• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इरानमा सरकारविरोधी आन्दोलन तीव्र


  •   आइतबार, पुष २७, २०८२ मा प्रकाशित
  • दुबईरपेरिस । इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको सङ्ख्या कम्तीमा ११६ पुगेको मानव अधिकार कार्यकर्ताहरूले जनाएका छन् । इन्टरनेट र फोन सेवा अवरुद्ध गरिएको अवस्थामा पनि आइतबारसम्म राजधानी तेहरानसहित देशका ठूला सहरका सडकहरू प्रदर्शनकारीले भरिएका छन् ।

    Advertisement

    अमेरिकास्थित मानव अधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनसँग सम्बन्धित हिंसामा एक सयभन्दा बढीको ज्यान गएको छ भने झन्डै दुई हजार ६०० जनालाई हिरासतमा लिइएको छ । इरानले इन्टरनेट पूर्ण रूपमा बन्द गरेपछि घटनाको वास्तविक विवरण सङ्कलन गर्न कठिन भएको छ । नेटब्लक्सजस्ता अनुगमन संस्थाहरूले बिहीबारदेखि देशमा झन्डै कुनै पनि इन्टरनेट कनेक्टिभिटी नदेखिएको बताएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूलाई चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमन भए ‘ठूलो समस्या’ हुने बताउनुभएको छ । सामाजिक सञ्जालमा उहाँले ‘इरानका जनता अहिले स्वतन्त्रता पाउने निकै नजिक पुगेका छन्, यस्तो अवस्था पहिले कहिल्यै आएको थिएन, यदि आवश्यक पर्‍यो भने अमेरिका उनीहरूलाई सहयोग गर्न तयार छ’ भन्दै अमेरिका सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य कारबाहीका विकल्पबारे जानकारी दिइएको भए पनि अन्तिम निर्णय भएको छैन ।

    इन्टरनेट अवरोधका बीच पनि सामाजिक सञ्जाल र विदेशस्थित फारसी भाषी टेलिभिजनमार्फत बाहिरिएका भिडियोहरूमा उत्तरी तेहरानको पुनाक क्षेत्रमा प्रदर्शनकारीहरू भेला भएको देखिन्छ । उनीहरूले मोबाइल फोनको उज्यालो बाल्दै नारा लगाएका छन्, भाँडाकुँडा बजाएका छन् र कतिपय स्थानमा आतशबाजी गरिएको छ । अन्य दृश्यहरूमा मानिसहरू शान्तिपूर्ण रूपमा सडकमा मार्च गरिरहेका छन् भने कतै कारहरूले समर्थनमा हर्न बजाएका छन् ।

    इरानको दोस्रो ठूलो सहर मशहदमा सुरक्षा बल र प्रदर्शनकारीबीच आमनेसामने भएको दृश्यहरू देखिएका छन् । सडकमा जलिरहेको भग्नावशेष र डम्पस्टरले बाटो अवरुद्ध गरिएको छ । मशहद शिया इस्लामको पवित्र इमाम रेजा दरगाह रहेको सहर भएकाले त्यहाँको विरोध प्रदर्शनलाई इस्लामिक गणतन्त्रका लागि विशेष संवेदनशील मानिएको छ । दक्षिणपूर्वी सहर केरमान, उत्तरको तब्रिज, पवित्र सहर कोम र पश्चिमी हामेदानमा पनि ठूला प्रदर्शनहरू भएको रिपोर्ट आएका छन् ।

    इरानी राज्य टेलिभिजनले भने आइतबार धेरै सहरका शान्त क्षेत्र देखाउने प्रयास गरेको छ र सरकार समर्थक जुलुसहरू प्रसारण गरेको छ । तर तेहरान र मशहदका दृश्यहरू समेटिएका छैनन् । सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले शुक्रबार एक कडा भाषणमा प्रदर्शनलाई बाह्य शक्तिद्वारा उक्साइएको भन्दै अमेरिकी चेतावनीको अवज्ञा गर्नुभएको छ । यसैबीच, इरानका महान्यायाधिवक्ता मोहम्मद मोभेदी आजादले विरोध प्रदर्शनमा सहभागीलाई ‘भगवानको शत्रु’ ठहरिने र मृत्युदण्डसम्मको अभियोग लाग्न सक्ने चेतावनी दिनुभएको छ ।

    एम्नेस्टी इन्टरनेसनल र अन्य अधिकार समूहहरूले सुरक्षा बलले प्रदर्शनकारीविरुद्ध अत्यधिक र घातक बल प्रयोग गरेको गम्भीर आरोप लगाएका छन् । नर्वेस्थित इरान मानव अधिकार समूहले मात्रै हालसम्म कम्तीमा ५१ जनाको मृत्यु पुष्टि भएको र वास्तविक सङ्ख्या अझ बढी हुनसक्ने जनाएको छ । उक्त समूहले पूर्वी तेहरानको एक अस्पतालमा गोली लागेर मारिएका व्यक्तिहरूको शव भएको तस्वीर सार्वजनिक गरेको छ ।

    शुक्रबार तेहरानका विभिन्न क्षेत्रमा ‘खामेनी मूर्दावाद’ जस्ता सरकारविरोधी नारा गुन्जिएका थिए । विदेशस्थित फारसी च्यानलहरूले राजधानीबाहेक मशहद, तब्रिज र कोमका ठूला विरोध प्रदर्शनका दृश्य प्रसारण गरेका छन् । पश्चिमी सहर हामेदानमा प्रदर्शनकारीले शाहकालीन सिंह र सूर्य अङ्कित झण्डा फहराएको देखिएको छ, जुन सन् १९७९ अघि शासन गरेको राजतन्त्रको प्रतीक हो । लन्डनस्थित इरानी दूतावासमाथि पनि केही समयका लागि यही झण्डा फहराइएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    इरानका निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनकारीलाई सप्ताहन्तमा थप सशक्त रूपमा सडकमा उत्रिन आह्वान गर्नुभएको छ । उहाँले सहरका केन्द्रहरू कब्जा गर्ने तयारी गर्न र पुराना राष्ट्रिय प्रतीक प्रयोग गरेर सार्वजनिक स्थानमा दाबी जमाउन आग्रह गर्नुभयो । तर प्रदर्शनमा देखिएको राजतन्त्रसमर्थन पहलवीको नेतृत्व स्वीकार्ने सङ्केत हो वा केवल वर्तमान शासनविरुद्धको असन्तोष हो भन्ने स्पष्ट छैन ।

    अधिकारीहरूले भने सुरक्षा बलका धेरै सदस्य पनि मारिएको बताएका छन् । राज्य टेलिभिजनले दक्षिणी सहर शिराजमा मारिएका सुरक्षाकर्मीहरूको अन्त्येष्टि दृश्य प्रसारण गरेको छ र मस्जिद तथा अन्य भवनमा आगजनी गरिएको तस्बिर देखाएको छ । इरानी सेनाले ‘व्यवस्था र शान्ति भङ्ग गर्न खोज्ने शत्रु’ विरुद्ध राष्ट्रिय हितको दृढतापूर्वक रक्षा गर्ने चेतावनी दिएको छ ।

    युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भोन डेर लेयनले इरानी जनताको आन्दोलनप्रति समर्थन जनाउँदै प्रदर्शनकारीमाथिको हिंसात्मक दमनको निन्दा गर्नुभएको छ । विश्वका अन्य नेताहरूले पनि इरानी अधिकारीहरूलाई संयम अपनाउन आग्रह गरेका छन् ।

    डिसेम्बर २८ मा इरानी रियालको तीव्र अवमूल्यनपछि सुरु भएको यो आन्दोलन अन्तर्राष्ट्रिय प्रतिबन्ध, आर्थिक सङ्कट र बेरोजगारीप्रतिको असन्तोषबाट जन्मिएको हो । अहिले यो आन्दोलनले प्रत्यक्ष रूपमा इरानको इस्लामिक शासनलाई चुनौती दिँदै ऐतिहासिक मोड लिएको विश्लेषकहरूको धारणा छ ।

    आइतबार, पुष २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.