• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

कोरोना भाइरसको खोपबारेका अनुसन्धान ‘रुसी जासुसहरूको निसानामा’


  •   शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । रुसका जासुसहरूले यूके, अमेरिका र क्यानडामा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न प्रयास गरिरहेका संस्थाहरूलाई निसानामा राखेको सुरक्षा सेवाहरूले चेतावनी दिएका छन् ।

    Advertisement

    यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले ह्याकरहरूले रुसको खुफिया निकायको अङ्गका रूपमाु काम गरेको लगभग निश्चितु भएको जनाएको छ ।

    तर कुन संस्था निसानामा परेका हुन वा कस्तो प्रकारको सूचना चोरिएको छ छैन भन्ने विषयमा स्पष्ट पारिएको छैन । ह्याकरहरूले खोपको अनुसन्धानमा भने बाधा नपुर्‍याएको बताइएको छ।

    पछिल्लो घटनाबारे प्रतिक्रिया जनाउँदै ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले भने, ‘कोरोनाभाइरस महामारीविरुद्ध काम गरिरहेकाहरूलाई रुसी खुफिया निकायले निसाना बनाउनु पूर्ण रूपमा अस्वीकार्य छ ।’

    ‘अरूहरूले लापरबाहीका साथ आफ्नो स्वार्थ र चासोलाई पछ्याउँदै गर्दा यूके र उसको गठबन्धनमा रहेका राष्ट्रहरूले विश्व स्वास्थ्यको रक्षा गर्न खोपको विकासमा कडा मेहनत गरिरहेका छन् ।’

    रुसले ती आरोपहरूलाई निराधार र असैह्य भन्दै खारेज गरिदिएको छ।

    ‘ब्रिटेनका औषधि उत्पादन गर्ने कम्पनी र अनुसन्धान केन्द्रहरूमा कसले ह्याक गरेको हुन सक्छ भन्ने विषयमा हामी जानकार छैनौँ । हामी के मात्रै भन्न सक्छौ भने यी प्रयासहरूमा रुसको कुनै पनि किसिमको सरोकार छैन’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताएको समाचार संस्था तासले उल्लेख गरेको छ ।

    त्यस्तो चेतावनी निम्न सुरक्षा सेवाहरू संलग्न एउटा अन्तर्राष्ट्रिय समूहले दिएको हो ।

    अमेरिकाको राष्ट्रिय सुरक्षा निकाय (एनएसए) का एकजना विज्ञले भने क्रेमलीनले अस्वीकार गरे पनि रुसी गुप्तचरहरू संलग्न रहेको हुन सक्नेु सम्भावना रहेको बताए ।

    काथम हाउस थिङ्क ट्याङ्ककी इमिली टेलर भन्छिन्, ‘प्राप्त विवरणका भरमा साइबर जगतमा कसैलाई आरोप लगाउनु कठिन भए पनि त्यो असम्भव होइन ।’

    अर्का एक साइबर सुरक्षा विज्ञले भने त्यस्तो अभियानमा रुसीहरूमात्रै संलग्न रहेको हुन सक्ने सम्भावना न्यून रहेको बताएका छन्।

    ‘उनीहरूकहाँ धेरै मानिस छन्, हामीकहाँ पनि धेरै छन्। अमेरिकामा झन् धेरै मानिस छन् र चीनमा पनि अवस्था त्यस्तै छ,’ केम्ब्रिज विश्वविद्यालयको कम्प्युटर प्रयोगशाला (ल्याब) का प्राध्यापक रस एन्डरसनले प्रतिक्रिया जनाए ।
    ‘ती सबैले यस्ता किसिमका सामग्री चोरी गर्ने प्रयत्न गरिरहेका हुन्छन् ।’

    यूके, अमेरिका र क्यानाडाका निकायहरूका अनुसार ह्याकरहरूले सफ्टवेरमा रहेका कमजोरीहरू दुरूपयोग गरेर कमजोर कम्प्युटर प्रणालीमा पहुँच पाएका थिए ।

    त्यस्तो पहुँच पाउनका लागि फिसिङ् भनिने सक्कलीझै लाग्ने झुक्याउने इमेलहरू तयार पारेर अनुसन्धानमा संलग्न व्यक्तिहरूसम्म पुर्‍याइएको थियो ।

    उनीहरूले पठाएका इमेलहरू, प्राप्त गर्नेहरूका विश्वासिला व्यक्तिकै नामबाट गएका थिए ।

    त्यो सक्कली र विश्वासयोग्य लाग्नेगरी उनीहरूका केही व्यक्तिगत जानकारी राखिएका थिए । बीबीसी

    शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.