प्युठान । अखिल नेपाल युवक संघको एक महिने संगठनात्मक अभियान अन्तर्गत प्यूठान जिल्लाको झिम्रुक गाउँपालिकामा सञ्चालन गरिएको संविस्तार तथा जनभेटघाट अभियान पुस २३ गते वडा नम्बर ५ को मधी र माझागाउँमा पुगेको छ । सो सन्दर्भमा प्रशिक्षण, संगठन विस्तार एवं सदस्यता वितरण कार्यक्रम सञ्चालन गरिएको छ ।
Advertisement
अभियानको सन्दर्भमा मधी र माझागाउँमा भएको प्रशिक्षण कार्यक्रममा सहभागि प्रशिक्षार्थीहरूलाई नेकपा (मसाल) लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसी, युवक संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारी, केन्द्रीय सदस्य बसन्त केसी, युवक संघ जिल्ला सदस्य शुशिला जिसी, राष्ट्रिय जनमोर्चा जिल्ला समितिका इन्द्र बहादुर जिसी र जातिय समता समाजका केन्द्रीय कोषाध्यक्ष– अइन्द्र विक लगायतले प्रशिक्षण दिनुभएको थियो ।