• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

बरबर रावको जीवनरक्षा गर्न प्रलेसको माग


  •   सोमबार, असार २९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले भारतीय क्रान्तिकारी तेलुगुभाषी कवि, समालोचक एवम् राजनीतिकर्मी बरबर रावको जीवनरक्षा गर्न माग गरेको छ । अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी तथा महासचिव समीर सिंहको हस्ताक्षरमा २०७७ असार २९ गते प्रेसवक्तव्य जारी गर्दै यस्तो माग गरिएको हो ।

    Advertisement

    भारतको मोदी सरकारले बरबर रावसहित अरू तीन जना बुद्धिजीवीलाई हिरासतमा राखेकोमा अहिले बरबर रावको स्थिति गम्भीर रहेको बताउँदै प्रलेसले उनको जीवनरक्षा गर्न माग गरेको छ । वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “भारतका क्रान्तिकारी तेलुगुभाषी कवि, समाचोचक, राजनीतिकर्मी एवम् बुद्धिजीवी बरबर रावसहित सुधा भारद्वाज, वरनान गोन्जाल्विज, गौतम नवलखालाई फासीवादी मोदी सरकारले हिरासतमा राखेको छ ।

    माक्र्सवादी चिन्तक एवम् कवि बरबर राव सन् १९४० मा तत्कालीन आन्ध्रप्रदेशको वारङ्गलमा जन्मिनुभएको थियो । उहाँ यति बेला महाराष्ट्रको तलोजा जेलमा गम्भीर बिरामी अवस्थामा हुनुहुन्छ । विश्वभरबाट ‘भारतीय क्रान्तिकारी कवि बरबर रावको जीवन रक्षा गर’ भन्ने आवाज उठिरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ पनि त्यो न्यायपूर्ण आवाजप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।

    महाराष्ट्रको भीमा–कोरेगाउँमा आयोजना गरिएको कार्यक्रमले हिंसात्मक रूप लिएपछि त्यस बेला दलित युवाहरूको हत्या एवम् अल्पसङ्ख्यकका घर र पसलसमेत लुटिएको थियो । भीमा–कोरेगाउँको घटनामा भारतीय सरकारले माओवादीको घुसपैठको आरोप लगाउँदै लेखक, पत्रकार, मानवअधिकारवादी, वकिलसमेत आधा दर्जन सामाजिक कार्यकर्तालाई माओवादीसम्बद्ध ‘सहरी नक्सल’ भनेर प्रचार गर्दै आइरहेको छ । भारतीय फासिवादी मोदी सरकार ‘सहरी नक्सल’ को नाममा आज पनि देशव्यापी छापा मार्ने तथा धरपकड गर्ने काम गरिरहेको छ । मोदी सरकारद्वारा लेखक तथा बुद्धिजीवी बरबर रावलगायतका बुद्धिजीवी, सामाजिक अभियानकर्मीको गिरफ्तारी र अदालतको आदेशपश्चात् घरमै नजरबन्द गरिएको थियो । त्यसपछि उहाँहरूलाई जेलमा लगिएको थियो । मोदी फासिवादले भारतका बहुचर्चित सामाजिक अभियन्ता एवम् बुद्धिजीवीलाई करिब २२ महिनाअघि हिरासतमा लिएको थियो ।

    कवि बरबर रावको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उहाँको परिवारले १२ जुलाई २०२० मा एक प्रेसविज्ञप्ती जारी गर्दै, स्वास्थ्यस्थिति बिग्रँदै गइरहेको बताउँदै उहाँको जीवनरक्षाको माग गरेको छ । प्रलेस पनि उहाँको परिवारसहित विश्वभरिबाट उठिरहेको न्यायपूर्ण आवाजप्रति ऐक्यबद्धता जाहेर गर्दै उहाँलगायत सम्पूर्ण प्रगतिशील कवि तथा लेखकहरूको यथाशीघ्र रिहाइको माग गर्दछ ।”

    सोमबार, असार २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.