काठमाडौँ । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ राष्ट्रिय जनमोर्चाले ४१ ओटा जिल्लामा उम्मेदवारी दिने भएको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ माघ ५ गते जारी दुईओटा फरक फरक वक्तव्यमा सो जानकारी दिइएको छ ।
वक्तव्यमा अनुसार प्युठानमा तिलक जिसी, अर्घाखाँचीमा पशुपति ढकाल, दाङ १ मा गणेश आचार्य, दाङ २ मा मनिराम खनाल, दाङ ३ मा कमला जिसी, रुपन्देही १ मा हरि केसी, रुपन्देही २ मा रुकबहादुर पराजुली, रुपन्देही ३ मा बद्रे आलम, रुपन्देही ४ मा जयश्वर रेग्मी, नवलपरासी १ मा ढुण्डीराज पोख्रेल, नवलपरासी २ मा सम्झना पौडेल, कपिलवस्तु १ मा माधव भाट क्षेत्री, कपिलवस्तु २ मा लक्ष्मी शर्मा र कपिलवस्तु ३ मा केरसिंह अदै राजमोको उम्मेदवार बन्दै हुनुहुन्छ ।
त्यस्तै, गुल्मी १ मा शेरबहादुर थापा (रामकुमार क्षेत्री), गुल्मी २ मा लालबहादुर थापा, बाँके १ मा तुलसी सापकोटा, बाँके २ मा जगदीश ढकाल, बाँके ३ मा मानबहादुर विक, बर्दिया १ मा लोकबहादुर राना, बर्दिया २ मा रतनसिंह रावत, पाल्पा १ मा नरमती सिँजाली, पाल्पा २ मा विशाल दर्लामी, रोल्पाबाट मेघनाथ विष्ट, रुकुम पूर्वमा चन्द्रविक्रम शाही, डोटीबाट मनोज भट्ट (मणिराज भट्ट), डडेलधुराबा चन्द्रदेव विक, कैलाली ३ बाट देशराज चौधरी, कैलाली ४ बाट हेमराज भट्ट र कैलाली ५ बाट शोभामणि भट्टले उम्मेदवारी दिँदै हुनुहुन्छ ।
एवम् प्रकारले कञ्चनपुर १ बाट राजाराम चौधरी, कञ्चनपुर २ बाट रामबहादुर कार्की, कञ्चनपुर ३ बाट लालबहादुर कुँवर, दार्चुलाबाट बिर्खराज पत्न, जाजरकोटबाट रत्नबहादुर खड्का, रुकुम पश्चिमबाट सत्यनारायण श्रेष्ठ, दैलेख १ बाट नरबहादुर सिंह, दैलेख २ बाट कमलबहादुर बरैमगर, सुर्खेत १ बाट मोहन थापा र सुर्खेत २ बाट पूर्णबहादुर शाही उम्मेदवार बन्नुहुने भएको छ ।
अर्को प्रेसवक्तव्यका अनुसार बागलुङ १ बाट कृष्ण अधिकारी, बागलुङ २ बाट भीमलाल पोखरेल, नवलपुर १ बाट चन्द्र सापकोटा, नवलपुर २ बाट विष्णु गिरी, कास्की १ बाट रविमोहन ढकाल, म्याग्दी १ बाट छेमबहादुर विक (छवि विक), पर्वत १ बाट भीमलाल न्यौपाने, सङ्खुवासभा १ बाट हेमकुमार गुरुङ, उदयपुर १ बाट लीलकुमार राई र ओखलढुङ्गा १ बाट शेरबहादुर खत्री राजमोको उम्मेदवार बन्दै हुनुहुन्छ ।
त्यस्तै, बारा ३ बाट सरस्वती पौडेल, बारा ४ बाट बालकृष्ण शर्मा, रौतहट २ बाट नेक मोहम्मद, काठमाडौँ ४ बाट छविबहादुर खनाल, काठमाडौँ ५ बाट अशोकविक्रम जिसी (समीर सिंह), काठमाडौँ ६ बाट जगतप्रसाद रेग्मी, काठमाडौँ ७ बाट दीर्घबहादुर श्रेष्ठ, काठमाडौँ ९ बाट बलबहादुर अधिकारी र काठमाडौँ १० बाट अमरबहादुर पौडेलले उम्मेदवारी दिँदै हुनुहुन्छ ।
एवम् प्रकारले ललितपुर ३ बाट नीलगोविन्द महर्जन, काभ्रेपलाञ्चोकबाट सुवर्णविक्रम थापा, सिन्धुपाल्चोक १ बाट दाबा लामा, रामेछाप १ बाट अर्जुन थापा, चितवन १ बाट सीता क्षेत्री, चितवन २ बाट देवी शर्मा, चितवन ३ बाट कृष्ण केसी, मकवानपुर १ बाट निरबहादुर सिन्तान, सल्यानबाट कमला डाँगी, स्याङजा १ बाट राजेन्द्र गैरे र कालीकोट–१ बाट अजबहादुर गिरी उम्मेदवार बन्नुभएको छ ।