• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साम्राज्यवादी आतङ्कवाद


  •   सोमबार, पुष २८, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    पहिले आतङ्कवाद व्यक्तिगत रूपमा विद्यमान थियो, पछि त्यसले राज्यआतङ्कवादको रूप लियो । अब त्यसले साम्राज्यवादी आतङ्कवादको रूप लिँदै गइरहेको छ । खास गरेर ट्रम्पको नेतृत्वमा आतङ्कवादले साम्राज्यवादी रूप लिँदै गइरहेको कुरामा कुनै शङ्का रहन्न ।

    अमेरिकाका राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र सङ्घको घोषणापत्र वा अन्तर्राष्ट्रिय कानुनसमेतको अतिक्रमण गरेर सिधै विभिन्न देशमाथि आक्रमण गर्ने मात्र होइन, पूरै देशलाई नै कब्जा गर्ने नीति अपनाउँदै गइरहेका छन् । उनले हालै भेनेजुयलामाथि आक्रमण गरेर त्यहाँका राष्ट्रपति मदुरोलाई अपहरण गरे । उनले ग्रीनल्यान्डमाथि पनि कब्जा गर्ने कुरा गरिरहेका छन् भने क्यानडालाई पनि संयुक्त राज्य अमेरिकाको एकाउन्नौँ राज्य बनाउने कुरा गरिरहेका छन् । उनले इरानमाथि सिधै आक्रमण गर्ने कुरा गरिरहेका छन् । त्यति मात्र होइन, उनले त्यहाँ राजतन्त्रको पुनस्र्थापनाका लागि पनि बल लगाइरहेका छन् । त्यसबाट साम्राज्यवाद र प्रतिगमनका बिचमा कति धेरै घनिष्ठता हुन्छ, त्यो कुरा बुझ्न पनि गाह्रो पर्दैन । पनामाको नहरलाई पनि अमेरिकाले कब्जा गर्ने धम्की दिइरहेको छ । अमेरिकाको त्यस प्रकारको नीति साम्राज्यवादी आतङ्कवाद नै हो ।

    साम्राज्यवादको त्यस प्रकारको आतङ्कवादी नीतिका कारणले सम्पूर्ण विश्वको शान्ति, सुव्यवस्था र विभिन्न देशको राष्ट्रियता र सार्वभौमिकतामा समेत गम्भीर खतरा उत्पन्न भएको छ । अमेरिका आणविक हतियारसम्पन्न देश हो । त्यस प्रकारको शक्तिका कारणले नै त्यसले संसारभरमा आतङ्क मच्चाउने काम गरिरहेको छ ।

    अमेरिकाले अहिले ‘अमेरिका फस्र्ट’ को नारा दिएको छ र त्यसले अमेरिकाको सुरक्षाको नाममा जुनसुकै देशमाथि पनि आक्रमण गर्ने आफ्नो अधिकार भएको दाबी गरिरहेको छ । ग्रीनल्यान्ड, क्यानडा वा पनामा नहरमाथि पनि त्यसले अमेरिकाको सुरक्षाका लागि नै कब्जा गर्ने घोषणा गरेको छ । त्यो अवस्थामा अमेरिकाको साम्राज्यवादी आतङ्कवादी नीतिका विरुद्ध विश्वव्यापी रूपमा सङ्घर्ष गर्नु अहिलेको अन्तर्राष्ट्रिय आवश्यकता बन्न गएको छ ।

    अमेरिकाले आफ्नो साथमा आणविक हतियार भएको हुनाले संसारभरि नै त्यस प्रकारको आतङ्कवादी नीति अपनाइरहेको छ तर वास्तविकता यो हो, अमेरिका बाह्य रूपले जति शक्तिशाली देखिन्छ, आन्तरिक रूपमा त्यो झन्पछि झन् कमजोर हुँदै गइरहेको छ । प्रथमत: पुँजीवादी उत्पादन प्रणालीका कारणले नै त्यसको स्थिति कमजोर हुँदै जान्छ । पुँजीवादी प्रणालीअन्तर्गत अधिकतम नाफा कमाउनका लागि उत्पादन प्रणालीलाई झन्पछि झन् ठुलो पैमानामा विकसित गर्दै लैजानु आवश्यक हुन्छ । त्यसको अर्थ हुन्छ, पुँजीवादी उत्पादन प्रणालीले झन्पछि झन् सामाजिक रूप लिँदै जान्छ तर अर्कातिर, उत्पादनका साधनमाथिको स्वामित्व वा उत्पादनको फल प्राप्त गर्ने तरिका व्यक्तिगत प्रकारको हुन्छ । त्यसरी पुँजीवादभित्रको उत्पादनको सामाजिक स्वरूप र व्यक्तिगत स्वामित्वका बिचको अन्तर्विरोध, जो पुँजीवादी प्रणालीभित्रको आधारभूत अन्तर्विरोध हो, झन्पछि झन् बढ्दै र तीव्र हुँदै जान्छ । त्यही अन्तर्विरोधका कारणले पुँजीवादभित्र गम्भीर प्रकारको आर्थिक मन्दी वा सङ्कट पनि बढ्दै जान्छ । पुँजीवादले त्यो सङ्कटको समाधानका लागि जति प्रयत्न गरे पनि पुँजीवादी प्रणाली रहँदासम्म कहिल्यै पनि त्यो सङ्कटको समाधान हुँदैन । त्यो सङ्कटको समाधान अन्त्यमा समाजवादी व्यवस्थाको स्थापनापछि नै सम्भव छ ।

    लेनिनले भनेझैँ साम्राज्यवाद पुँजीवादको सर्वोच्च र नाशोन्मुख अवस्था हो । अहिले ट्रम्पले जुन प्रकारका वा आतङ्कवादी नीति अपनाउदै गइरहेका छन्, त्यसले गर्दा उनले पुँजीवादको अन्त्यका लागि नै मार्गप्रशस्त गर्ने काम गरिरहेका छन् ।

    साम्राज्यवादी व्यवस्थाअन्तर्गत साम्राज्यवादी शक्तिबिचको अन्तर्विरोध अरू तीव्र रूप लिँदै जान्छ । पुँजीवादको मुख्य उद्देश्य अधिकतम नाफा हो । त्यो नाफाको आवश्यकता गति बढ्दै जान्छ, त्यही अनुपातमा विभिन्न साम्राज्यवादी शक्तिका बिचको बजार झन् सङ्कुचित हुँदै जान्छ र बजारका लागि उनीहरूका बिचमा अन्तर विरोध बढ्दै जान्छ । बजारका लागि पुँजीवादी शक्तिका बिचमा चलेको त्यही प्रकारका अन्तरविरोधका कारणले प्रथम र द्वितीय विश्वयुद्ध भएका थियो र ती युद्धको परिणामस्वरूप विश्व साम्राज्यवादको स्थिति धेरै नै कमजोर भएको थियो ।

    द्वितीय विश्वयुद्धपछि संसारका धेरै औपनिवेशिक देश स्वतन्त्र मात्र भएनन्, त्यहाँ कैयौँ नयाँ पुँजीवादी वा साम्राज्यवादी देशको पनि विकास हुँदै गयो । त्यसले गर्दा बजारका लागि साम्राज्यवादी शक्तिका बिचको अन्तर्विरोध अरू बढेर गयो । अहिले ट्रम्प सत्तामा आएपछि साम्राज्यवादका बिचको त्यो अन्तर्विरोध अरू तीव्र बन्दै गइरहेको छ ।

    ट्रम्पले जसरी ट्यारिफ बढाउदै लगे, त्यसले गर्दा संसारका कैयौँ पुँजीवादी वा साम्राज्यवादी देशसित अमेरिकाको अन्तरविरोध बढेर गयो । अहिले ट्रम्पले ग्रीनल्यान्डलाई कब्जा गर्ने जुन नीतिको घोषणा गरेका छन्, त्यसबाट नाटोसित नै उनको अन्तरविरोध बढेर जाने सम्भावना देखा पर्दै गइरहेको छ । नाटोसितको अमेरिकाको अन्तरविरोध बढ्नुका साथै अमेरिकाको शक्तिमा धेरै नै ह्रास आउने कुरा निश्चित छ ।

    अमेरिकाको क्यानडा वा पनामा क्यानललाई कब्जा गर्ने नीतिबाट पनि अन्य पुँजीवादी वा साम्राज्यवादी देशसितको अमेरिकाको अन्तरविरोध अरू बढेर गइरहेको छ र अरू बढेर जानेछ । ट्रम्पको आप्रवासीसम्बन्धी नीतिबाट पनि विश्वभरमा नै उनी धेरै नै अलोकप्रिय बनेर गएका छन् ।

    अन्य देशसित अमेरिकाको अन्तर्विरोध बढेर जानुका साथै स्वयम् अमेरिकाभित्र पनि त्यसको स्थिति कमजोर हुँदै गएको छ । ट्रम्पले संसारभरि लगाएको ट्यारिफ नीतिबाट अमेरिकाको बजारमा नै गम्भीर समस्या देखा पर्दै गएको छ र स्वयम् अमेरिकामा नै ट्रम्पप्रतिको असन्तोष बढ्दै गइरहेको छ । त्यहाँ ट्रम्पको शासनको विरुद्ध लाखौँ जनताको विरोध प्रदर्शनबाट पनि त्यो कुरा प्रष्ट हुन्छ । स्वयम् रिपब्लिक पार्टीका सिनेट पनि झन्पछि झन ट्रम्पका विरुद्ध देखा पर्दै गइरहेका छन् ।

    मध्यएसिया, दक्षिण अमेरिका, भारत आदि देशसित पनि अमेरिकाको अन्तर्विरोध बढ्दै गइरहेको छ । ट्रम्पले पूरा शक्ति लगाउनुका बाबजुत न्युयोर्कको मेयरमा ट्रम्पको उम्मेदवारको पराजयले पनि अमेरिकामा ट्रम्प कति धेरै अलोकप्रिय हुँदै गएका छन् ? त्यो कुरा बुझ्न गाह्रो पर्दैन ।
    सङ्क्षिप्तमा भन्न सकिन्छ, ट्रम्पले जुन प्रकारको नीति अपनाइरहेका छन् वा आतङ्कवादको नीति अपनाइरहेका छन्, त्यसबाट खालि ट्रम्प र अमेरिकी साम्राज्यवाद मात्र होइन, विश्व साम्राज्यवादको स्थिति नै कमजोर हुँदै गइरहेको कुरा बुझ्न गाह्रो पर्दैन ।

    सोमबार, पुष २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.