• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

बुल्गेरिया युरो प्रयोग गर्ने २१औँ देश बन्ने


  •   आइतबार, पुष १३, २०८२ मा प्रकाशित
  • सोफिया । बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश बन्ने तयारी गरेको छ । तर यो ऐतिहासिक कदमलाई लिएर देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ । धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र युरोपेली सङ्घ ९इयु० को सबैभन्दा गरिब सदस्य राष्ट्रमा सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् ।
    यस वर्ष ‘बुल्गेरियाली लेभ जोगाऔँ’ भन्ने नारासहित विरोध अभियान नै चलाइएको थियो । यसले युरोप्रति जनसाधारणमा रहेको नकारात्मक धारणा र महँगीको डरलाई थप उजागर गरेको छ । तर पछिल्ला सरकारहरूले युरोजोनमा सामेल हुन निरन्तर जोड दिँदै आएका छन् ।
    समर्थकहरूका अनुसार युरोले अर्थतन्त्रलाई बलियो बनाउने, पश्चिमी मुलुकसँगको सम्बन्ध सुदृढ गर्ने र रुसको प्रभावबाट टाढा राख्नेछ ।
    एकल मुद्रा युरो सन् २००२ मा १२ देशबाट सुरु भएको थियो । त्यसयता यसको विस्तार हुँदै आएको छ । क्रोएसिया सन् २०२३ मा अन्तिम पटक सामेल भएको देश हो । बुल्गेरियाले भने राजनीतिक अस्थिरता, भ्रष्टाचारविरोधी आन्दोलन र बारम्बारका चुनावका कारण विशेष चुनौतीको सामना गरिरहेको छ । हालै कन्चरभेटिभ  सरकार पतन भएपछि देश पाँच वर्षमै आठौँ चुनावको सङ्घारमा पुगेको छ ।
    अल्फा रिसर्चका विश्लेषक बोर्याना दिमित्रोभाका अनुसार युरो अपनाउँदा देखिने कुनै पनि समस्यालाई इयु–विरोधी राजनीतिज्ञहरूले राजनीतिक हतियार बनाउने सम्भावना छ । उहाँका अनुसार यस्ता विषय इयु विरुद्धको बयानबाजीको आधार बन्न सक्छन् । अति–दक्षिणपन्थी र रुस समर्थक दलहरूले युरो विरोधी प्रदर्शनको अगुवाइ गरिरहेका भए पनि ग्रामीण र गरिब क्षेत्रका धेरै नागरिक नयाँ मुद्राप्रति स्वाभाविक रूपमा चिन्तित छन् ।
    उत्तरपश्चिमी बुल्गेरियाको चुप्रेन गाउँकी किराना व्यवसायी ५३ वर्षीया बिल्याना निकोलोभाले पश्चिमी युरोपमा बस्ने साथीहरूबाट मूल्य बढेको अनुभव सुनेको भन्दै यहाँ पनि महँगी बढ्ने डर व्यक्त गर्नुभएको छ ।
    युरोपेली सङ्घ ९इयु० को युरोबेरोमिटर सर्वेक्षणअनुसार ४९ प्रतिशत बुल्गेरियालीहरू अझै युरोको विरोधमा छन् । सन् १९९० को दशकको अत्यधिक मुद्रास्फीति पछि बुल्गेरियाले आफ्नो मुद्रा जर्मन मार्क र पछि युरोसँग बाँधेको थियो । यसले देशलाई युरोपेली केन्द्रीय बैंकमा निर्भर बनाएको छ ।
    ओपन सोसाइटी इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री जोर्जी एन्जेलोभका अनुसार युरो अपनाएपछि बुल्गेरिया मौद्रिक सङ्घभित्र निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी बन्नेछ । सन् २००७ देखि इयु सदस्य रहेको बुल्गेरिया सन् २०२० मा क्रोएसियासँगै युरोको ‘वेटिङ रुम’ मा प्रवेश गरेको थियो ।
    इसिबीकी अध्यक्ष क्रिस्टिन लेगार्डले युरोमा सामेल हुने लाभ ‘पर्याप्त’ रहेको बताउँदै सहज व्यापार, कम वित्तीय लागत र मूल्य स्थिरता मुख्य फाइदा भएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार साना तथा मध्यम व्यवसायहरूले मात्रै विनिमय शुल्कमा करिब ५० करोड युरो बचत गर्न सक्छन् । कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० को करिब आठ प्रतिशत हिस्सा ओगटेको पर्यटन क्षेत्र युरोबाट विशेष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
    लेगार्डले उपभोक्ता मूल्यमा पर्ने असर सामान्य र अल्पकालीन हुने बताउनुभएको छ । विगतका अनुभवअनुसार यसको प्रभाव ०.२ देखि ०.४ प्रतिशत अङ्कसम्म मात्र हुने अनुमान छ । तर उपभोक्ताहरू पहिले नै मुद्रास्फीतिको चपेटामा परेकाले थप बोझ पर्न सक्ने चिन्ता छ ।
    राष्ट्रिय तथ्याङ्क संस्थानका अनुसार नोभेम्बरमा खाद्यान्नको मूल्य वार्षिक रूपमा पाँच प्रतिशतले बढेको थियो, जुन युरोजोनको औसतभन्दा धेरै हो । संसद्ले यस वर्ष मूल्यवृद्धि अनुगमन गर्न र युरो परिवर्तनसँग जोडिएका ‘अन्यायपूर्ण’ मूल्य वृद्धि रोक्न विशेष निरीक्षण संयन्त्र स्थापना गरेको छ ।
    यद्यपि विश्लेषकहरू राजनीतिक अनिश्चितताका कारण आवश्यक भ्रष्टाचारविरोधी सुधारहरू ढिलाइ हुने जोखिम रहेको बताउँछन् ।
    एन्जेलोभका अनुसार कम्तीमा एक–दुई वर्ष स्थिर सरकार भए मात्रै युरो क्षेत्रबाट प्राप्त हुने लाभलाई पूर्ण रूपमा उपयोग गर्न सकिनेछ ।

    Advertisement

    आइतबार, पुष १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.