• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मनिराम नेपालीलाई राहत र दीर्घकालीन सहयोगको पहल


  •   मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
  • अर्घाखाँची । विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा घरमा बिजुली बत्तीसमेत नभएको, कमाउने सदस्य कोही नरहेको, मागेर गाँस गुजारा गर्दै आएको अवस्थाको समाचार सार्वजनिक भएपछि अर्घाखाँची जिल्लाका सरोकारवाला निकाय पीडितको घरमै पुगेका छन् ।

    Advertisement

    जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसी, जनप्रतिनिधि, कर्मचारी तथा पत्रकारसहितको टोली भूमिकास्थान नगरपालिका–१ ढाकावाङ, पोख्राखर्कस्थित पीडित मनिराम नेपाली (जुठे) को घरमा पुगेर वास्तविक अवस्था बुझेको हो।

    टोलीले पीडितको पारिवारिक, आर्थिक, स्वास्थ्य तथा शैक्षिक अवस्थाबारे जानकारी लिँदै तत्कालीन राहतस्वरूप आर्थिक सहयोग, खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री हस्तान्तरण गरेको छ। साथै दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

    जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले पीडित मनिराम नेपालीको स्वास्थ्य अवस्थाका वारेमा बुझेर सर्वप्रथम स्वास्थ्य उपचारमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले आवश्यक उपचार, सामाजिक सुरक्षा र अन्य सहयोगका लागि जिल्ला समन्वय समितिबाट सहजीकरण गरिने स्पष्ट पार्नुभयो।

    त्यस्तै भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले पीडित परिवारका बालबालिकाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनीहरूलाई नियमित विद्यालय जाने वातावरण नगरपालिकाले निर्माण गर्ने बताउनुभयो। उहाँले विद्यालय शिक्षाका लागि कुनै शुल्क नलाग्ने र आवश्यक शैक्षिक सामग्री तथा सहयोग नगरपालिकामार्फत उपलब्ध गराइने जानकारी दिनुभयो।

    प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले राज्यका निकायहरू पीडित नागरिकका समस्या सुन्न र समाधान गर्न सधैं तयार रहेको बताउँदै कानुनी, प्रशासनिक तथा सामाजिक सुरक्षाका पक्षमा आवश्यक पहल गरिने उल्लेख गर्नुभयो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीले पनि आवश्यक सुरक्षात्मक र मानवीय सहयोगमा प्रहरी प्रशासन सधैं साथमा रहने प्रतिबद्धता जनाउनुभयो।

    टोलीले पीडित मनिराम नेपालीका भाइ सुमन्त बहादुर नेपालीको नाममा रहेको खेतीयोग्य जमिन बन्धकीमा रहेको विषयमा पनि चासो व्यक्त गरेको छ। उक्त बन्धकी जमिन फिर्ता गराई दाइ मनिराम नेपालीलाई भोगचलन गर्न दिने गरी प्रक्रिया अघि बढाइएको जानकारी गराइएको छ।

    स्थानीय बासिन्दा तथा उपस्थित सरोकारवालाहरूले मिडियाको भूमिकाले पीडितको आवाज राज्यसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेको भन्दै यस्ता घटनामा समयमै ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

    मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.