तमघासबजार । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा गुल्मी क्षेत्र नं. १ मा चुनावी अभियान तीव्र भएको छ ।
Advertisement
राजमोको तर्फबाट रामकुमार क्षेत्री उम्मेदवार रहनुभएको सो क्षेत्रमा जिल्ला सङ्ल्लाहकार गङ्गा केसीको नेतृत्वमा प्रचारप्रसार अभियान सञ्चालन भएको हो ।

फागुन ४ गतेदेखि सुरु भएकोे प्रचारप्रसार अभियान जनतासँग भेटघाट र घरदैलो गर्दै हिँडिरहेको राजमो केसीले जानकारी दिनुभयो ।
उहाँले मतदातासँग भेटघाट तथा घरदैलो गर्ने क्रममा देशमा सङ्घीयताको खारेजी, भ्रष्टाचारीलाई कारबाही, रोजगारी, स्वास्थ्य र शिक्षाजस्ता कुरा जनतासँग गरेको जानकारी दिनुभयो ।
चुनावी अभियान क्षेत्रभरिका लागि सञ्चालित छ । अहिलेसम्म कालीगण्डकी गाउँको लुङखानी, लिसपानी, मरिम, तुपुङ, थालुङ–सपाङ्डे, तोलाकोट, कोरेङ, पात्रे हुँदै अगाडि बढिरहेको छ ।