खिमराज चालिसे
हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले आफ्नो स्थापना दिवस मनाएको छ । फरवरी ७, २०२६ को मूल प्रवाहको नगरको ४६औं स्थापना दिवस अवसरमा निर्वाचन परिचालन भेला पनि भव्य रुपमा सम्पन्न गरिएको थियो ।
मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष एवं प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार तारा सोमारेको प्रमुख आथित्यतामा सम्पन्न सो समारोहमा सोमारेलाई नगर समितिले खादा एवं अविर लगाएर सम्मान समेत गरिएको थियो।
मूल प्रवाह हिसार नगरको ४६औँ स्थापना दिवस एवं निर्वाचन परिचालन भेला समारोहलाई मूल प्रवाह केन्द्रीय परिषद सदस्य केहर सिंह घर्ती मगर र नारायण विक, मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्यहरू ओम प्रकाश तिवारी र लाल बहादुर चुदाली, महिला क्षेत्रस्य सदस्यहरू सेती राना, चन्द्रा सोमरे, नगर समितिका नन्द बहादुर लम्तरी, एरिया समिति “ए“ का रामु शर्मा, सिटि बि का कमला बगाले, इन्ड्रष्ट्रीयल एरियाका चन्द्र गैरे, नगर महिला विभागका दुर्गा शर्मा, विद्यार्थी संघका लक्ष्मी रास्कोटी, सांस्कृतिक विभागका दिपा लम्तरी, जनजाति विभागका मन बहादुर घर्तीमगर लगाएतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम विष्णु गौतमको सञ्चालनमा तथा बाबुराम पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सहभागिहरूलाई सुरेश क्षेत्री र कलाकारहरूले स्वागत गर्नु भएको थियो।