• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

नबउदारबादको सङ्कट, “वैकल्पिक” को भ्रम र प्रतिगमनको खतरा


  •   बुधबार, पुष २३, २०८२ मा प्रकाशित
  • गणेश आचार्य ##

    Advertisement

    आज नेपाली समाज जुन गहिरो भ्रष्टाचार, संस्थागत बेथिति, अनियमितता, बेरोजगारी र सर्वव्यापी निराशाको सङ्कटमा डुबिरहेको छ । त्यसलाई केवल व्यक्तिगत नैतिक पतन वा शासन चलाउनेहरूको असक्षमताको परिणामका रूपमा व्याख्या गर्नु यथार्थबाट भाग्नु हो । यो सङ्कट आकस्मिक छैन, न त कुनै एक सरकार वा एक कालखण्डको भूल मात्र हो । यो तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा राज्यसत्तामा हाबी हुँदै आएको नबउदारवादी राजनीतिक–आर्थिक नीतिको संरचनागत परिणाम हो । उत्पादनभन्दा दलाली, श्रमभन्दा सट्टेबाजी, सार्वजनिक हितभन्दा निजी नाफा र राष्ट्रिय आत्मनिर्भरताभन्दा अन्तर्राष्ट्रिय पूँजीको आदेशलाई प्राथमिकता दिने यो नीतिले राज्यको आत्मा नै परिवर्तन गरिदिएको छ ।

    राज्य कमजोर भएको होइन, राज्यको वर्गीय चरित्र उल्ट्याइएको हो । सार्वजनिक क्षेत्रलाई अकार्यक्षम र बोझिलो भनेर बदनाम गरियो तर निजी हातमा पुगेपछि त्यही सार्वजनिक सम्पत्ति कसरी सीमित समूहको लुटको साधन बन्यो भन्ने प्रश्न कहिल्यै केन्द्रीय बहस बन्न सकेन । नीति निर्माणदेखि कानुन संशोधन र प्रशासनिक निर्णयसम्म सौदाबाजी संस्थागत अभ्यास बन्यो । यस प्रक्रियामा भ्रष्टाचार कुनै अपवाद रहेन, बरु प्रणालीकै सामान्य कार्यविधि बन्यो । त्यसैले आज भ्रष्टाचारविरुद्ध आक्रोश व्यक्त गर्नु मात्र पर्याप्त छैन, भ्रष्टाचार जन्माउने संरचनामाथि प्रहार नगरी त्यसको अन्त्य सम्भव छैन ।

    नबउदारवादी विकास मोडेलको सबैभन्दा निर्मम असर श्रम र रोजगारीमा देखिन्छ । यो मोडेल उत्पादनमुखी होइन, उपभोगमुखी हुन्छ । कृषि, उद्योग र वैज्ञानिक अनुसन्धान राज्यको रणनीतिक प्राथमिकताबाट हटाइएपछि युवाशक्ति आफ्‌नै देशमा अनावश्यक बनाइन्छ । श्रमलाई अधिकार होइन, निर्यातयोग्य वस्तुका रूपमा हेर्ने दृष्टिकोणले बेरोजगारी मात्र होइन, सामाजिक आत्मसम्मानसमेत क्षय गर्छ । रेमिट्यान्सले केही समय अर्थतन्त्रलाई कृत्रिम रूपमा धानेको देखिए पनि यसले दीर्घकालीन आत्मनिर्भरता होइन, गहिरिँदो परनिर्भरता मात्र जन्माएको छ ।

    आर्थिक असुरक्षाबाट जन्मिएको यही निराशा आज राजनीतिक रूपमा प्रयोग गरिँदैछ । निराश जनतालाई संरचनागत प्रश्नतर्फ उन्मुख गराउनुको सट्टा व्यक्तिकेन्द्रीत आक्रोशतर्फ मोडिन्छ । यही सन्दर्भमा केही पात्रहरू ‘वैकल्पिक शक्ति’का रूपमा उभ्याइन्छन् । उनीहरूको भाषण पुरानो राजनीतिक अभ्यासविरुद्ध लक्षित देखिए पनि, उनीहरूले बोकेको आर्थिक सोच, राज्यबोध र विकासको दृष्टिकोण नबउदारवादी चौखटभित्रै सीमित हुन्छ । भ्रष्टाचारविरुद्ध कडा बोली बोल्नु आफैंमा क्रान्तिकारी राजनीति होइन, यदि त्यो बोलीले पूँजीको वर्चस्व, निजीकरणको लुट र दलाल संरचनामाथि प्रश्न उठाउँदैन भने । यस्तो राजनीति खुला रूपमा प्रतिक्रियावादी देखिँदैन, यही नै यसको सबैभन्दा खतरनाक पक्ष हो । यो आफूलाई गैर–वैचारिक, प्राविधिक र व्यवहारिक भनेर प्रस्तुत गर्छ । तर इतिहासले बारम्बार प्रमाणित गरेको छ—गैर–वैचारिक राजनीति भन्ने कुरा स्वयं एउटा गहिरो वैचारिक छल हो । विचारबाट विमुख देखिने राजनीति अन्ततः शक्तिशाली वर्गको विचारलाई ‘सामान्य बुद्धि’का रूपमा स्थापित गर्ने माध्यम बन्छ । यसले जनतालाई विकल्पहीन बनाउँछ र संरचनागत परिवर्तनको सम्भावनालाई अव्यावहारिक ठहर्याउँछ ।

    आज सुशासनलाई सबै समस्याको समाधानझैं प्रस्तुत गरिँदैछ । तर सुशासन सधैं वर्गीय सन्दर्भभित्र अर्थ राख्छ । शोषणकारी संरचनाभित्रको सुशासन भनेको शोषणलाई अझ व्यवस्थित, कानुनी र स्थिर बनाउनु मात्र हो । नबउदारवादी सुशासनले पूँजीका लागि स्थायित्व, श्रमका लागि अनुशासन र जनताका लागि धैर्य माग्छ । यसले असमानतालाई अन्त्य गर्दैन, केवल व्यवस्थापन गर्छ । त्यसैले शासन कसका लागि चलाइन्छ भन्ने प्रश्न बिना सुशासनको चर्चा वैचारिक रूपमा खोक्रो हुन्छ ।

    नेपालको संविधान समाजवाद उन्मुख घोषणा गरिएको छ । यदपि नेपाल अझै त्यो अबस्थामा पुगेको छैन । तर यो कुनै भाषिक सजावट होइन, लामो जनसंघर्ष, बलिदान र ऐतिहासिक समझदारीको परिणाम हो । समाजवाद उन्मुख हुनु भनेको उत्पादनका साधनमाथि सामाजिक नियन्त्रण, सार्वजनिक क्षेत्रको नेतृत्वकारी भूमिका र वर्गीय असमानताको क्रमिक अन्त्यतर्फ उन्मुख राज्य नीति हो । तर नबउदारवादी नीतिका वाहकहरू ‘सुधार’, ‘नयाँ सोच’ र ‘वैकल्पिक’को भाषामा यही दिशालाई क्रमशः उल्ट्याउँदै छन् । संविधान व्यवहारमा निष्क्रिय बनाइँदैछ, भाषणमा मात्र सुरक्षित राखिँदैछ ।

    यस प्रक्रियाको प्रत्यक्ष असर राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तामा पर्छ । स्वाभिमान भनेको केवल कूटनीतिक वक्तव्य वा राष्ट्रिय झण्डाप्रतिको भावनात्मक लगाव होइन । स्वाभिमान भनेको आफ्‌नै उत्पादन क्षमता, श्रमशक्ति र नीति निर्माण क्षमतामा विश्वास हो । दलाल पूँजीवादले देशलाई उत्पादनको केन्द्र होइन, उपभोगको बजार र सस्तो श्रमको स्रोतमा सीमित गर्छ । यस्तो अर्थतन्त्र दीर्घकालीन रूपमा आत्मनिर्भर हुन सक्दैन र राजनीतिक रूपमा सधैं बाह्य दबाबमा रहन्छ । यही अवस्थाले सामाजिक एकता, राष्ट्रिय अखण्डता र लोकतान्त्रिक स्थायित्वलाई समेत कमजोर बनाउँछ ।

    सबैभन्दा गम्भीर सङ्कट भनेको प्रगतिशील जनमतको क्षय हो । लोकप्रियतावादी राजनीतिले वर्गीय चेतनालाई बोझ ठान्छ, इतिहासलाई अप्रासंगिक बनाउँछ र भविष्यलाई व्यक्तिगत सफलता र व्यवस्थापन क्षमतामा सीमित गर्छ । जनता राजनीतिक परिवर्तनका सचेत कर्ताबाट भावनात्मक दर्शकमा रूपान्तरण हुन्छन् । यही वैचारिक रिक्ततामा प्रतिक्रियावाद सहजै प्रवेश गर्छ र समाजवादप्रतिको विश्वासलाई क्रमशः क्षय गराउँछ ।

    एक क्रान्तिकारी कम्युनिस्ट दृष्टिमा वास्तविक विकल्प व्यक्तिमा होइन, संरचनागत परिवर्तनमा निहित हुन्छ । विकल्प भनेको नयाँ अनुहार होइन, नयाँ उत्पादन सम्बन्ध हो । उत्पादनमुखी राष्ट्रिय अर्थतन्त्र, श्रमको सम्मान, सार्वजनिक क्षेत्रको सुदृढीकरण, शिक्षा र स्वास्थ्यलाई नाफाको होइन अधिकारको विषय बनाउने राज्य नीति—यिनै समाजवाद उन्मुख संविधानका व्यवहारिक अभिव्यक्ति हुन् । यही बाटोले मात्र वास्तविक सुशासन सम्भव हुन्छ । किनकि तब राज्य बहुसंख्यक श्रमिक जनताको पक्षमा उभिन्छ ।

    यदि आज नबउदारवाद र दलाल पूँजीवादकै कारण उत्पन्न सङ्कटको समाधान खोज्ने नाममा त्यही नीतिका वाहकलाई ॅवैकल्पिक शक्ति’ बनाइयो भने, देश सुशासन र समृद्धितर्फ होइन, प्रतिगमनतर्फ उन्मुख हुनेछ । यो केवल राजनीतिक भूल होइन, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, सामाजिक न्याय र प्रगतिशील भविष्यप्रतिको ऐतिहासिक धोका हुनेछ ।

    आजको आवश्यकता सजिलो नारा, आकर्षक अनुहार वा छिटो समाधान होइन । आवश्यकता छ—कठिन तर अपरिहार्य वैचारिक संघर्षको । उत्पादन, श्रम, वर्ग र आत्मनिर्भरताको प्रश्नलाई पुनः राजनीतिक केन्द्रमा ल्याउने संघर्षको । यही संघर्षले मात्र वास्तविक विकल्प जन्माउँछ । बाँकी सबै चम्किला विकल्पहरू अन्ततः पुरानै व्यवस्थाका नयाँ मुखौटा सावित हुनेछन् ।

    यो कुनै ज्योतिषिय भबिस्यबाणी र परिस्थितिले पैदा गरेको आक्रोश हैन । लामो वैचारिक अध्ययन, दार्शनिक खोज र धरातलिय यथार्थमा गरिएको बिस्लेषण हो । त्यसैले यतिबेला सम्पुर्ण देशको भलो, उन्नति र बिकास चाहाने सचेत नेपालीहरूले गम्भीर चिन्तन मनन् गर्ने बेला हो ।

    बुधबार, पुष २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.