• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द


  •   शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
  • वेलिङ्टन । न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै शुक्रबार तेहरानस्थित आफ्नो दूतावास अस्थायी रूपमा बन्द गरेको छ । साथै, त्यहाँ कार्यरत आफ्ना कूटनीतिक कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको जानकारी दिएको छ ।

    Advertisement

    विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कूटनीतिक कर्मचारीहरू रातारात व्यावसायिक उडानमार्फत सुरक्षित रूपमा इरानबाट बाहिरिएका हुन् । इरानमा सुरक्षा अवस्था निरन्तर बिग्रँदै गएकाले तेहरानस्थित दूतावासको सञ्चालन हालका लागि टर्कीको अङ्कारामा सारिएको मन्त्रालयले जनाएको छ ।

    प्रवक्ताले भन्नुभयो, “हामी इरानतर्फ हुने सबै प्रकारका यात्राविरुद्ध सल्लाह दिन निरन्तर जारी राखिरहेका छौँ । हाल इरानमा रहनुभएका कुनै पनि न्युजिल्यान्डवासी नागरिकहरूलाई यथाशीघ्र देश छोड्न आग्रह गर्दछौँ ।” उहाँका अनुसार हालको परिस्थितिमा विदेश मन्त्रालयसँग इरानमा रहेका न्युजिल्यान्डवासीहरूलाई कन्सुलर सहयोग उपलब्ध गराउने क्षमता अत्यन्त सीमित मात्र रहेको छ ।

    विदेश मन्त्रालयले इरानमा गम्भीर सञ्चार चुनौतीहरू देखिएको पनि जनाएको छ । ती चुनौतीका कारण त्यहाँ रहेका मानिसहरूलाई आफ्ना परिवार र साथीहरूसँग सम्पर्क गर्न निकै कठिन भइरहेको प्रवक्ताले बताउनुभयो । मन्त्रालयले इरानमा रहेका न्युजिल्यान्डवासीहरूलाई सकेसम्म आफ्ना आफन्त तथा नजिकका व्यक्तिसँग सम्पर्कमा रहन सल्लाह दिएको छ ।

    यसैबीच, न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले बिहीबार इरानको राजधानी तेहरानमा भएको विशाल सरकारविरोधी प्रदर्शनप्रति सुरक्षाबलले दिएको हिंसात्मक प्रतिक्रियाबाट आफ्नो देश ‘गहिरो रूपमा स्तब्ध’ भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ ।

    उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भन्नुभयो, “प्रदर्शनकारीहरूको हत्यासहित इरानका सुरक्षा बलहरूले गरिरहेको क्रुर दमनको हामी कडा शब्दमा निन्दा गर्दछौँ ।” मन्त्री पिटर्सले इरानी जनतालाई शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने, अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्ने र सूचनामा पहुँच प्राप्त गर्ने मौलिक अधिकार रहेको उल्लेख गर्दै ती अधिकारहरू हाल निर्ममतापूर्वक दमन भइरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “न्युजिल्यान्ड सरकार इरानमा विकसित भइरहेको अवस्थाप्रति अत्यन्त गम्भीर चिन्तित छ ।” सो चिन्ता वेलिङ्टनस्थित इरानी दूतावासमार्फत प्रत्यक्ष रूपमा व्यक्त गरिएको र आगामी दिनहरूमा पनि कूटनीतिक माध्यमबाट आफ्ना धारणा स्पष्ट रूपमा राखिरहने उहाँले जानकारी दिनुभयो ।

    शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन
    अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.