• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रधानमन्त्रीको अयोध्यासम्बन्धी विवादस्पद अभिव्यक्ति


  •   बुधबार, असार ३१, २०७७ मा प्रकाशित
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्दछ । राम नेपालमा जन्मेका हुन् भन्ने अभिव्यक्ति दिएका छन् । यो भनाइले निकै विवादको रूप लिएको छ । यो अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको छ । यो बताइरहनुपर्ने आवश्यकता छैन कि अयोध्या नेपालमा पर्दछ र राम नेपालमा जन्मेका हुन् भनेर कहिँ कतै अहिलेसम्म नेपालपक्षले राज्यको धारणा बाहिर ल्याएको छैन । यहाँसम्म कि राज्यस्तरमा त्यसबारे कुनै अध्ययन–अनुसन्धान गर्नुपर्ने आवश्यकताबोधसमेत भएको देखिँदैन ।

    Advertisement

    त्यस्तो अवस्थामा स्वाभाविक रूपले देशको प्रमुख कार्यकारीको अभिव्यक्तिले देशलाई अनावश्यक विवादमा पार्ने काम गरेको छ । कार्यकारी प्रमुखले बोल्दा नेपाल राज्यको आधिकारिक धारणा व्यक्त गर्नुपर्दछ । यद्यपि कुनै विषयमा राज्यका प्रचलित मान्यता वा धारणा बदलिन पनि सक्दछन् तर त्यसका लागि राज्यस्तरबाट बृहत् अध्ययन–अनुसन्धान हुनुपर्दछ र त्यो अध्ययन–अनुसन्धानले पहिलेको मान्यतालाई निषेध गर्न सक्ने वा बदलिन सक्ने हैसियत राख्न सक्नुपर्दछ ।

    राज्यले कुनै विषयमा आफनो आधिकारिक धारणा बनाइनसकेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कैयौँ विषयमा गैरसरकारी वा सरकारी स्तरमा अध्ययन अनुसन्धान भइरहेका हुन्छन्, जुन हुनु पनि पर्दछ । तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कैयौँ विषयमा गैरसरकारी वा सरकारी स्तरमा भइरहेका अध्ययन–अनुसन्धान वा त्यसबाट निस्केको निष्कर्षलाई राज्यस्तरमा स्वीकार गर्न थुप्रै आधारको आवश्यकता पर्दछ । ती आधारहरू कम्तीमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हुनुपर्दछ । भारतमा समेत कैयौं विषयमा अध्ययन–अनुसन्धान भइरहेको पाइन्छ । तर अनुसन्धानका सबै विषयमा भारतले राज्यस्तरमा स्वामित्व लिएको छैन । जस्तै– उदाहरणका लागि भारतका कैयौँ अनुसन्धानकर्मीले रावणको राज्य लङ्का भारतको विभिन्न प्रदेशमा रहेको दाबी गरेका छन् ।

    कतिपयले रावणको लङ्का आन्ध्रप्रदेशको गोदावरी नदीको मुहानमा अवस्थित रहेको बताएका छन । कतिपयले मध्यप्रदेशको अमरकन्टकको नजिक बताएका छन् । कतिपयले भारतको जबलपुरमा पौराणिक रावणको राज्य लङ्का रहेको बताएका छन् । अझ केहीले त लङ्का मालदिभ्समा त केहीले सिङ्गापुरसमेत बताएका छन् । त्यसका विभिन्न आधार पनि दिएका छन् । अनुसन्धानमा सहभागी कतिपय भारत सरकारका विभिन्न पदाधिकारी पनि थिए । तर भारत सरकारले यी सबै अनुसन्धानलाई स्वीकृत गरेको छैन । अर्थात् अहिलेसम्म प्राप्त प्रमाणका आधारमा पौराणिक कालको रावणको राज्य श्रीलङ्का नै हो भन्ने भारत सरकारको धारणा रहेको पाइन्छ ।

    स्वयम् श्रीलङ्काले पनि पौराणिक कालको रावणको राज्य श्रीलङ्का थियो भनेर बिना अनुसन्धान स्वीकार गरेको होइन । अझ यो विषमा त श्रीलङ्काभन्दा पहिले भारतका बुद्धिजीवीमध्ये कतिपयले रावणको राज्य लङ्का सिलोनमा पर्दछ भन्ने निष्कर्ष निकालेका थिए । सबैलाई थाहा भएको कुरा हो, सन् १९६८ सम्म श्रीलङ्काको नाम सिलोन थियो । रामायणका बारेमा सम्भवतः सिलोनबाहेक संसारको कुनै पनि मुलुकले यति धेरै अध्ययन–अनुसन्धान गरेको छैन होला । सिलोनले सुरुमा अन्तर्राष्ट्रिय स्तरको रामायण अनुसन्धान केन्द्रको गठन ग-यो । रामायणमा उल्लेखित कुराको व्यापक पैमाना अनुसन्धान भयो । रामायणमा उल्लेखित स्थानलाई सिलोनको भूगोलसहित विभिन्न पौराणिक स्थानको खोज–अध्ययनपश्चात् अन्ततः पौराणिक कालको रावणको राज्य सिलोनमा भएको निष्कर्षमा सिलोन पुग्यो, जसको परिणाम उसले आफनो मुलुकको नाम नै परिवर्तन गरेर सन १९७२ मा लङ्का बनायो । त्यसको चार वर्षपछि श्री थपेर श्रीलङ्का नामकरण ग-यो ।

    गौतम बुद्धको जन्म भएको स्थान कपिलवस्तु जिल्लाका तिलौराकोट नभएर भारतमा पर्ने तिलौराकोट हो भनेर भारतले प्रचार ग-यो । त्यही प्रचारको परिणाम श्रीलङ्काले भारतले बनाएको नक्कली तिलौराकोटको माटो लगेर सात दिनसम्म रथयात्रासमेत गरेको थियो । तर कपिलवस्तुको तिलौराकोट नै वास्तविक गौतम बुद्धको जन्मस्थल हो भन्ने कुरा तथ्यले पुष्टि गर्नुका साथै युनेस्कोले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समेत प्रस्तावित गरेको छ ।

    यसरी हेर्ने हो भन्ने ऐतिहासिक, पौराणिक स्थानका विषयमा निरन्तर खोज–अनुसन्धान भइरहन्छ । अनुसन्धान गर्नु पनि पर्दछ । यद्यपि अध्ययन–अनुसन्धानको संस्कृति नेपालमा निकै कमजोर छ । यसप्रति उपेक्षाको नीति अपनाइन्छ । नेपालको पुरातात्विक विभागले अनुसन्धानको क्षेत्रमा कुनै सन्तोषजनक वा परिणाममुखी काम गर्न सकेको छैन ।

    यम् नेपालको इतिहासका बारेमा जेजति अध्ययन–अनुसन्धान भएको छ त्यो पनि विदेशीबाट मात्र भएको छ । नेपालले अध्ययन–अनुसन्धानको दायरालाई फराकिलो बनाउन सकेमा कैयौँ नयाँ नयाँ कुरा उजागर गर्न सहयोग पुग्दथ्यो । त्यसैले अनुसन्धानकर्ताले विभिन्न विषयमा अध्ययन–अनुसन्धान गर्न सक्दछन् । त्यसबारे आफनो धारणा सार्वजनिक गर्न पनि सक्दछन । जस्तै– रावणको राज्य लङ्का कहाँ पर्दछ ? भारतका विभिन्न राज्य वा सिङ्गापुर वा माल्दिभ्समा पर्दछ भनेर बेग्ला बेग्लै मत प्रकट गरेका छन । जस्तै– नेपालको राजा कसको सन्तान हो भनेर बेग्ला बेग्लै मत भएको पाइन्छ । कसैले मगरको सन्तान भनेका छन भने कतिपले भारतीय राजा–महाराणा प्रतापको सन्तान भनेर भनेका छन् ।

    तर प्रधानमन्त्रीको पदमा भएको मान्छेले निजी विचारलाई वा राज्यको औपचारिक धारणा नबनिसकेको विषयमा अभिव्यक्ति दिनु गलत हुन जान्छ, जुन गल्ती प्रधानमन्त्री ओलीले गरेका छन् ।

    बुधबार, असार ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.