• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

त्रिवि दीक्षान्त समारोहको सन्दर्भ


  •   बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
  • दीप गोले तामाङ ##

    Advertisement

    नेपालमा हरेक वर्षको हजारौँ दीक्षान्त कार्यक्रम हुन्छन् । मञ्च सिँगारिन्छ । गाउन, स्कार्फ लगाइन्छ । टोपी चङ्गाझैँ आकाशमा उडाइन्छ । ताली बज्छ । शिक्षामन्त्रीको भाषण हुन्छ ।

    शपथ खुवाइन्छ । “देशको भविष्य तपाईंको हातमा छ” तर दीक्षान्त कार्यक्रम सकिनसाथ त्यो भविष्य बेरोजगारीको लाइनमा उभिएको हुन्छ । उनीहरू विदेश जाने टिकट खोज्छन् वा चिनजान र सिफारिसको ढोका ढकढक्याउन पुग्छन् । यहीँ विरोधाभास छ । नेपालमा जसलाई दीक्षान्त भनिन्छ तर वास्तवमा त्यो शिक्षाप्रणालीले युवाहरू बेच्ने औपचारिक समारोह मात्रै बन्दै गएको छ ।

    २०८२ सालको एकाउन्नौँ दीक्षान्त समारोह पनि उस्तै झल्काउने कार्यक्रम मात्र बन्यो । स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधिका विद्यार्थी त्यहीँ टोपी उडाउने । त्यहीँ प्रमाणपत्र लिने । पुरस्कार थाप्ने । फोटो खिच्ने । सामाजिक सञ्जालमा बधाई तथा शुभकामना व्यक्त गर्ने कामभन्दा फरक केही देखिएन । प्रत्येक वर्ष विभिन्न तहका सर्वोकृष्ट, उत्कृष्ट डाक्टर उपाधि ग्रहण गर्दै गर्दा नेपालको शिक्षाको नीतिगत कुरामा केही चिन्ता व्यक्त गरेको पाइँदैन । यसले गर्दा हाम्रो देशको शिक्षाप्रणाली प्रमाणपत्र बोकेर बस्नुबाहेक अरू उपलब्धि भएको छैन ।

    दीक्षान्त ज्ञानको विजयोत्सव हुनुपर्ने हो तर आज नेपालमा त्यहीँ गाउन, स्कार्फ, टोपी र दीक्षित भ्रमको प्रमाणपत्र हातमा थमाइदिनेजस्तो समारोह बनेको छ । पढाइले चेतनाको विकास गर्नुपर्ने हो । व्यवहारमा परिपक्वता हुनुपर्ने हो । निडर हुनुपर्ने हो । पढाइले आज आज्ञाकारी र चाकरी गर्न सिकाएको छ । विश्वविद्यालयले एउटा प्रश्न गर्न सक्ने नागरिक होइन, चुपचाप नबोली काम गर्ने कामदार उत्पादन गरिरहेको छ ।

    नेपालकै जेठो त्रिभुवन विश्वविद्यालयका प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा दशरथ रङ्गशालामा भएको समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको विशिष्ट आतिथ्यमा अन्य शिक्षाविद्को उपस्थितिमा १६ हजार ३ सय ८० भन्दा बढी दीक्षित भएका थिए । त्यसमा १५२ जना विद्यावारिधिबाट दीक्षित हुनुभएको थियो । स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधिका विद्यार्थी जितको खुसी साट्दै गरेको देखिन्थ्यो भने कोही कार्यक्रमको कमीकमजोरी बारेमा बोलेको देखिन्थे । कोही पिठ्युँमा बच्चा बोकेर कार्यक्रममा सहभागी भएका देखिन्थे । कतिपय विद्यार्थी दीक्षान्त कार्यक्रममा दीक्षित हुन ऋण काढेर उपस्थित भएको देखिन्छ ।

    एकाउन्नौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै त्रिवि उपकुलपति तथा शिक्षामन्त्री महावीर पुनले भन्नुभएको थियोे– एक्काइसौँ शताब्दीको विश्वले अब तपाईंसँग कुन डिग्री छ भन्दा पनि तपाई के गर्न सक्नुहुनेछ भनेर सोध्नेछ । त्यसैले आफूलाई सधैं प्रश्न गर्नुहोस् । तपाईंको ज्ञान र सिपले समाजको कुन समस्या समाधान गर्न सक्छ ? विचार गर्नुहोस् । तपाईंको काँधमा यो देश अडिएको छ । यसरी भाषणमा मात्र सीमित गरिरहेका छन् ।

    दीक्षान्त कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले दीक्षित व्यक्तिलाई शपथ खुवाउँदै गर्दाको त्यो क्षणमा केही विद्यार्थी पत्रकारको प्रश्नमा “नेपालमा गतिलो कमाइ छैन” भन्न पुगे । यो भनाइले बुझ्न सकिन्छ, प्रधानमन्त्रीले खुवाएको शपथले कुनै काम गरेको देखिन्न । नेपालमा बसेर आफ्नो कुनै पनि रूपमा भविष्य निर्माण गर्न नसकिने शिक्षा दिएको त हैन ? हामी कुन रूपमा दीक्षित भयौँ ? कुन दिशातिर ? अबको यात्रा कता ? केही थाहा छैन ।

    यसरी हेर्दा यो दीक्षान्त समारोह एक औपचारिक कार्यक्रम पूरा गर्नेबाहेक केही बन्न सकेन । प्रमाणपत्रको भारी र भोको पेटको खालीपनले नेपालको दीक्षान्त मञ्चमा सजिएर बसेका विद्यार्थीलाई मेरो प्रश्न :

    के तपाईंको डिग्रीले घरको चुलो बाल्छ ?

    के तपाईंको मेरिटले रोजगारीको ग्यारेन्टी दिन्छ ?

    के तपाईंको यो शिक्षाले देशको विकास गर्छ ?

    के सिपले तपाईंलाई देशमा बाँच्न र बस्न दिन्छ ?

    यस्ता थुप्रै प्रश्न हरेक वर्ष दीक्षान्तपछि हजारौँहजार विद्यार्थी विदेशतिर पलायन हुन बाध्य छन् । यो व्यक्तिगत चाहना मात्र नभएर यो राज्यको पलायनको नीतिले दीक्षान्त समारोह असफलताको प्रतिवेदन बन्दै गएको छ । यदि दीक्षान्त सफल हुन्थ्यो भने एयरपोर्टमा यति धेरै युवाको सपना बिदाइ हुँदैनथ्यो ।

    दीक्षान्त एक मौन राजनीति कार्यक्रममा बोल्ने प्रमुख अतिथि प्राय:जसो सत्तासँग जोडिएका हुन्छन् । यसरी उनीहरू उपदेश दिन्छन्– “धैर्य गर, मिहेनत गर समय बदलिन्छ” तर उनीहरू कहिल्यै भन्दैन :

    किन शिक्षा निजीकरण भयो ?

    किन विद्यालय विश्वविद्यालयमा राजनीतिक भर्ती केन्द्र बनेका छन् ।

    किन योग्यताभन्दा पनि नातावाद बलियो छ ?

    यी प्रश्न दीक्षान्त समारोहमा कहिल्यै उठेनन् किनकि प्रश्न गर्ने आड कोहीसँग छैन बरु सोच्ने गरेको छ ्र: यहाँ दीक्षान्त भनेको सोचको अन्त्य गराउने प्रक्रिया बनाइएको छ ।

    साँचो अर्थमा भन्ने हो भने दीक्षान्त भनेको प्रमाणपत्र पाउनु प्रमुख विषय होइन । दीक्षान्तको अर्थ हो– अन्याय, अत्याचार चिन्ने, बुझ्ने र ती अपराधीका कुरालाई अस्वीकार गर्ने एक मात्र साहसको रूपमा लिनुपर्छ यद्यपि दीक्षान्तपछि पनि हामी भ्रष्टाचार, कुशासन देखेर चुपचाप बसिन्छ भने शोषण देखेर, सहेर केही गर्न सक्दैनौँ भने र अन्यायलाई सामान्य ठानिन्छ भने त्यो दीक्षान्त नभएर आत्मसमर्पणको खोस्टो बोकेको हुनेछ ।

    नेपालमा आगामी दीक्षान्त समारोहले यो कुरा सिकाओस्, जहाँ विद्यार्थीलाई जागिर खोजीमा मात्र होइन, व्यवस्था बदल्न, सोच्न सिकाइयोस्† जहाँ डिग्री प्रमाणपत्र होइन, मानवता र उत्तरदायी बन्न सिकाइयोस्† जहाँ शिक्षा बजारीकरण होइन, सरोकारवाला, अधिकार लिन सिकाइयोस् । जहाँ प्रश्न गर्दा अपराधीको रूपमा नहेरियोस् । जहाँ आफ्नो देशलाई सधैँभरि प्राणभन्दा बढी माया गर्न सिकाइयोस् । यो खालको चेतनाको विकासले नै मुलुकको भविष्य सुन्दर बनाउन सकिन्छ । अहिलेको परिस्थितिमा धेरैभन्दा धेरै विद्यार्थी अवसरवादी, अनैतिक, व्यक्तिवादी चिन्तन, राष्ट्रप्रति घात गर्ने विद्यार्थीको सङ्ख्यामा धेरै छ ।

    अब आउने दिनमा दीक्षान्त समारोह दशरथ रङ्गशालाको त्यो खुल्ला मञ्चमा फूल, ताली र फोटो बन्द गरी दीक्षान्त अन्तिम बिदाइ होइन, अझ दक्ष, सक्षम र स्वाभिमान नागरिक बन्ने सम्झनालायक दिन बनाउनुपर्छ । यो दीक्षान्त समारोह कार्यक्रमले शिक्षालाई केवल पलायनको सिढी नबनाई अझ सशक्त रूपमा देशको विकासमा जोड दिएर बाटो देखाउनुपर्छ ।

    शिक्षा भनेको मुलुक परिवर्तनको मेरुदण्ड हो । अबको शिक्षा नीति वैज्ञानिक तथा व्यावहारिक बनाउन जरुरत छ । आज नेपाललाई प्रत्येक वर्ष डिग्रीधारी उत्सव होइन । सभ्य, सजग, निर्भीक, दीक्षित, नैतिकवान्, राष्ट्रप्रेमी र इमानदार नेतृत्वको जन्म गराउने दीक्षान्त हुनुपर्दछ ।

    बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.