• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग


  •   शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल पत्रकार महासंघ अन्तर्गत स्थापित बैदेशिक शाखाहरूले महासंघको केन्द्रीय संरचना, निर्वाचन प्रक्रिया तथा निर्णय प्रणालीमा समान सहभागिता र प्रतिनिधित्वको माग गरेका छन्।

    Advertisement

    नेपाल पत्रकार महासंघ लेखा समिति सदस्यका उपबिजेता गणेश प्रसाद बन्जाडेले महासंघको केन्द्रीय समितिलाई सम्बोधन गर्दै बुझाएको औपचारिक निवेदनमार्फत प्रवासमा स्थापित पत्रकार महासंघका शाखाहरूलाई विगतदेखि नै उपेक्षा गरिएको गम्भीर आरोप लगाएका छन्।

    उनले पत्रमा उल्लेख गरेअनुसार, प्रवासमा बसोबास गर्ने करिब ५० लाख नेपालीको आवाज प्रतिनिधित्व गर्ने बैदेशिक शाखाहरू नेपाली पत्रकारिता प्रवद्र्धन, प्रवासी समुदायका मुद्दा, समाचार र आवाजलाई विश्वसमक्ष पुर्‍याउन सक्रिय रहँदै आए पनि महासंघका विभिन्न निर्वाचन, नीति निर्माण र निर्णय प्रक्रियामा सहभागिता सीमित बनाइँदै आएको छ। साथै, विगतमा उपभोग गरिँदै आएका कतिपय अधिकारहरू कटौती गरिएकोप्रति समेत गम्भीर ध्यानाकर्षण गराइएको छ।

    पत्रमार्फत महासंघको केन्द्रीय समितिसमक्ष निम्न तीन प्रमुख माग प्रस्तुत गरिएको छः

    मतदान अधिकार सुनिश्चितता

    नेपाल पत्रकार महासंघको विधानको परिच्छेद ५, दफा १६ को उपदफा ४ अनुसार सम्पूर्ण सदस्यले मतदान गर्न पाउने स्पष्ट व्यवस्था हुँदाहुँदै प्रवास शाखाका सदस्यहरूलाई विभिन्न बहानामा वञ्चित गरिएको भन्दै केन्द्रीय समितिको निर्वाचनमा बैदेशिक शाखाहरूलाई पनि मतदान अधिकार सुनिश्चित गर्न माग गरिएको छ।

    केन्द्रीय समितिमा प्रतिनिधित्व

    केन्द्रीय कार्यसमितिमा बैदेशिक शाखाहरूको तर्फबाट कम्तीमा एक जना प्रतिनिधिलाई मनोनयन वा निर्वाचित गर्ने स्थायी र दिगो व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

    समान दृष्टिकोण र सहभागिता

    जिल्ला, प्रदेश, राजधानी उपत्यका, प्रतिष्ठान तथा मिडिया हाउसजस्तै संरचनासरह बैदेशिक शाखाहरूलाई पनि समान हैसियत र दृष्टिकोणले हेरी महासंघका सम्पूर्ण गतिविधिमा समान सहभागिताको अवसर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

    बन्जाडेले प्रस्तुत मागहरू महासंघको समावेशी, लोकतान्त्रिक र समान सहभागितामूलक मूल्य–मान्यतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

    प्रवासमा क्रियाशील पत्रकार संगठनहरूले लामो समयदेखि उठाउँदै आएको यो विषयले अब महासंघको केन्द्रीय संरचनामा नीतिगत बहस र संरचनागत सुधारको बहसलाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

    शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.