रवि पौडेल ##
डिसेम्बर २६, १८९३ मा
दक्षिण प्रान्तीय राजधानी
चाङसानजिकैको
हुनान प्रान्तमा जन्मेका
माओ तिमी
१२ वर्षकै उमेरमा
शिक्षाबाट वञ्चित भएका बालक तिमी
फेरि १४ वर्षको उमेरमा
अध्ययन सुरु गरेका
एक होनहार विद्यार्थी
माओ तिमी
किसानका मालिकको छोरा
बौद्ध धर्मावलम्बी
राजनीतिमा चासो राख्ने
परिवर्तनको खातिर
क्रान्तिका मालिक
माओ तिमी
चिनियाँ कम्युनिस्ट पार्टीको
स्थापना सन् १९२१ पछि
सन् १९४९ मा नौलो जनवादी क्रान्ति
सम्पन्न पार्ने
एउटा कुशल खेलाडी
माओ तिमी
औद्योगिक क्रान्ति
कृषिक्रान्ति
नयाँ जनवादी क्रान्ति
सर्वहारा सांस्कृतिक क्रान्ति
सफल पार्दै
अन्तरविरोध
संयुक्त मोर्चा
सेना निर्माण
सैनिक रणनीति, जनयुद्ध आदिको
राम्रो ज्ञान र प्रयोग गर्दै
महत्त्वपूर्ण योगदान दिने
माओ तिमी
माक्र्सवादी सिद्धान्तकार
राजनेता, सैनिक कमान्डर
सिङ्गो कम्युनिस्ट क्रान्तिका लिडर
निडर र साहसी
विश्व सर्वहारा वर्गका महान् नेता
चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष
माओ तिमी