ले गर्दै आएको छ ।

    पुँजीवादी व्यवस्थाबाट आधारभूत वर्गका समस्या कहिल्यै हल भएका छैनन् र अब पनि हुने छैनन् ।

    मध्यम वगको हकमा पनि पुँजीवादी व्यवस्थाले निश्चित मान्छेलाई पुँजीपति वर्गमा रूपान्तरण गरे पनि अधिकांश मध्यम वर्ग दुई ढुङ्गाको बिचमा उम्रिएको पिपलकै अवस्थामा हुन्छ । विस्तारै यो वर्गको गन्तव्य सर्वहारा वर्ग नै हो । सधैँ मध्यभागमा यसको अस्तित्व रहँदैन । यसरी कम्युनिस्ट आन्दोलन स्वत: बलियो हुँदै जानेछ ।

    नेपालमा हुँदै गरेको संसदीय चुनाव र यसपछि बन्ने सरकार मसालकै सरकार बने पनि यही व्यवस्थाबाट आधारभूत वर्गका समस्या पूर्ण रूपमा हल गर्न सकिन्छ भन्ने कुरा नेकपा (मसाल) विश्वास गर्दैन । त्यसैले मसालका लागि यो चुनाव एउटा कार्यनीतिक उपयोग मात्रै हो । आधारभूत जनताको आवाजलाई सत्तासम्म मुखरित गर्नु मात्रै हो । मसालको अन्तिम लक्ष्य व्यवस्था नै बदल्नु हो । आधारभूत वर्गको अधिनायकत्व स्थापित गर्नु हो, चुनाव जित्नु नै अन्तिम लक्ष्य होइन । त्यसैले पुँजीवादी पार्टीको जस्तो जीवनमरणको लडाइँ हाम्रो लडाइँ होइन, यो त जनतासम्म पुग्ने अर्को रणनीतिक अवसर हो ।

    दल अदलबदल गरिरहने मेरा मित्रले भनेजस्तो मध्यम वर्गका धेरै मान्छेले अहिलेको अवस्थामा धेरै भोट नदिनु अस्वाभाविक हुन सक्छ । गिलासमा भोट दिएर कसैले देशको भनौँ वा सामूहिक हित विपरीत व्यक्तिगत अनुचित लाभ लिन सक्ने नहुन सक्छ । त्यसैले त्यस्ता अवसरवादीको आकर्षण मसालतर्फ नहुन पनि सक्छ ।

    मसाल एउटा लामो इतिहास बोकेको पार्टी हो । इतिहासमा यसले ठुला ठुला युगान्तकारी परिवर्तनका भारी बोकेर पार लाइसकेको छ । त्यसैले यसको इतिहास गर्विलो रहेको छ । लामो यात्रामा खुम्चिनु र फैलिनु स्वाभाविक कुरा हो । नदी कतैबगरमा लुकामारी खेल्यो भने सुकेको भनिँदैन । बग्दै गर्दा कति नदी मिसिन आउँछन् कति फाटेर जान्छन् । नदी आफ्नो गतिमा कतै खुम्चिएर त कतै अनेक फाँट निर्माण गरेर तिनै फाँट सिञ्चित गर्दै अगाडि बढ्छ तर पनि गन्तव्यमा कहिले भ्रमित हुँदैन । यसैले हाम्रो अन्तिम उद्देश्य आधारभूत वर्गको अधिनायकत्वसहित नयाँ व्यवस्था निर्माण हो । यस्तो प्रतिकूल अवस्थामा विपरीत उद्देश्य प्राप्तिको महान् यात्रामा खुम्चिनु र फैलिनु स्वाभाविक कुरा हो ।

    शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.