• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

सर्वहारा वर्ग र निम्नपुँजीपति वर्गबिच हुने द्वन्द्वात्मक सम्बन्ध


  •   आइतबार, माघ २५, २०८२ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अधिनायकत्वमा चल्ने पार्टी हो । सर्वसाधारण जनताको पक्षमा काम गर्ने पार्टी हो तर पनि सर्वसाधारण श्रमजीवी जनतामध्य बढी सचेत र अनुशासन पालना गर्न सक्ने मान्छेले मात्र कम्युनिस्ट पार्टीको सदस्यता कायम राख्न सक्छन् । तीमध्ये करिब करिब सबैजसो निम्नपुँजीपति वर्गका व्यक्ति पर्दछन् ।

    कम्युनिस्ट पार्टीमा सर्वहारा वर्ग र निम्नपुँजीपति वर्गबिच पनि एकता र सङ्घर्षको स्थिति रहन्छ । सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत पार्टी सञ्चालन गर्न सकिएन भने त्यसका सम्भावित परिणाम पार्टीले अवसरवादी दिशा, दक्षिणपन्थी सम्झौतापरस्त दिशा वा उग्रवामपन्थी अराजकतावादी अथवा मध्यपन्थी अवसरवादी दिशा समात्ने सम्भावना हुन सक्छ । श्रम बेच्नैपर्ने मान्छेका र दैनिक आवश्यकतापूर्ति गर्न श्रम बेच्न अनिवार्य नहुने मान्छेका स्वार्थ फरक हुन्छन् । श्रम बेच्न अनिवार्य हुनेका स्वार्थ फरक भएको हुनाले कामको गतिमा फरक पर्छ ।

    एकातिर श्रम बेच्न अनिवार्य नहुने, अर्कोतिर नेतृत्वको पदमा रहने गर्दा अर्को तखराको सम्भावना हुन सक्छ । त्यो खतरा हो– पार्टी गतिहीन हुने । पाटी जाम हुने खतरा पनि हुन सक्छ । यी दुइटै सम्भावनाबाट बच्न सर्वहारा वर्गको अधिनायकत्व आवश्यक हुन्छ । सर्वहारा वर्गलाई पार्टी सञ्चालन गर्न सजिलो हुन्छ भन्ने त होइन तर उसको अर्को विकल्प हुन्न । त्यसकारण जीवनमरणको सङ्घर्ष पार्टी बलियो बनाउनमा नै गर्नुपर्छ । त्यसो गर्दा उसको योग्यता, क्षमताको विकास नगरेसम्म अर्को उपाय नहुने भएकाले बाध्यतावश परिश्रम गरेर योग्यता क्षमताको स्तरोन्नति हुन्छ । त्यसका साथै आफूसहित अन्य सर्वहाराको स्वार्थ पूरा गर्न पनि अनिवार्य भएको हुन्छ । निम्नपुँजीपतिसँग एकता र सङ्घर्ष गर्दै पार्टीलाई सही दिशामा गतिशील बनाएर अघि बढाउनैपर्ने पनि हुन्छ ।

    शत्प्रतिशत सर्वहारा कोही पनि हुन्न । थोरै मात्र भए पनि व्यक्तिगत सम्पत्ति भएकै वा रहेकै हुन्छ । त्यसकारण निम्नपुँजीपति वर्गलाई सजग र सचेत बनाउन सर्वहारा वर्गको डण्डाले हिर्काई रहनपर्छ, तब मात्रै पार्टी गतिशील हुन सक्छ । निम्नपुँजीपति वर्गलाई सर्वहारा वर्ग बनाउने र बनाउनैपर्ने हुन्छ । त्यसको लागि एकता–सङ्घर्ष र एकताको नीति लागु गर्नुपर्छ । एकता गर्ने उद्देश्यसहित सम्बन्ध राख्ने, काममा सक्रिय बनाउने र आफ्ना दैनिक आवश्यकता पूरा गर्न जनताबिच गएर श्रम बेच्न प्रोत्साहन गर्नुपर्छ । फेरि श्रम बेच्ने योग्यता, क्षमतामा गरेको प्रगतिसहित मूल्याङ्कन गर्ने, त्यही कामको सिलसिलामा फलामलाई पिटेर बन्चराको धार निकालेजस्तै गरी आन्दोलनमा खारेर स्पातिलो बनाउन आवश्यक हुन्छ । सर्वहारा नै खर्च टार्न सक्ने र त्यसैमा लागिरहने बनाउनुपर्छ । लगातार कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक काममा प्रोत्साहन दिँदै जानुपर्छ । काममा प्रोत्साहन गर्ने र कमीकमजोरीको आलोचना गर्दै पूर्ण सर्वहाराको अवस्थातिर अगाडितिर बढाउँदै लैजाने बाध्यताको काम गरिरहनुपर्छ ।

    लम्पट सर्वहारा वर्गबाट पार्टीको काम हुन सक्दैन । सचेत सर्वहारा आफै बन्दैन, लगातारको प्रयत्न आवश्यक पर्दछ । त्यसकारण निम्नपुँजीपति वर्गमध्यबाट आएका व्यक्तिलाई पूर्णकालीन कार्यकर्ता बनाउने, सर्वहाराकरण गर्ने दुवै काम गरेर मात्र कम्युनिस्ट पार्टीको विकास हुने हो । फेरि मजदुर र किसान पनि आफै सहारा भइसकेका व्यक्ति होइनन्, उनीहरूसमेत निम्नपुँजीपति वर्ग अस्तित्वअन्तर्गत नै रहेका हुन्छन् ।
    खासगरी कम्युनिस्ट पार्टी श्रमजीवीकै पार्टी हो । मजदुर–किसान निम्नपुँजीपति वर्गको हैसियतमा रहेका श्रमजीवी वर्ग नै हुन । कम्युनिस्ट पार्टी उनीहरूकै हो । समस्या कसको नेतृत्वमा कम्युनिस्ट पार्टी सञ्चालन गर्ने भन्ने हो । त्यो भनेको श्रम बेच्ने योग्यता, क्षमताको विकास गराउने हो । वर्गसङ्घर्ष सङ्गठित शक्तिमा भर पर्छ ।

    कम्युनिस्टको उद्देश्य नयाँ समाज निर्माण गर्ने हो । त्यसका लागि वर्तमान समाजमा आमूल परिवर्तन गर्नुपर्छ । आमूल परिवर्तन गर्ने भनेको (१) व्यक्तिगत स्वामित्वको ठाउँमा सामूहिक स्वामित्व स्थापना गर्ने, (२) राजनैतिक स्वतन्त्रताको ठाउँमा आर्थिक स्वतन्त्रता स्थापित गर्ने, (३) पुँजीपति वर्गको नेतृत्वको ठाउँमा सर्वहारा वर्गको नेतृत्व स्थापित गर्ने । यी आमूल परिवर्तनका काम त्यतिखेर मात्र पूरा हुन सक्छन्, जतिखेर त्यो देशका जनता आदर्श नागरिकको भूमिकामा रहेर शोषणलाई निर्मूल पार्ने काममा लाग्छन् ।

    अहिलेका कम्युनिस्ट पार्टीका सदस्यको काम जनताको राजनैतिक चेतनास्तर उच्च बनाउने हो । जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन पार्टीका पत्रिका, पुस्तकपुस्तिका, पर्चापम्प्लेट आदि जनताकहाँ पुर्‍याउने काम पहिलो हो । दोस्रो– काम पार्टीका नेताको भाषण सुनाउन जनता जम्मा गर्ने हो । तेस्रो– काम पार्टीका प्रशिक्षकले पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिने हो र चौथो काम प्रगतिशील जनवादी सांस्कृतिक कार्यक्रम जनताबिच प्रदर्शन गर्ने हो । यी चारओटा मध्ये कुनै पनि काम एक्लै पूरा हुने अवस्थामा छैनन् । सङ्गठन आवश्यक पर्दछ । सङ्गठन निर्माण गर्न पहिले आफू मुक्त हुनुपर्छ । आफू मुक्त हुन आफ्नो परिवारलाई आर्थिक एकाइ मात्र नबनाएर राजनैतिक एकाइ बनाउन कोसिस गर्नुपर्छ । राजनैतिक एकाइ त्यतिखेर नै बन्न सक्छ, जतिखेर परिवारका निम्नतम् आवश्यकता श्रम खर्च गरेर पूरा भई केही समय, रकम र काम गर्ने योग्यता बचाउन सकिन्छ र त्यसलाई पार्टीमा उपयोग गर्न सकिन्छ । त्यसको लागि आफ्नो श्रम बिक्री गर्न सकिनगरी योग्यताको स्तरोन्नति गर्न सकिन्छ । त्यो जिम्मा पूरा गर्न सक्षम नहुँदासम्म आर्थिक आवश्यकता पूरा गरेर परिवारलाई राजनैतिक एकाइ बनाउन सकिन्न । त्यसकारण निम्नपुँजीपति वर्गको हैसियतमा रहेको परिवारलाई सर्वहारा हैसियतको परिवारमा रूपान्तरण गर्ने काम छिट्टै र सजिलै हुन सक्दैन ।

    कम्युनिस्ट पार्टीको सदस्य भएका व्यक्तिलाई कम्युनिस्ट पार्टीले दुईओटा काममा ध्यान दिन्छ । एउटा पूर्णकालीन कार्यकर्ता बनाउने र दोस्रो काम सर्वहाराकरण गर्ने—यी दुईओटा काम त्यतिखेर मात्र पूरा हुन्छन्, जतिखेर त्यो व्यक्तिको परिवार आर्थिक एकाइ मात्र नभएर राजनैतिक एकाइ बन्न सफल हुन्छ । त्यही कामको लागि सर्वहारा वर्गको डण्डाले निम्नपुँजीवादी अवस्थाको व्यक्तिलाई हिर्काई रहनुपर्छ । जतिसुकै योग्य, विद्वान, कर्तव्यपरायण, पराक्रमी आदि उच्च गुण र क्षमता भएको व्यक्ति भए पनि एक्लैको प्रयत्नबाट कुनै पनि काम सफल हुन सक्दैन, सामूहिक प्रयत्न आवश्यक पर्दछ । सामूहिक काम आर्थिक एकाइ भएको परिवारबाट सुरु गर्नुपर्छ । त्यो भनेको आफू कम्युनिस्ट पार्टीमा लागेको व्यक्तिले आफ्नो परिवारलाई राजनैतिक एकाइ बनाउने कोसिस गर्नुपर्छ । त्यसमा सफलता नमिल्दासम्म त्यो व्यक्ति निम्नपुँजीवादी जन्जालबाट बाहिर निस्कन सक्दैन ।

    सर्वहारा वर्ग व्यक्ति मात्र हुने होइन, परिवारसहितको वर्ग हुने हो । परिवारपछि छिमेकसहितको सामूहिकता निर्माण र परिचालन गर्ने हो । त्यसकारण यो दीर्घकालीन प्रकृतिको र धेरै पुस्ताको सामूहिक प्रयत्न आवश्यक पर्ने काम हो । जहाँसम्म नेता बन्ने काम हो, त्यो आफ्ना अनुयायीको नेता बन्ने हो । आफ्ना अनुयायी निम्नपँुजीपति छन् भने त्यो व्यक्ति मात्र सर्वहारा भएर काम चल्दैन, आफ्ना अनुयायीलाई समेत सर्वहारा वर्गका प्रतिनिधि बनाउनुपर्छ । त्यसो गर्न नसक्ने हो भने एउटै सङ्गठनभित्रका व्यक्तिको स्वार्थ बाझिन्छ । त्यसकारण श्रम बेच्ने काममा सबैले स्तरोन्नति गर्दै अगाडि बढ्नुपर्छ ।

    श्रम बेच्ने मान्छेको अनुयायी श्रम शोषण गर्ने व्यक्ति हुन सक्दैन । त्यही भएकाले निम्नपुँजीपति वर्गबाट अलग हुन सकिन्न । फेर िअलग भएर पनि काम चल्दैन । गर्नुपर्ने काम भनेको सर्वहारा वर्गको डण्डाले निम्नपुँजीपति वर्गलाई लगातार हिर्काई रहनुपर्छ । कम्युनिस्ट व्यक्ति आफू बन्नुपर्छ र अरूलाई पनि कम्युनिस्ट बनाउन लगातार प्रयत्न गर्नुपर्छ ।

    निम्नपुँजीपति वर्गको व्यक्तिको सबैभन्दा ठुलो कमजोरी आफै सर्वहारा नभईकन नेताको अभिनय गर्न कस्सिन्छ । उसको प्रयत्न सर्वहारा हुनेमा होइन कि नेता हुनेमा हुन्छ । त्यसकारण उसले कम्युनिस्ट पार्टीको सदस्यता कायम राख्न सक्दैन । सामाजिक अस्तित्व प्रथम हुने र व्यक्तिको चेतना त्यसैको मातहतमा रहने हुनाले वर्तमान समाजका क्रान्तिकारीको मुख्य काम सङ्घर्ष गरेर सामाजिक अस्तित्व परिवर्तन गराउने हुन जान्छ । भौतिक परिस्थितिमा रूपान्तरण सामूहिक प्रयत्नबाट मात्र सम्भव छ ।

    निम्नपुँजीवादी चिन्तनले गर्दा भौतिक परिस्थिति रूपान्तरण गर्ने काममा अवरोध खडा गर्छ । निम्नपुँजीपति दोहोरो खिचातानीले गर्दा कम्युनिस्ट आन्दोलनमा सकृय हुन सक्दैन । एकातिर ऊ पुँजीपति वर्गको विरुद्ध सङ्घर्ष नगरिनहुने अवस्थामा हुन्छ किनभने पुँजीपति वर्गसँग धेरै व्यक्तिगत सम्पत्ति भएका कारण आफूले बढी नाफा गर्छ र निम्नपुँजीपति वर्गको आम्दानी सीमित बनाइदिन्छ । त्यसकारण वर्गसङ्घर्ष गरेर पनि आमदानी वृद्धि गर्न अप्ठेरो परिरहेको हुन्छ । अर्कोतिर ऊ आफै सर्वहारा वर्गमा पुगिने डरले निर्धक्क भएर श्रम बेच्नेतिर लाग्न सक्दैन ।

    सर्वहारा वर्ग श्रम बेच्न नहिच्किचाईकन आफ्नो योग्यता, क्षमता वृद्धि गरिरहेको हुन्छ भने निम्नपुँजीपति वर्गसँग केही व्यक्तिगत सम्पत्ति भएका कारण योग्यता, क्षमतामा वृद्धि गर्नुभन्दा श्रमशोषण गर्नेमा बढी ध्यान दिन लाग्छ । त्यसो गर्दा जहिलेसुकै ऊ दोहोरो चेपुवामा परेको हुन्छ : न निर्धक्क भएर योग्यता, क्षमता विकास गरेर श्रम बेच्न लाग्न सक्छ, न थोरै सम्पत्तिको स्वामित्वले उसका आवश्यकता पूरा हुन सक्छ । यही दोहोरो खिचातानीमा जीवन बिताइरहेको हुन्छ । त्यति मात्र होइन, उसलाई लाग्ने नेतृत्वको भोक सर्वहारा वर्गको भन्दा बढी हुन्छ । विधान, नियम, कानुन, नैतिकता, अनुशासनमा ऊ सर्वहाराभन्दा कमजोर स्थितिमा हुन्छ तर नेतृत्वमा रहने चाहना भने सर्वहारा वर्गको भन्दा उच्च अवस्थामा हुन्छ । उसको नेतृत्वमा अनुयायीहरू कम हुन्छन् र मात्र बाध्य भएर सर्वहाराको नेतृत्व स्वीकार गर्छ ।

    निम्नपुँजीपति वर्गको व्यक्तिलाई सर्वहारा वर्गमा रूपान्तरण गर्न सामूहिक श्रममा सहभागी बनाएर मात्र सभव हुन्छ । सामूहिक काममा सहभागी भएपछि र त्यसमा तल्लीन भएपछि मात्र सर्वहारा वर्गमा रूपान्तरण गर्न सकिन्छ । वर्तमान अवस्थाका निम्नपुँजीपति एक्लाएक्लै काममा खट्ने अवस्था हुन्छ । पुँजीवादको बढी विकास भएको अवस्थामा धेरै ठुला उद्योग स्थापना हुने र हजारौँ मजदुरले सँगसँगै काम गर्ने अवस्था हुन्छ, ठुला उद्योगले बढी श्रमशोषण गरे पनि त्यसले सामूहिकता सिकाउने काम गर्छ । सामूहिक काम गर्दा सामूहिक अनुशासनको पालना उच्चस्तरमा हुन्छ । त्यसबाट सङ्गठनको महत्त्व बुझ्ने काम हुन्छ र सङ्गठन ठुलो शक्ति हुन्छ तर साना साना उत्पादनका साधनमा एक्लाएक्लै काम गर्दा सामूहिकताको पाठ सिक्न नपाएर सङ्गठनको महत्त्व र ठुलो शक्तिको परीक्षण हुन पाउन्न । सामूहिक जीवन नहुँदा समाजवाद कल्पनामा सीमित हुन्छ, व्यावहारिक जीवनमा प्रयोग हुन सक्दैन । त्यसकारण समाजवादी राज्यसत्ता स्थापना गर्न सामूहिक श्रममा अभ्यस्त भएका कार्यकता हुनु/बनाउनु पहिलो आवश्यक शर्त हो ।

    साना साना स्केलमा उत्पादन हुने उत्पादनका साधनलाई सहकारी स्वामित्वअन्तर्गत ठुलो स्कुलमा उत्पादन गर्न पनि अभ्यस्त नभएसम्म समाजवादको प्रयोग हुन सक्दैन । त्यसरी ठुलो स्केलको उत्पादन गर्दा एकातिर व्यक्तिले निश्चित समयसम्म काम गर्दा उसको जिम्मा पूरा हुन्छ भने अर्कोतिर एउटा व्यक्तिले एउटा काम गर्दा उसको योग्यता, दक्षता विकास गर्न सजिलो हुने मात्र होइन, आवश्यक योग्यताको लागि अध्ययन गर्न/गराउन पनि सजिलो हुन्छ । योग्य व्यक्तिले ठुलो स्केलमा उत्पादन गर्दा धेरै आम्दानी भएर सबैका आवश्यकता सजिलै पूरा हुन्छन् । सबै रोजगार हुन्छन् र सबैका आवश्यकता पूरा भइरहेको हुन्छ । वर्तमान व्यवस्थामा एउटाले सबै काम गर्न सक्दैन । निश्चित योग्यताको विकास गर्दा बेरोजगारी व्यर्होर्नुपर्छ । त्यसकारण सामूहिकतामा लगेर सबैका रोजगारी र योग्यताको उपयोग हुन्छ ।

    निम्नपुँजीपति वर्गलाई सर्वहाराकरण गर्न अनिवार्य हुन्छ किनभने उसको थोरै व्यक्तिगत स्वामित्वले उत्पादन वृद्धि गर्न सक्दैन । त्यस्तो हुनुको कारण एउटा व्यक्तिमा धेरै किसिमका प्राविधिक ज्ञान हुन सक्दैन । धेरै जनाको थोरै थोरै मात्रामा रहेको उत्पादनका साधनलाई सहकारी स्वामित्वमा आबद्ध गराउनुपर्छ । त्यसबाट धेरै जनाको फरक फरक, ज्ञानको उपयोग हुन्छ । त्यसबाहेक फरक फरक प्राविधिक ज्ञान दिलाएर सबैको योग्यताको उपयोग गर्न सकिन्छ । धेरै मात्राको सामूहिक स्वामित्वका उत्पादनका साधनबाट धेरै उत्पादन हुन्छ । उत्पादन बढाउने र सबैका आवश्यकता पूरा गर्न/गराउन सजिलो हुन्छ ।

    सर्वहारा वर्गको व्यक्ति आफ्नो श्रम बिक्री गरेर आवश्यक पर्ने खर्च टार्ने व्यक्ति हो । व्यक्ति एक्लै रहन सक्दैन । ऊ परिवारमा रहन्छ । परिवारका अरू सदस्यलाई पनि परिवारको आम्दानीबाट नै खर्च टार्ने बनाउनु अनिवार्य हुन्छ । त्यसकारण आफ्नो परिवारलाई आर्थिक एकाइ मात्र होइन, राजनैतिक एकाइ बनाउनु अनिवार्य हुन्छ ।

    एउटा व्यक्ति उसको परिवारविना एक्लै सर्वहारा हुन सक्दैन, त्यो निम्नपुँजीवादी आर्थिक हैसियतमा रहेको हुन्छ । त्यसलाई सर्वहाराकरण गर्ने भनेको उसको श्रम बेच्न सक्ने अवस्थामा लैजाने र परिवारका अन्य सदस्यलाई पनि श्रम बेचेर खर्च टार्ने हैसियतमा स्तरोन्नति गर्ने काम हो । त्यो भनेको परिवारलाई राजनैतिक एकाइ बनाउनुपर्छ भनेको हो । दोस्रो चरणमा छरछिमेक र इष्टमित्रलाई पनि त्यसरी नै राजनैतिक एकाइ बनाउने काम विस्तार गर्नुपर्छ । त्यसको लागि अध्ययन, सङ्घर्ष, सङ्गठन र अनुशासनलाई पनि विस्तार गर्दै जानुपर्छ । एउटा व्यक्तिको स्वामित्वमा भएका ठुला उत्पादनका साधनले धेरै व्यक्तिको श्रमको शोषण गर्दछ । त्यसैलाई सरकारी स्वामित्वमा लैजाँदा मजदुरको जीवनस्तर उच्च हुँदै जान्छ । एउटा व्यक्तिले अर्को व्यक्तिलाई शोषण गर्न नपाउन व्यवस्था समाजवादी व्यवस्था हो । शोषण हटाउनकै लागि सामूहिक स्वामित्वमा लैजानुपर्दछ ।

    आइतबार, माघ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.