• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नवउदारवादको संकट, “वैकल्पिक” को भ्रम र प्रतिगमनको खतरा


  •   मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
  • आज नेपाली समाज जुन गहिरो भ्रष्टाचार, संस्थागत बेथिति, अनियमितता, बेरोजगारी र सर्वव्यापी निराशाको संकटमा डुबिरहेको छ, त्यसलाई केवल व्यक्तिगत नैतिक पतन वा शासन चलाउनेहरूको असक्षमताको परिणामका रूपमा व्याख्या गर्नु यथार्थबाट भाग्नु हो । यो संकट आकस्मिक छैन, न त कुनै एक सरकार वा एक कालखण्डको भूल मात्र हो । यो तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा राज्यसत्तामा हाबी हुँदै आएको नबउदारवादी राजनीतिक–आर्थिक नीतिको संरचनागत परिणाम हो । उत्पादनभन्दा दलाली, श्रमभन्दा सट्टेबाजी, सार्वजनिक हितभन्दा निजी नाफा र राष्ट्रिय आत्मनिर्भरताभन्दा अन्तर्राष्ट्रिय पुँजिको आदेशलाई प्राथमिकता दिने यो नीतिले राज्यको आत्मा नै परिवर्तन गरिदिएको छ ।

    Advertisement

    राज्य कमजोर भएको होइन, राज्यको वर्गीय चरित्र उल्ट्याइएको हो । सार्वजनिक क्षेत्रलाई अकार्यक्षम र बोझिलो भनेर बदनाम गरियो तर निजी हातमा पुगेपछि त्यही सार्वजनिक सम्पत्ति कसरी सिमित समूहको लुटको साधन बन्यो भन्ने प्रश्न कहिल्यै केन्द्रीय बहस बन्न सकेन । नीति निर्माणदेखि कानुन संशोधन र प्रशासनिक निर्णयसम्म सौदाबाजी संस्थागत अभ्यास बन्यो । यस प्रक्रियामा भ्रष्टाचार कुनै अपवाद रहेन, बरु प्रणालीकै सामान्य कार्यविधि बन्यो । त्यसैले आज भ्रष्टाचारविरुद्ध आक्रोश व्यक्त गर्नु मात्र पर्याप्त छैन, भ्रष्टाचार जन्माउने संरचनामाथि प्रहार नगरी त्यसको अन्त्य सम्भव छैन ।

    नबउदारवादी विकास मोडेलको सबैभन्दा निर्मम असर श्रम र रोजगारीमा देखिन्छ । यो मोडेल उत्पादनमुखी होइन, उपभोगमुखी हुन्छ । कृषि, उद्योग र वैज्ञानिक अनुसन्धान राज्यको रणनीतिक प्राथमिकताबाट हटाइएपछि युवाशक्ति आफ्‌नै देशमा अनावश्यक बनाइन्छ । श्रमलाई अधिकार होइन, निर्यातयोग्य वस्तुका रूपमा हेर्ने दृष्टिकोणले बेरोजगारी मात्र होइन, सामाजिक आत्मसम्मानसमेत क्षय गर्छ । रेमिट्यान्सले केही समय अर्थतन्त्रलाई कृत्रिम रूपमा धानेको देखिए पनि यसले दीर्घकालीन आत्मनिर्भरता होइन, गहिरिँदो परनिर्भरता मात्र जन्माएको छ ।

    आर्थिक असुरक्षाबाट जन्मिएको यही निराशा आज राजनीतिक रूपमा प्रयोग गरिँदैछ । निराश जनतालाई संरचनागत प्रश्नतर्फ उन्मुख गराउनुको सट्टा व्यक्तिकेन्द्रित आक्रोशतर्फ मोडिन्छ । यही सन्दर्भमा केही पात्रहरू ‘वैकल्पिक शक्ति’का रूपमा उभ्याइन्छन् । उनीहरूको भाषण पुरानो राजनीतिक अभ्यासविरुद्ध लक्षित देखिए पनि, उनीहरूले बोकेको आर्थिक सोच, राज्यबोध र विकासको दृष्टिकोण नबउदारवादी चौखटभित्रै सीमित हुन्छ । भ्रष्टाचारविरुद्ध कडा बोली बोल्नु आफैंमा क्रान्तिकारी राजनीति होइन, यदि त्यो बोलीले पुँजिको वर्चस्व, निजीकरणको लुट र दलाल संरचनामाथि प्रश्न उठाउँदैन भने । यस्तो राजनीति खुला रूपमा प्रतिक्रियावादी देखिँदैन, यही नै यसको सबैभन्दा खतरनाक पक्ष हो । यो आफूलाई गैर–वैचारिक, प्राविधिक र व्यावहारिक भनेर प्रस्तुत गर्छ । तर इतिहासले बारम्बार प्रमाणित गरेको छ—गैर–वैचारिक राजनीति भन्ने कुरा स्वयं एउटा गहिरो वैचारिक छल हो । विचारबाट विमुख देखिने राजनीति अन्ततः शक्तिशाली वर्गको विचारलाई ॅसामान्य बुद्धि’का रूपमा स्थापित गर्ने माध्यम बन्छ । यसले जनतालाई विकल्पहीन बनाउँछ र संरचनागत परिवर्तनको सम्भावनालाई अव्यावहारिक ठहर्याउँछ ।

    आज सुशासनलाई सबै समस्याको समाधानझैं प्रस्तुत गरिँदैछ । तर सुशासन सधैं वर्गीय सन्दर्भभित्र अर्थ राख्छ । शोषणकारी संरचनाभित्रको सुशासन भनेको शोषणलाई अझ व्यवस्थित, कानुनी र स्थिर बनाउनु मात्र हो । नबउदारवादी सुशासनले पुँजिका लागि स्थायित्व, श्रमका लागि अनुशासन र जनताका लागि धैर्य माग्छ । यसले असमानतालाई अन्त्य गर्दैन, केवल व्यवस्थापन गर्छ । त्यसैले शासन कसका लागि चलाइन्छ भन्ने प्रश्न बिना सुशासनको चर्चा वैचारिक रूपमा खोक्रो हुन्छ ।

    नेपालको संविधान समाजवाद उन्मुख घोषणा गरिएको छ । यदपि नेपाल अझै त्यो अबस्थामा पुगेको छैन । तर यो कुनै भाषिक सजावट होइन, लामो जनसंघर्ष, बलिदान र ऐतिहासिक समझदारीको परिणाम हो । समाजवाद उन्मुख हुनु भनेको उत्पादनका साधनमाथि सामाजिक नियन्त्रण, सार्वजनिक क्षेत्रको नेतृत्वकारी भूमिका र वर्गीय असमानताको क्रमिक अन्त्यतर्फ उन्मुख राज्य नीति हो । तर नबउदारवादी नीतिका वाहकहरू ‘सुधार’, ‘नयाँ सोच’ र ‘वैकल्पिक’को भाषामा यही दिशालाई क्रमशः उल्ट्याउँदै छन् । संविधान व्यवहारमा निष्क्रिय बनाइँदैछ, भाषणमा मात्र सुरक्षित राखिँदैछ ।

    यस प्रक्रियाको प्रत्यक्ष असर राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तामा पर्छ । स्वाभिमान भनेको केवल कूटनीतिक वक्तव्य वा राष्ट्रिय झण्डाप्रतिको भावनात्मक लगाव होइन । स्वाभिमान भनेको आफ्‌नै उत्पादन क्षमता, श्रमशक्ति र नीति निर्माण क्षमतामा विश्वास हो । दलाल पुँजिवादले देशलाई उत्पादनको केन्द्र होइन, उपभोगको बजार र सस्तो श्रमको स्रोतमा सीमित गर्छ । यस्तो अर्थतन्त्र दीर्घकालीन रूपमा आत्मनिर्भर हुन सक्दैन र राजनीतिक रूपमा सधैं बाह्य दबाबमा रहन्छ । यही अवस्थाले सामाजिक एकता, राष्ट्रिय अखण्डता र लोकतान्त्रिक स्थायित्वलाई समेत कमजोर बनाउँछ ।

    सबैभन्दा गम्भीर संकट भनेको प्रगतिशील जनमतको क्षय हो । लोकप्रियतावादी राजनीतिले वर्गीय चेतनालाई बोझ ठान्छ, इतिहासलाई अप्रासंगिक बनाउँछ र भविष्यलाई व्यक्तिगत सफलता र व्यवस्थापन क्षमतामा सीमित गर्छ । जनता राजनीतिक परिवर्तनका सचेत कर्ताबाट भावनात्मक दर्शकमा रूपान्तरण हुन्छन् । यही वैचारिक रिक्ततामा प्रतिक्रियावाद सहजै प्रवेश गर्छ र समाजवादप्रतिको विश्वासलाई क्रमशः क्षय गराउँछ ।

    एक क्रान्तिकारी कम्युनिस्ट दृष्टिमा वास्तविक विकल्प व्यक्तिमा होइन, संरचनागत परिवर्तनमा निहित हुन्छ । विकल्प भनेको नयाँ अनुहार होइन, नयाँ उत्पादन सम्बन्ध हो । उत्पादनमुखी राष्ट्रिय अर्थतन्त्र, श्रमको सम्मान, सार्वजनिक क्षेत्रको सुदृढीकरण, शिक्षा र स्वास्थ्यलाई नाफाको होइन अधिकारको विषय बनाउने राज्य नीति—यिनै समाजवाद उन्मुख संविधानका व्यवहारिक अभिव्यक्ति हुन् । यही बाटोले मात्र वास्तविक सुशासन सम्भव हुन्छ, किनकि तब राज्य बहुसंख्यक श्रमिक जनताको पक्षमा उभिन्छ ।

    यदि आज नबउदारवाद र दलाल पुँजिवादकै कारण उत्पन्न संकटको समाधान खोज्ने नाममा त्यही नीतिका वाहकलाई ‘वैकल्पिक शक्ति’ बनाइयो भने, देश सुशासन र समृद्धितर्फ होइन, प्रतिगमनतर्फ उन्मुख हुनेछ । यो केवल राजनीतिक भूल होइन राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, सामाजिक न्याय र प्रगतिशील भविष्यप्रतिको ऐतिहासिक धोका हुनेछ ।

    आजको आवश्यकता सजिलो नारा, आकर्षक अनुहार वा छिटो समाधान होइन । आवश्यकता छ—कठिन तर अपरिहार्य वैचारिक संघर्षको । उत्पादन, श्रम, वर्ग र आत्मनिर्भरताको प्रश्नलाई पुनः राजनीतिक केन्द्रमा ल्याउने संघर्षको । यही संघर्षले मात्र वास्तविक विकल्प जन्माउँछ । बाँकी सबै चम्किला विकल्पहरू अन्ततः पुरानै व्यवस्थाका नयाँ मुखौटा सावित हुनेछन् ।

    यो कुनै ज्योतिषिय भबिस्यबाणी र परिस्थितिले पैदा गरेको आक्रोश हैन । लामो बैचारिक अध्ययन, दार्शनिक खोज र धरातलिय यथार्थमा गरिएको बिस्लेषण हो । त्यसैले यतिबेला सम्पुर्ण देशको भलो, उन्नति र बिकास चाहाने सचेत नेपालीहरू गम्भीर चिन्तन मनन गर्ने बेला हो ।

    मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.