तौलिहवा । कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं. ११ को जोगदियागाउँमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८२ पुस २६ गते शनिबार सो भेला सम्पन्न भएको हो ।
भेलाले तर्कु पासी अध्यक्ष रहनुभएको १७ सदस्यीय राजमोको जोगदिया गाउँ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रामबहादुर चमार, सचिवमा पुनम यादव, कोषाध्यक्षमा जोगी पासी, सदस्यमा सुखराज गिरी, पुनम गिरी, सावित्री अहिर, हेमलाल बन्जाडे, तोपबहादुर थापा, सुरज थापा, भागीरथी पासी, कोठारी पासी, जहरी अहिरिन र सल्लाहकारमा रामभारती गोसाई, लेडराम अहिर, पूर्णकुमारी थापा र फूलमती चामाइन रहनुभएको छ ।
भेलाका प्रमुख अतिथि अदैले देश गम्भीर सङ्कटमा फस्दै गएको बताउँदै जनताले असली पार्टी छुट्याउन सक्नुपर्ने बेला आएको बताउनुभयो ।
राजमोको नीति तथा कार्यक्रम, सङ्घर्ष, राष्ट्रको हितमा, मजदुर–किसानको हितमा रहेको रहेको बताउँदै उहाँले तात्कालिन राजनीतिक परिस्थितिको बारेमा पनि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा जातीय समता समाजका जिल्ला अध्यक्ष रामबहादुर विकले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता तर्कु पासीले र सञ्चालन राजमो कपिलवस्तुका जिल्ला सदस्य रामबहादुर चमारले गर्नुभएको थियो ।
