• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नाइजेरियामा नरसंहारपछि सेना तैनाथ


  •   बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
  • जोस (नाइजेरिया) । नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले १६२ जनाको हत्या गरेपछि राष्ट्रपति बोला अहमद टिनुबुले तत्काल सेनाको बटालियन तैनाथ गर्दै देशको सुरक्षा व्यवस्था सुदृढ पार्ने आदेश दिनुभएको छ ।

    Advertisement

    मङ्गलबार राति वोरो गाउँमा भएको आक्रमण सेनाको हालैका कारबाहीपछि भएको हो । सेनाले यस क्षेत्रमा ‘आतङ्कवादी तत्वहरू’ विरुद्ध कारवाही गरेको थियो । बन्दुकधारीहरूले पसल र परम्परागत शासकको घरमा आगो लगाएको थिए र घाइतेहरू झाडीमा भागेको रेडक्रसका क्वारा राज्य सचिव बाबोमो आयोदेजीले बताउनुभयो ।

    आयोदेजीका अनुसार मृतकको सङ्ख्या हाल १६२ पुगेको छ र थप शवहरूको खोजी जारी छ । प्रहरीले आक्रमणको पुष्टि गरेको छ, तर हताहतको सङ्ख्या स्पष्ट छैन । प्रारम्भिक तथ्याङ्कअनुसार स्थानीय सांसद साईदु बाबा अहमदले ३५–४० जनाको मृत्यु भएको बताउनुभयो, तर घाइतेहरू भागेका कारण अझै शव फेला पर्ने सम्भावना रहेको थियो ।

    क्वारा राज्यका गभर्नर अब्दुल रहमान अब्दुल रजाकले मृतकको सङ्ख्या ७५ जना रहेको बताउनुभएको थियो ।

    ग्रामीण क्षेत्रमा आक्रमणपछि प्राय: विवरण द्वन्द्वात्मक देखिन्छन् । कुनै पनि समूहले जिम्मेवारी लिएको छैन तर राज्य सरकारले ‘आतङ्कवादी कोषहरू’ लाई दोष दिएको छ भने टिनुबुले बोको हराम जिहादी समूहलाई आक्रमणको जिम्मेवार ठहराउनुभएको छ । नाइजेरियाका केही भागहरू गाउँ लुट्ने, अपहरण र फिरौतीमा संलग्न सशस्त्र गिरोह, अन्तर–साम्प्रदायिक हिंसा र उत्तरमा सक्रिय जिहादी समूहबाट प्रभावित छन् ।

    सेना तैनाथ गर्दै राष्ट्रपति टिनुबुले जिहादीहरूको विचारधारालाई अस्वीकार गर्ने गाउँलेहरू विरुद्ध गरिएको ‘जङ्गली आक्रमण’ को निन्दा गर्नुभयो । राष्ट्रपतिको विज्ञप्तिमा आक्रमणकारीहरूले समुदायका सदस्यहरूको हत्या गरेकामा टिनुबुले आक्रोश व्यक्त गर्नुभएको छ ।

    मङ्गलबार साँझ ६ बजे (१७०० जिएमटी) बन्दुकधारीहरूले वोरोमा आक्रमण गर्दै पसल र राजाको दरबारमा आगो लगाएको सांसद अहमदले बताउनुभयो । संयुक्त राष्ट्र सुरक्षा प्रतिवेदनअनुसार उत्तरी कात्सिना राज्यमा छुट्टै आक्रमणमा हवाई सेनाको कारबाहीमा २७ जना ‘आतङ्कवादी’ मारिए, तर २३ सर्वसाधारणको मृत्यु भएको शङ्का गरिएको छ ।

    वोरोमा परम्परागत राजाको ठेगाना अज्ञात रहेको थियो, तर रेडक्रसका अधिकारीले उनलाई अल्हाजी सालिहू उमरको रूपमा नामकरण गरेका थिए । नाइजेरियामा धेरै परम्परागत राजा, अमिर र शासकहरू छन्, जसले राजनीतिक कार्यालय नराखे पनि ठूलो स्थानीय र सांस्कृतिक प्रभाव राख्छन् ।

    सेनाले जिहादी र सशस्त्र डाकुहरू विरुद्ध कारबाही बढाएको छ । गत महिना सेनाले क्वारा राज्यमा ‘आतङ्कवादी तत्वहरू विरुद्ध निरन्तर समन्वित आक्रामक कारबाही’ सुरु गरेको थियो र स्थानीय मिडियाका अनुसार सेनाले १५० डाकुहरूलाई सुरक्षा खतरा सिर्जना गर्न नसक्ने अवस्थामा पुर्‍याएको छ । सेनाले जनवरी ३० मा जारी विज्ञप्तिअनुसार, सुरक्षा बलका दुर्गम शिविरमा आक्रमण गर्दै परित्याग भएका शिविर र रसदको स्रोत नष्ट गरेको छ ।

    गत वर्ष जिहादी आक्रमण बढेका थिए । अल–कायदा सम्बद्ध समूह जेएनआइएमले क्वारा राज्यको पहिलो आक्रमणको जिम्मेवारी लिएको थियो र यस समूहको सञ्चालन नाइजेरियाको उत्तरी सीमा नाइजेरमा आधारित छ । अनुसन्धानकर्ता ब्रान्ट फिलिपका अनुसार, पछिल्लो छापा जेएनआइएमले अक्टोबरमा आक्रमण गरेको साइट नजिकै भएको थियो, जसले जेएनआइएम र बोको हरामबीच ‘प्रत्यक्ष ओभरल्याप’ र ढिलो गठबन्धन रहेको सङ्केत दिन्छ ।

    सुरक्षा समस्याहरूको प्रतिक्रियामा क्वारा राज्यले केही क्षेत्रमा कफ्र्यू लागू गरेको छ र विद्यालयहरू धेरै हप्ताका लागि बन्द राखेको थियो । पछि सोमबार खोल्न आदेश दिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाली इसाईहरूको ‘नरसंहार’ भएको आरोप लगाएपछि देशको असुरक्षा विषयमा गहिरो जाँच भइरहेको छ । तर नाइजेरियाली सरकार र स्वतन्त्र विज्ञहरूले यस दाबीलाई अस्वीकार गर्दै देशको हिंसामा इसाई–मुस्लिम दुवै मारिएका र प्राय: भेदभाव बिना नै भएको बताएका छन् ।

    बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.