नेपालगञ्ज । अखिल नेपाल महिला सङ्घ बाँकेले वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
डुडुवा गाउँपालिका–५ नानापुरस्थित लायन्स पार्कमा २०८२ फागुन ६ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सल्लाहकार मोमिना खातुनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार कृष्णराज पाण्डेले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तथा बाँके १ नं. क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार तुलसिराम सापकोटा, २ नं. क्षेत्रका उम्मेदवार जगदीश ढकाल, ३ नं. क्षेत्रका उम्मेदवार मनबहादुर सुनार, महिला सङ्घ बाँकेकी संस्थापक अध्यक्ष लीलामाया लामिछाने, भौतिकवाद समाज नेपालका रामदेव पाण्डेलगायत अतिथिको आतिथ्य रहेको थियो ।
महिला सङ्घ बाँकेकी अध्यक्ष पूर्णकला भण्डारीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा महिला सङ्घ बाँकेकी सल्लाहकार माला केसीले स्वागत तथा सचिव कल्पना पौडेलले सञ्चालन गर्नुभएको थियो ।
विभिन्न प्रगतिशील गीतसङ्गीतका साथै नाचगान गरेर कार्यक्रम अत्यन्तै रमणीय पारिएको थियो ।
