• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

कम्युनिस्ट जनताको अघि लाग्ने हो र लागिरहने हो


  •   शनिबार, पुष २६, २०८२ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    कम्युनिस्ट पार्टी सर्वसाधारण शोषितउत्पीडित जनताको पक्षमा काम गर्ने संस्था हो । सर्वसाधारण जनता कम्युनिस्ट पार्टीका दस्य बन्न सक्दैनन् । जनताभन्दा सचेत, सङ्गठित र अनुशासित व्यक्तिले मात्र कम्युनिस्ट पार्टीको सदस्यता कायम राख्न सक्छ । जनताप्रति समर्पण भाव भएको र आफ्नो निम्नतम आवश्यकता पूरा गर्न उत्पादक श्रम गर्न सक्षम व्यक्ति मात्र कम्युनिस्ट पार्टीको सदस्य हो ।

    कम्युनिस्ट महान् व्यक्ति यसकारणले महान व्यक्ति हो, कि उसले आफ्नो मुक्ति आफैले गरेर जनताको मुक्तिका लागि समय, रकम र योग्यता खर्च गर्छ । इतिहासका निर्माता जनता भएकाले नयाँ इतिहास रचना गर्न जनतासित एकाकार भई अगाडि बढ्ने व्यक्ति मात्र कम्युनिस्ट हो ।
    जनता राजनीतिप्रति आफै सचेत र सकृय हुन्नन्, उनीहरूलाई सचेत र सङ्गठित गराउन कम्युनिस्ट कार्यकर्ता जनताबिच जानुपर्छ । त्यो भनेको जनतालाई सही राजनीति सिकाउनुपर्छ । सत्यको पक्षपोषण गर्न/गराउन आफ्नो योगदान थप्नुपर्छ । सबैभन्दा पहिले आफैले अध्ययन गर्नुपर्छ । त्यसपछि जनताको अघि लागेर उनीहरूलाई बाटो देखाउनुपर्छ । आफू अगाडि बढ्न माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका रचना अध्ययन गर्ने र समय बचाएर जनताका बिच गएर उनीहरूलाई सही सत्य कुरा सिकाउन आफू कम्युनिस्ट बन्नुपर्छ । कम्युनिस्ट बन्ने भनेको नै निरन्तर अध्ययन, सङ्गठन, सङ्घर्ष र अनुशासनमा रहेर जनताको मुक्तिसम्म अघि बढिरहने व्यक्ति बन्नु हो । आफूले आफैलाई साहसी र हिम्मती व्यक्ति बनाउने हो । आफैलाई कमजोर र हीन भावना राख्ने व्यक्ति कहिल्यै कम्युनिस्ट बन्न सक्दैन ।

    मान्छे प्रकृतिका सबै जीवभन्दा उच्च जीव यसकारणले हो, ऊसँग उच्च र परिष्कृत दिमाग छ । हामी त्यति उच्च जीव भएकाले हामीले हाम्रो जीवनलाई बढी उपलब्धिमूलक बनाउनुपर्छ । त्यसकारण सकृय भएर सत्यको पक्षमा लाग्न/लगाउन निरन्तर जनताको अघि लाग्नुपर्छ र जनतालाई आदर्श नागरिक बन्ने समयसम्म हामीले उनीहरूको अगुवाइ गरिरहनुपर्छ ।

    सर्वसाधारण जनता दुईओटा कारणले कम्युनिस्टको सदस्य बन्न सक्दैनन् : पहिलो कारण उनीहरू व्यक्तिगत समस्या समाधानमै अल्झिएका हुन्छन्, फुर्सद निकाल्न सक्दैनन्† दोस्रो कारण उनीहरूको सोचाइ आफ्नो मुक्ति आफूले गर्ने होइन, कुनै शक्तिशाली व्यक्तिले अथवा परलौकिक शक्तिले गराइदिने ठान्दछन् । त्यसकारण आफ्नो जिम्मा त्यस्ता शक्तिशालीको सेवा गर्ने मात्र हो भनेर त्यतैतिर लाग्छन् । यिनै दुईओटा कारणले गर्दा उनीहरू कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्दैनन् । त्यस्तो अवस्थामा कम्युनिस्ट कार्यकर्ता जनताको बिच गएर आफ्नो मुक्ति अरूले ल्याइदिने होइन, आफैले ल्याउनुपर्छ भन्ने विषयमा उनीहरूलाई विश्वास बनाउनुपर्छ । त्यसको लागि निरन्तर भेटघाट र संवादको आवश्यकता पर्दछ । त्यही सिलसिलामा उनीहरूलाई आफैले अध्ययन गर्नेतिर केन्द्रित र विश्वस्त बनाउनुपर्छ । त्यो काम एकैछिनमा पूरा हुने काम होइन, निरन्तरको प्रयत्न आवश्यक पर्छ । त्यसका लागि आफूले अध्ययनका सामग्री पनि व्यवस्था गरिदिनुपर्छ ।

    आफ्ना दैनिक आवश्यकता पूर्ति गर्न आफैले पनि श्रम बेच्नुपर्ने हुँदा आफू पनि रोजगार हुनुपर्छ । उद्योग, कृषि सेवा आदि कुनै काममा संलग्न भएर आफू पनि रोजगार हुने र समय बचाएर पार्टीले दिएको जिम्मा पूरा गर्ने पनि आफ्नो जिम्मेवारीअन्तर्गत नै पार्नुपर्छ ।

    जनताले एकातिर नबुझेर अभाव र कष्ट ब्यहोरिरहेका छन् भने अर्काेतिर गलत बुझेर पनि दुख ब्यहोर्न बाध्य भएका छन् । मुक्तिको अथै नै गलत बुझेका छन् ।

    मानव समाज सर्वश्रेष्ठ समाज हो । मान्छे महत्त्वपूर्ण जीव हो तर वर्गीय विभाजनले समाजलाई दूषित बनाएको छ । मान्छेलाई शोषण गर्ने नियमले एकातिर अधिकारैअधिकार जम्मा गरेको छ भने अर्काेतिर कर्तव्यको थुप्रो पारेको छ । मान्छेमान्छेबिच भिन्नता ल्याउने यो विभाजनलाई समाप्त पार्नुपर्नेछ । मानव समाजको विकासक्रममा विभाजन आवश्यक थियो । त्यसले सकारात्मक परिणाम ल्यायो पनि तर अब मान्छेको चेतन, ज्ञानी र जानकार भइसकेको हुनाले अब समानता ल्याउने अवस्थामा पुर्‍याउन आवश्यक छ । त्यो काम अध्ययन, क्रान्तिको नेतृत्व गर्दै समसाज बनाउने कर्तव्य हाम्रो हो ।

    मान्छेले आफू जान्नेबुझ्ने भएपछि अरू नजान्नेलाई जान्नेबुझ्ने बनाउनुको सट्टा झनै गलत बाटोबाट अघि बढ्ने चलन चलायो । आफ्नो मुक्तिमा आफैले ल्याउने कुरालाई बटारेर अरूले ल्याइदिने भ्रममा पर्‍यो । व्यक्ति एक्लै मुक्त हुन नसक्ने हुनाले वर्ग कस्सिएर वर्गिय मुक्ति ल्याउनुपर्छ भन्ने बुझ्न सकेन । त्यसकारण लागु हुन सकेन ।

    सैद्धान्तिक हतियार प्राप्त भएको दुई सय वर्ष पुग्नै लाग्यो । पेरिस, रुस, चीन आदि ठाउँमा व्यावहारिक प्रयास पनि भए तर दश हजार वर्षदेखि सम्पन्न वर्गतिर फर्केर हिँडिरहेको समाजलाई त्यसको ठिक विपरीत विपन्न वर्गतिर फर्केर हिँड्ने/हिँडाउने अभ्यास दुई/तीन पुस्ता मात्रको समय र व्यवहार पर्याप्त भएन । कम्युनिस्ट अघि लाग्ने र समाजलाई गोलबन्द गर्नु प्रयास पर्याप्त भएन । आफ्नो वर्गको राज्यसत्ता नभए पनि पुँजीवादी व्यवस्थाको गर्भभित्रै प्रयत्न भइराखेका छन् । त्यसलाई तीव्रता दिएर आफू अघि लाग्ने र लागिरहने प्रयत्न धेरै जनाले गर्न आवश्यक छ ।

    माक्र्सवाद पढेर विद्वान् हुने विषय मात्र होइन, यो व्यवहारमा प्रयोग गर्ने विषय हो, जनताको अघि लागेर देखाउने विज्ञान हो । अघि लाग्ने र लागिरहने विषय भएको हुनाले अध्ययन त आवश्यक छ तर त्यत्तिले मात्र पुग्दैन । व्यवहारमा प्रयोग गर्न जनताबिच जानु त्यो भन्दा पनि बढी महत्त्वको विषय हो । पढ्ने त पहिलो आवश्यकता अवश्य हो । त्यसको साथसाथै आफू वर्ग हुने र विरोधी वर्गका विरुद्ध सङ्गठित प्रयत्न गर्नु झन् बढी महत्त्वको काम हो ।

    सिद्धान्त र व्यवहारमध्ये सिद्धान्त बढी महत्त्वको विषय हो तर व्यवहारमा प्रयोग नगर्ने सिद्धान्तको कुनै अर्थ, महत्त्व र औचित्य हुन्न । त्यसकारण अध्ययन र वर्गसङ्घर्ष दुवैको महत्त्व छ । व्यवहारमा वर्गसङ्घर्ष सञ्चालन गर्नकै लागि अध्ययनको महत्त्व भएको हो । वर्गसङ्घर्ष वर्गले लड्ने लडाइँ भएको हुनाले सङ्गठन पनि उत्तिकै महत्त्वको विषय हो । एक्लैले गर्न सक्ने काम आफू एक्लैले गर्न सक्नुपर्छ र सामूहिक प्रयत्न आवश्यक पर्ने कामका लागि सङ्गठित प्रयत्न नै गर्नुपर्छ । त्यसैको लागि जनताको अघि लाग्ने र लागिरहने भनिएको हो ।

    जनता आफै जान्नेबुझ्ने हुन नसक्ने कारण विरोधी र सम्पन्न वर्गका औजार, धर्म र परम्परा सामाजिक जीवनको सुरुदेखि नै जनताका अगाडि लागेको हुने हुनाले हो । सर्वसाधारण श्रमजीवी जनता धर्म र परम्पराको लाइनमा पङ्क्तिबद्ध भएर आफ्नो दैनिक जीवनमा सहभागी भएका हुन्छन् । त्यसकारण जनतालाई सिकाउनुभन्दा पहिले आफू धर्म र परम्पराको बाटोमा पङ्क्तिबद्ध हुने होइन, आफ्नो अगुवाइमा धर्म र परम्परा विरुद्धको पङ्क्तिमा जनतालाई पङ्क्तिबद्ध बनाउने हो । धर्म र परम्परामा भएका सही कुरा आफैले ग्रहण गर्ने र आफ्नो दिमागले मन्थन गरेर सही कुरामा मात्र लिई अन्धभक्त नहुने गर्दै त्यसमा भएका भ्रम पन्छाउने कर्तव्य आफूले पुरा गर्ने हो । आफ्नो अध्ययनमननलाई त्यसैअनुसार अघि बढाउनुपर्छ ।

    हाम्रो अध्ययनबाट प्राप्त भएका उपलब्धिलाई व्यवहारको कसीमा जाच्न पनि उत्तिकै आवश्यक हुन्छ । हामी प्रामाणिक ज्ञानसहित जनताबिच प्रस्तुत हुनुपर्दछ, तब मात्रै हामीले आमूल परिवर्तनको विषयलाई आफ्नो उद्देश्य बनाउने र वर्गमा वर्गीय भावना बलियो बनाउन सफल हुनेछौँ । त्यसैका लागि जनताको अघि लाग्ने र लागिरहने जिम्मा हाम्रो काँधमा आएको आफूले राम्ररी महसुस गर्न सक्नेछौँ ।

    मानव समाज अहिलेको अवस्थामा आफै आएको होइन, हजारौँहजार योद्धाले बलिदान गरेर मात्र परिवर्तन सम्भव र सफल भएको हो । दासलाई आफ्नो भनाइ अवज्ञा गरेका कारण खम्बामा बाँधेर उसको शरीर छेड्ने गरी काँटी ठोकी ठोकी मृत्युवरण गराउँदाको पीडा आजका शोषितले पनि महसुस गर्न आवश्यक छ ।

    सतिप्रथामा लोग्नेको चितामा जलेर मर्ने महिलालाई कति पीडा भयो ? त्यो पनि मनन् गर्न जरुरी छ । त्यसकारण हाम्रा अन्याय, ज्यादती र शोषणदमनका पीडा महसुस गर्दै परम्पराको विरुद्ध अघि बढ्न नसक्ने व्यक्ति क्रान्तिको बाहक हुन सक्दैन ।

    हामीले युग बदल्ने महान उद्देश्य राखेका छौँ भने त्यो आफै सजिलै र छिट्टै सम्पन्न हुने काम होइन, जनताको साथ सहयोग र सहभागिता अवश्य पनि चाहिन्छ । हामीले नेतृत्व गर्नुपर्छ ।

    जनताबिच काम गर्ने कार्यकर्ता सबैभन्दा पहिले सचेत, सङ्गठित, अनुशासित र सङ्घर्षशील हुनुपर्दछ । त्यस्ता उच्च राजनीतिक चेतना पनि बनिबनाउ आफै हुन्नन् । त्यसका लागि बुद्धिजीवीको आवश्यकता पर्दछ । बुद्धिजीवी आफै सुविधासम्पन्न र सुविधाका लागि अवसरको उपयोग गर्न सक्ने अवस्थामा हुन्छन् । त्यसकारण जनवादी खालका बुद्धीजीवीमध्ये थोरैलाई पार्टीले आफ्नो सम्पर्कमा ल्याएर माक्र्सवादी–लेनिनवादी शिक्षा र पार्टीको उद्देश्यबाट दीक्षित पार्दै किसानमजदुर र अन्य श्रमजीवीबिच प्रशिक्षण दिन प्रोत्साहित गर्नुपर्छ, तब मात्रै कम्युनिस्ट पार्टीका कार्यकर्ताबिच पार्टीको उद्देश्यको पहुँच पुग्न सक्छ ।

    वर्तमान समाजका अरू पार्टी र नेता जनताको अघि होइन, पछि लाग्छन् । त्यो भनेको जनताको पिछडिएको राजनीतिक चेतना स्तरबाट फाइदा उठाउने काम गर्छन् । उनीहरूले दुईओटा गलत काम गर्छन् : एउटा– चुनावमा सकेसम्म धेरै पैसा खर्च गर्छन्; जनतालाई भुलभुलैयामा पार्छन् र चुनाव जित्छन्; दोस्रो– चुनाव जितेपछि सरकारी रकम (जनताको करबाट जम्मा भएको रकम) खर्च गर्दै आफ्नो आर्थिक स्थिति झन् उच्च बनाउँछन् । त्यस्तो काम गर्नु उनीहरूका लागि सजिलो हुन्छ । अभाव र गरिबीले पिल्सिएका जनताले ती सबै क्रियाकलाप बुझ्न सक्दैनन् । त्यो हुनुको कारण जनतालाई आफ्नो मुक्ति ल्याउने र शोषितउत्पीडित जनताको मुक्तिका लागि जनतालाई सचेत, सङ्गठित र अनुशासित बनाउन आफ्नो उच्चतम योगदान थप्नेसम्मको ज्ञान उनीहरूलाई प्राप्त भएको हुन्न । उनीहरू धेरैभन्दा धेरै उत्पादनका साधन आफ्नो नाममा दर्ता गरेर सुविधासम्पन्न हुने उद्देश्यसहित काम गर्छन् । स्वर्ग, नर्क, भाग्य, पुनर्जन्म, ईश्वरीय वरदान आदिमा भर परेर आफूले थाहा पाएर पनि शोषण, दमन, अन्याय, अत्याचारप्रति सम्झौता गर्छन् । आफ्नो र आफूजस्तै हजारौँहजार श्रमजीवी वर्गप्रति होइन, राजा, देवता, नेता, धनिमानी शोषण आदि सीमित व्यक्तिमाथि भर परेर र अलौकिक, काल्पनिक शक्तिमाथि भर परेर दैनिक अभावको जिन्दगी झेलिरहेका हुन्छन् । त्यसैले अवसरवादीलाई फाइदा उठाउने मौका मिलिरहेको हुन्छ । अवसरको उपयोग गरिरहेका हुन्छन् ।

    मुक्तिका लागि सामूहिकता पहिलो अनिवार्य शर्त हो । सामूहिकतावेगर मुक्ति सम्भव छैन । हामीले हाम्रो दैनिक जीवनमा प्रयोग गर्ने धेरै वस्तु हामीले बनाएका वस्तु हुन्छन् । त्यति मात्र होइन, अरू कसैको एकल प्रयत्नबाट बनेका पनि हुन्नन् । सामूहिक प्रयत्नबाट बनाएका वस्तु हुन्छन् । हामीले दैनिक जीवनमा पनि सामूहिक श्रम गरिरहेका हुन्छौँ तर हामीले के कुरा सोच्न सक्दैनौँ भने सामूहिक श्रमबाट उत्पादन गरिएका वस्तु व्यक्तिगत स्वामित्वमा दर्ता गर्ने व्यवस्था नै गलत हो । त्यसले नै वर्ग र शोषणको सुरुआत भयो । त्यसको समाधान एक्लै होइन, सामूहिक प्रयत्नबाट गरिनुपर्छ ।

    निश्चित उद्देश्यसहितको सामूहिक प्रयत्नको लागि निश्चित उद्देश्यसहितको सामूहिकता (सङ्गठन) आवश्यक छ । सङ्गठनमा वर्गीय स्वार्थ भएन भने त्यो सङ्गठनले अवसरको उपयोग मात्र गर्दछ । वर्गीय स्वार्थ वर्गीय मुक्तिसँग सम्बन्धित हुनुपर्दछ । त्यसैको लागि निश्चित उद्देश्यसहित हामी अगाडि बढ्नुपर्छ ।

    हाम्रो दिमागबाट सबैभन्दा पहिले हटाउनुपर्ने विषय कुनै बहादुर व्यक्ति वा अलौकिक शक्तिले हाम्रो मुक्ति गरिदिन्छ भन्ने हो । एक्लै मुक्त हुन पनि सकिन्न । त्यसकारण निश्चित उद्देश्यसहितको सङ्गठित शक्ति चाहिन्छ । त्यस्तो सङ्गठित शक्ति पनि हामीले आफ्नो अगुवामा निर्माण गर्नुपर्छ । वर्गिय मुक्तिमा आफ्नो मुक्ति पनि जोडिएको हुनुपर्दछ । आफ्नो मुक्तिसँग नजोडिएको कामले समाजसेवाको अर्थ लाग्छ । हामीले गर्ने काम समाजसेवा होइन, वर्गसङ्घर्ष हो । त्यसैले आफू पनि वर्गको व्यक्ति भए मात्र आफ्नो मुक्तिसँग आफ्नो काम जोडिन्छ ।

    यस सम्बन्धमा हामीले याद राख्नुपर्ने अर्काे कुरा अहिलेसम्म समाजवादी राज्यसत्तामा प्रतिगमन हुनुका कारण हामीले पुराना मान्छेमा नयाँ सिद्धान्त, विचार र व्यवहार घुसाउनुपरेको हुनाले हो । नयाँ मान्छेमा नयाँ विचार र व्यवहार सुशोभित गरेर मात्र प्रतिगमनलाई रोक्न सकिनेछ । त्यसको लागि राज्यसत्ता कब्जा गर्दासाथ सबै विद्यालयमा सानै उमेरदेखिका विद्यार्थीलाई व्यावहारिक रूपमा सामूहिक पद्धतिसहित हुर्काउन सक्यौँ भने मात्र प्रतिगमन रोक्न सकिनेछ ।

    पूरै युग बदल्नु महान् उद्देश्य हो । त्यति महान् उद्देश्य सजिलो मात्र काम गरेर पूरा हुन सक्दैन । काम गर्दा त्याग, बलिदान र निरन्तरता पनि महान् नै हुन पर्दछ । एक/दुई जना मात्र होइन, शोषितउत्पीडित वर्गका व्यक्ति पूरै सचेत, सङ्गठित र अनुशासित भएर अगाडि बढ्नुपर्छ । पहिलेपहिलेका युग बदल्ने कामका लागि पनि धेरैले र धेरै समयसम्म निरन्तर सङ्घर्ष गरेका थिए ।

    दासयुग चार हजार वर्षसम्म चलेको थियो । त्यो युग बदलिन्छ र बदल्न सकिन्छ भन्ने हिम्मत गर्ने र पक्का विश्वास गर्ने थोरै मान्छे मात्र थिए । अन्त्यमा युग बदलियो । दासयुग समाप्त भयो । दासयुग समाप्त भए पनि व्यक्तिगत सम्पत्ति प्रथा झन बलियो भएको थियो । पन्ध्र सय वर्ष चलेको सामन्ीत युग आफ्नो समयमा धेरै शक्तिशाली थियो । त्यो युग बदलिन्छ र बदल्न सकिन्छ भन्ने मान्छेको सङ्ख्या कम थियो । आखिर त्यो युग समाप्त भएर पुँजीवादी युगको सुरुआत भएरै छाड्यो । अहिलेको पुँजीवादी युग बदलिन्छ र बदल्न सकिन्छ भन्ने मान्छेको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको छ । यो युग पनि अजम्मरी हुने छैन । यो युगको अनिवार्य समापन भएर समाजवादी युगको अवश्य शुभारम्भ हुनेछ । त्यो वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको विषय हो तर समाजवादी व्यवस्था स्वत:स्फूर्त किसिमले आफै स्थापना व्यवस्था होइन, एउटा वर्गले उपभोग गरिरहेको स्वर्ग अर्काे वर्गले कब्जा गर्ने काम हो । त्यसकारण जीवनमरणको लडाइँ लड्नैपर्छ ।

    वर्गीय मुक्ति वर्गले ल्याउनुपर्छ । युग बदलेर विरोधी वर्गमाथि शासन गर्ने मात्र होइन, पूरै समाजलाई वर्गविहीन र शोषणविहीन समाज बनाउने हो । यदि हामीले त्याग, तपस्या र बलिदान गर्ने हिम्मत गरेनौँ भने भावी पुस्ताले हामीलाई धिक्कार्नेछन् र आफूले त्याग, तपस्या र बलिदानसहित युग बदल्ने छन् । हाम्रो धिक्कार खाने पुस्ता होइन भने हामीले अध्ययन, सङ्गठन, सङ्घर्ष र निरन्तरतासहित आफ्नो श्रेष्ठता प्रदर्शन गर्नैपर्छ ।

    सामान्य जीवन त चरामुसाको पनि हुन्छ, हामीले हाम्रो उच्च विकसित मस्तिष्क प्रयोग गरेर वर्गीय लडाइँ लड्नु आजको आवश्यकता हो । जनताको सेवा गर्न आफू मुक्त भएर लाग्नु र लागिरहनु पर्दछ । माक्र्सले व्यवहारलाई अनिवार्य शर्त बताएर बदल्नुपर्ने काममा जोड दिएको कारण पनि त्यही नै हो ।

    शनिबार, पुष २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.