विकानेर । भारतको राजस्थान राज्यको बिकानेरमा आज आईतवार ०८ फरवरी २०२६ को मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समितिको आयोजनामा २०८२ को प्रतिनिधि सभा निर्वाचन परिचालन भेला सम्पन्न गरेको छ ।
भेलामा मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरेको प्रमुख आतिथ्यता रहेको थियो । सोमरेले भारतका गल्लीगल्लीबाट नेपालको निर्वाचनमा विदेशी शक्तिहरूलाई परास्त गर्न र राजमोका उम्मेद्वारहरूलाई जिताउन स्वदेश जानुपर्ने धारणा राख्नु भएको थियो।
समारोहमा मूल प्रवाहका क्षेत्रीय सदस्यहरु लालबहादुर चुदाली, रामप्रसाद पोख्रेल, राम कुमार रसाइली र कमला पाण्डे, महिला क्षेत्रीय सदस्य सबिता खनाल, सुना थापा, सांस्कृतिक क्षेत्रीय सदस्य उषा बिक, मिना भुल लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम राजु बिकको सञ्चालन तथा बिशाल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।