• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एकल चुनावी प्रतिष्पर्धा

"वर्ष १७, अङ्क २२, २०८२ माघ २८ गतेको सम्पादकीय "

  •   बुधबार, माघ २८, २०८२ मा प्रकाशित
  • यसपटकको प्रतिनिधिसभा निर्वाचनमा धेरैजसो राजनीतिक दल एकल चुनावी प्रतिष्पर्धा गर्दैछन् । दलदर्ता र मनोनयन दर्ताअगाडि उनीहरूमाझ एकता वा धु्रवीकरण भइसकेका थिए । उम्मेदवारको मनोनयन दर्तासँगै केही अयोग्यको उम्मेदवारी फिर्ता वा रद्द भए, बाँकी सबै उम्मेदवार चुनावी मैदानमा छन् । फागुन ४ गतेदेखि १८ गतेसम्म खुल्ला चुनाव प्रचारप्रसारको अवधि तोकिएको छ । अहिले अनौपचारिक प्रकारले घरदैलो, भेटघाट चलिरहेको छ यद्यपि कैयौँ राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत खुल्ला कार्यक्रम पनि गरिरहेका छन् । त्यसबापत सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले कारबाही गरिरहेको छ । जे होस्, राजनीतिक दलका उम्मेदवारहरू यतिखेर जनतामाझ छन्, बाहिर रहेका उम्मेदवार पनि आफ्नो निर्वाचन क्षेत्र पुग्दैछन् ।

    Advertisement

    हाम्रो देशमा चुनावी सहकार्यलाई विकृत रूपमा प्रस्तुत गरिएको पाइन्छ । पक्कै पनि त्यसका लागि कुनै खास राजनीतिक दल नै जिम्मेवार छन् । प्रथमत: उनीहरूले सिद्धान्तहीन गठबन्धन गर्दा र द्वितीय गठबन्धनको क्रममा इमानदारिता देखाउन नसक्दा यसको आलोचना हुने गरेको छ । २०७७ सालमा असंवैधानिक प्रकारले प्रतिनिधिसभा विघटन गरिँदा बनेको संयुक्त मोर्चाको सन्दर्भमा पनि इमानदारिताको सवालमा कमजोरी भएको थियो । २०७९ सालको निर्वाचनको दौरानमा नेपाली कङ्ग्रेस र तत्कालीन माओवादी केन्द्रले कैयौँ स्थानमा यस्ता कमजोरी गरेका थिए । निर्वाचनपछि माओवादी केन्द्रका प्रमुखले त सत्तालोलुपताको ताण्डवनृत्य नै गरेका थिए । यी कमजोरीले गर्दा स्वयम् राजनीतिक दलका कार्यकर्तामाझ नै चुनावी सहकार्यप्रति वितृष्णा उत्पन्न भएको थियो । अहिले ती कमजोरीको समीक्षा गर्दै धेरै राजनीतिक दलले एकल चुनावी प्रतिष्पर्धा गरिरहेका छन् । पछिल्लो समयमा प्रतिगमन विरोधी गठबन्धनमा सामेल भएको राष्ट्रिय जनमोर्चाले पनि एकल चुनावी प्रतिष्पर्धा गरिरहेको छ ।

    एकल चुनावी प्रतिष्पर्धाका कैयौँ सबल पक्ष छन् । खासगरी आफ्नो नीति तथा विचार स्वतन्त्र प्रकारले जनतामाझ लैजान पाउनु यसको आधारभूत सबल पक्ष हो । यस दौरानमा आलोचनाको पनि स्वतन्त्रता रहन्छ । त्यसले गर्दा राजनीतिक भण्डाफोर पनि योजनाअनुसार नै सम्पन्न हुन सक्दछ । हुन त कतिपय बेलामा यस्ता आलोचना केवल ‘चुनावी’ प्रकृतिका हुन सक्दछन् । उदाहरणका लागि नेपाली कङ्ग्रेस, नेकपा (एमाले), भर्खरै गठन भएको नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र मधेसवादी पार्टीले एकार्काको आलोचना पक्कै गर्दछन् तर उनीहरू सबै सँगै सत्तासमीकरण चलाउँदै आएका छन् । सरकारमा बसेर उनीहरूले साझा तर गलत निर्णय गर्ने गरेका छन् । वास्तवमा अहिले देशको जुन अवस्था छ, त्यसका लागि सत्तासञ्चालन गरेका यी सबै राजनीतिक दल जिम्मेवार छन् । देशमा जुन प्रकारको विकृति, विसङ्गति, कुशासन, राष्ट्रघात र परनिर्भरताको अवस्था छ, त्यसका लागि आजसम्म सत्ता सञ्चालन गरिरहेका राजनीतिक दल नै जिम्मेवार छन् । त्यस अर्थमा राजमोजस्ता पार्टीले मात्रै यी विकृति, विसङ्गतिको भण्डाफोर गर्ने अधिकार राख्दछन् तर चुनाव यस्तो फोहोरी खेल बनिरहेको हुन्छ, जहाँ गलत पक्षले सही पक्षको आलोचना गरिरहेको हुन्छ । परिणाम यो हुन्छ, सही राजनीतिक विचार अपनाउने र त्यस प्रकारको भूमिका खेल्ने पक्ष नै कमजोर अवस्थामा हुन्छ ।

    राजमोले बागलुङमा बाहेक अन्त कतै पनि सहकार्य नगरीकन एकल चुनावी प्रतिष्पर्धा गरिरहेको छ । यो पार्टी कुनै खास परिस्थितिमा बाहेक सत्तामा जाने गरेको छैन बरु संसद्बाट देश र जनताको पक्षमा लगातार आवाज उठाउने गरेको छ । यस्तो पार्टीलाई नै राजनीतिक भण्डाफोर अभियान चलाउने वास्तविक अधिकार रहन्छ । त्यसैले यतिखेर राजमोको देशव्यापी चुनावी अभियानको क्रममा राजनीतिक भण्डाफोरलाई त्यत्तिकै तीव्रता दिइएको छ । यस्तो राजनीतिक भण्डाफोरबाट नेपाली जनताले वास्तविकता बुझ्ने मौका पाउनेछन् किनकि जनतालाई सचेत बनाउने सही राजनीतिक दलले हो र सचेत जनताले नै समृद्ध देश बनाउन सक्नेछन् ।

    बुधबार, माघ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.