• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको एनसीपीको लज्जास्पद हार


  •   शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले निर्वाचनमा लज्जास्पद हार भएकोछ । निर्वाचनमा अपेक्षाअनुरूप नतिजा नआएपछि एनसीपीले मतगणनामा अनियमितता भएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरेको बीबीसीमा समाचार छ ।

    Advertisement

    एनसीपीले आफूलाई भ्रष्टाचार र तानाशाहीविरूद्धको नयाँ विकल्प बताउने गरेको छ । यो पार्टी युवाका लागि रोजगार, हिंसापीडितको न्याय र संस्थागत सुधारजस्ता मुद्दाहरू उठाउँदै आएको छ ।

    सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनबाट शेख हसिना सत्याच्युत भएकी थिइन् । त्यसपछि एनसीपी गठन भएको थियो । आन्दोलनका क्रममा देखिएका चर्चित अनुहारमध्ये नाहिद इस्लामले एनसीपीको नेतृत्व गरिरहेका छन् ।

    बंगलादेशमा भ्रष्टाचार र सुशासनको मागसहित जुलाई २०२४ मा विद्यार्थी आन्दोलन सुरू भएको थियो । सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरूद्ध उनीहरूले सुरूवाती दिनमा प्रदर्शन गरेका थिए ।

    विद्यार्थी आन्दोलन विस्तारै भ्रष्टाचार र सरकारी दमनविरूद्ध विद्रोहमा परिणत भएको थियो । तत्कालीन शेख हसिना नेतृत्वको सरकार आन्दोलनकारी विरूद्ध आक्रामक बन्दै सेनालाई सडकमा उतारेको थियो । सो आन्दोलनको क्रममा झण्डै १४ सय मानिसहरू मारिएका संयुक्त राष्ट्रसंघले जनाएको छ । रिपोर्टको अनुस।रा मारिनेमा अधिकांश क्याम्पसमा अध्ययनरत विद्यार्थी र युवा थिए ।

    आन्दोलन चर्किदै गएपछि हसिना देश छाडेर भारत भागेकी थिइन् । उनी देश छाडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही सरकारले विहीबार निर्वाचन गराएको हो । शेख हसिनाको पार्टीमाथि प्रतिबन्ध लागेकाले निर्वाचनमा सहभागी हुन पाएको थिएन ।

    पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोराले नेतृत्व गरेको बीएनपी पार्टीले भने सबैभन्दा धेरै सिट जितेर बहुमत हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सो पार्टीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने छन् । बीएनपी करिब दुई दशकसम्म सत्ता बाहिर थियो ।

    बंगलादेशको आमनिर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ । बीएनपीले २९९ सिटमा भएको निर्वाचनमा २०९ सिट जितेको छ । ३ सय सिटमा प्रत्यक्ष निर्वाचन हुने बंगलादेशमा बहुमतका लागि १५० सिट ल्याउनुपर्छ । यो समाचार तयार पार्दासम्म २८६ सिटको मतपरिणाम घोषणा गरिएको छ ।

    जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनले जम्मा ७० सिट जितेको छ । जमातका प्रमुख शफिकुर रहमानले ढाका–१५ बाट जित हासिल गरेका छन् । देशमा करिब २० वर्षपछि पहिलोपटक बीएनपीको नेतृत्वमा सरकार बन्ने भएको छ । सन् २००१ को निर्वाचनमा जित हासिल गरेर खालिदा जियाले २००६ सम्म सरकार चलाएयता बंगलादेशमा बीएनपीले चुनाव जितेको थिएन ।

    बंगलादेशमा २००८ देखि २०२४ सम्म लगातार अवामी लिगको सरकार चलेको थियो र शेख हसिना सत्तामा रहिन् । तर, हसिनाको पार्टीलाई प्रतिबन्ध लगाएर भएको निर्वाचनमा बीएनपी विजयी भएको हो । यो जितपछि खालिदाका छोरा तारिक रहमान बंगलादेशको प्रधानमन्त्री बन्नेछन् । यो निर्वाचनले ३५ वर्षपछि पुरुष प्रधानमन्त्री दिने निश्चित भए पनि सत्ता परिवारभन्दा बाहिर भने जाने छैन । बंगलादेशमा साढे ३ दशकभन्दा लामो समयदेखि खालिदा र हसिनाले मात्रै शासन गर्दै आएका थिए ।

    बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले निर्वाचनमा लज्जास्पद हारभएसँगै उक्त पार्टीले मतगणनामा अनियमितता भएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरेको छ । नेपालको सन्दर्भमा पनि नयाँ भनिएका राजनीतिक पार्टीहरूले आफू अनुकुल परिणाम नआएको अवस्थामा सोही प्रकारका समस्या उत्पन्न गरेर निर्वाचनको परिणामलाई विथोल्ने त होइनन् ? शंका गर्ने ठाउँछ ।

    शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.