• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राजनीतिको आपराधीकरण विरुद्ध आशाको सङ्केत

"युगदर्शन साप्ताहिक, वर्ष १७, अङ्क २३, २०८२ फागुन ६ गतेको सम्पादकीय "

  •   बुधबार, फागुन ०६, २०८२ मा प्रकाशित
  • युगदर्शन साप्ताहिक, वर्ष १७, अङ्क २३, २०८२ फागुन ६ गतेको सम्पादकीय

    Advertisement

    त्यसो त संसदीय राजनीतिमा राजनीतिको आपराधीकरण नयाँ विषय होइन । त्यसका बाबजुद संसदीय राजनीति स्वत: आपराधिक व्यवस्था हो भन्ने निष्कर्ष निकाल्न सकिन्न । सामन्ती व्यवस्थाको तुलनामा संसदीय व्यवस्था प्रगतिशील व्यवस्था नै हो । यस आधारमा अपेक्षा गरिन्छ : सामन्ती व्यवस्थामा भन्दा संसदीय व्यवस्थामा बढी नैतिकताको अपेक्षा गरिन्छ । विश्वभरिका संसदीय व्यवस्थालाई हेर्ने हो भने संसदीय व्यवस्था पूरै आपराधिक व्यवस्था हो भनेर निष्कर्षमा पुग्नु हतार हुनेछ यद्यपि संसदीय व्यवस्थामा राजनीतिलाई आपराधीकरण गर्ने थुप्रै घटना भेटिन्छन् । फेरि पनि संसदीय व्यवस्थामा राजनीतिको आपराधीकरणको विरुद्धमा आवाज उठ्ने गरेको छ । उदाहरणका लागि बेलायतलाई लिऊँ । बेलायत प्रधानमन्त्रीय प्रणाली (बेस्ट मिनिस्टर्स सिस्टम) को जननी राष्ट्र मानिन्छ । त्यहाँको राजनैतिक नैतिकता अन्यत्रभन्दा उच्च मानिन्छ । यहाँसम्म कि राष्ट्रपतीय प्रणाली (प्रेसिडेन्सियल सिस्टम) भएको अमेरिकामा भन्दा राजनैतिक नैतिकता बेलायतमा उच्च रहेको देखिन्छ । बेलायतमा राजनैतिक नैतिकताको आधारमा कैयौँपटक कैयौँ सरकारका प्रमुखले पद छोडेका उदाहरण छन् ।

    नेपालमा संसदीय व्यवस्था संस्थागत भइसकेको छैन । २००७ सालमा नेपालमा पहिलोपटक संसदीय व्यवस्था स्थापना भएको थियो तर २०१७ सालमा राजतन्त्रले त्यसलाई कू गरेको थियो । फेरि २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भयो । २०५९ सालमा फेरि राजतन्त्रले तत्कालीन प्रजातन्त्रलाई कू गर्‍यो । २०६२–६३ सालको महान् जनआन्दोलनपछि देशमा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता स्थापना भएको छ । त्यसका बाबजुद देशको संसदीय व्यवस्थामाथिको खतरा यथावत् छ । एकातिर देशको राजनीतिक, आर्थिक र सामाजिक चरित्र अर्धसामन्ती तथा अर्थऔपनिवेशिक भएकाले सरकार र सत्ताले स्वतन्त्र भूमिका खेल्न सक्ने स्थिति छैन । अर्कोतिर, सत्तारूढ राजनीतिक दलमा नै लोकतन्त्रप्रति दृढ प्रतिबद्धताको अभाव छ । २०७७ सालमा तत्कालीन संसद्को ठुलो शक्ति नेकपा (एमाले) ले संसद् विघटन गरेको तथ्यबाट स्वयम् राजनीतिक दलमा लोकतन्त्रप्रतिको दृढता नभएको नै स्पष्ट हुन्छ ।

    जहाँ संसदीय व्यवस्था नै संस्थागत भइसकेको छैन, त्यहाँको व्यवस्थासित बेलायतमा जस्तो राजनैतिक नैतिकताको अपेक्षा गर्नु स्वाभाविक नहोला । त्यसका बाबजुद राजनीतिक दललाई राजनीतिको आपराधीकरण गर्ने छुट छैन तर राजनीतिक दलहरूले त्यस्तै क्रियाकलाप गरिरहेका छन् । अहिलेको चुनावमा पनि आपराधिक पृष्ठभूमि भएका उम्मेदवार मैदानमा छन् । कङ्ग्रेस, एमाले, रास्वपा, नेकपा, मधेसवादी पार्टीबाट नै आपराधिक पृष्ठभूमि भएका उम्मेदवार उठाइएका छन् । त्यसमध्ये शीर्षस्थानमा छन् रास्वपाका सभापति तथा चितवन–२ बाट उम्मेदवार बनेका रवि लामिछाने । उनीमाथि सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा लागेको छ । यता कथित जेनजी सरकारको महान्यायाधिवक्ताले गत पुस ३० गते यी दुवै मुद्दा फिर्ता लिने आदेश दिएकी थिइन् । यसका पछाडि रविलाई प्रधानमन्त्री बन्न बाटो खुला गर्ने उद्देश्यले काम गरेको स्पष्टै थियो किनकि यी दुई मुद्दा फिर्ता हुँदासाथ सहकारी ठगी मुद्दाका बाबजुद उनी प्रधानमन्त्री बन्न सक्दथे ।

    सोमबार कास्की जिल्ला अदालतले रवि विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ । यसअघि रुपन्देही जिल्ला अदालतले पनि यस्तै निर्णय गरेको थियो । यसरी महान्यायाधिवक्ताजस्तो निकायले सरकारको इच्छाबमोजिम रविलाई बचाउने राजनीतिकको आपराधीकरणजन्य कार्यका विरुद्ध स्थानीय अदालतले भने त्यसलाई अस्वीकार गरेको देखिन्छ । अदालतको यस्तो निर्णय स्वागतयोग्य भएको स्पष्ट छ । कानुनत: महान्यायाधिवक्ताले आदेश दिएकै भरमा जिल्ला अदालत त्यसलाई स्वीकार गर्न बाध्य थिएन । रुपन्देही र कास्की जिल्ला अदालतले हालसम्म न्यायपूर्ण फैसला गरेको मान्न सकिन्छ । यसबाट देशको राजनीतिलाई आपराधीकरण गर्ने सत्तानिकट दलको प्रयासका विरुद्ध झिनो आशाको किरण देखा परेको छ । आशा गरौँ, आगामी दिनमा न्यायालयले यस्तो गरिमा कायम गर्नेछ ।

    बुधबार, फागुन ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.