• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै


  •   शनिबार, माघ १०, २०८२ मा प्रकाशित
  • नेपालगन्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ ।  चालू आर्थिक वर्षको छ महिनामा थप ८६ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । साउनदेखि पुस महिनासम्म ५७ जना पुरुष र २९ जना महिला गरी ८६ जना कुष्ठरोगी पहिचान भएको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पताल आइएनएफ बाँकेले जनाएको छ ।

    Advertisement

    साइनिङ अस्पताल आइएनएफ बाँकेले विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा आज यहाँ पत्रकारसँगको अन्तरक्रियामा अस्पताल प्रमुख मङ्गलबहादुर थारुले बाँकेका नरैनापुरलगायतका दुर्गम स्थानमा कुष्ठ रोगका नयाँ बिरामी फेला परेको उल्लेख गर्दै सबैभन्दा बढी मधेसी समुदायमा सो रोग देखिएको जानकारी दिनुभयो । त्यस बाहेकह थारु समुदायमा पनि कुष्ठ रोगका विरामी देखिएका छन् ।

    “बाँकेमा कुष्ठरोगको प्रभाव दर उच्च रहेकाले यसको न्यूनीकरण सबैको साझा प्रयासमा मात्र सम्भव रहेको छ,” प्रमुख थारुले भन्नुभयो ।

    बाँकेमा ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच पाँच, अछामका तीन, दैलेखका दुई, दाङ, प्युठान, रोल्पा र सल्यानका एकएक जना र भारतीय १४ जना कुष्ठरोगी फेला परेको अस्पतालले जनाएको छ । गत बर्ष १७४ जना नयाँ कुष्ठरोगी भेटिएकोमा बाँकेका मात्र ९३ जना थिए ।

    २४ शय्याको सो अस्पतालले त्यस अवधिमा नौ हजार ८३१ जनालाई वहिरङ्ग सेवासमेत प्रदान गरेको जनाएको छ । त्यसैगरी स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि अन्य प्रयोगशालाबाट १० हजार ७९५ जनाको परीक्षण गरिएको छ भने ७०४ जनाको स्नायुको कार्यक्षमता जाँच गरिएको छ । यो जाँच अपाङता शीघ्र पहिचान तथा रोकथामका लागि गर्ने गरिन्छ । त्यसैगरी अपाङगताबाट नै जोगाउन ६९ जनालाई फिजियोथेरापी अभ्यास गराइएको छ ।

    नेपालमा सन् २०१० मा नै राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भइसकेको छ । तर, बाँकेमा भने कुष्ठरोगको प्रभाव दर उच्च देखिएको छ । आइतवार कुष्ठरोग दिवस मनाइँदैछ ।

    शनिबार, माघ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.