• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

कोरोनाका कारण नेपालमा १ खर्ब ६८ अर्बको क्षति


  •   सोमबार, असार २९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कोभिड–१९ का कारण नेपालको कुल गार्हस्थ उत्पादननमा करिब १ खर्ब ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

    Advertisement

    सङ्घीय संसद प्रतिनिधि सभाको अर्थसमितिको सोमबारको बैठकमा आगामी मौद्रिक नीतिको तयारीको सम्बन्धमा जानकारी दिन उपस्थित हुनुभएका गभर्नर महाप्रसाद अधिकारीले देशको कुल गार्हस्थ उत्पादनमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको बताउनुभयो । कोभिड–१९ का कारण होटल, रेस्टुरेन्ट, यातायात, निर्माण र व्यापार क्षेत्रमा सबैभन्दा बढी असर परेको गभर्नर अधिकारीले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘कोभिड–१९ का कारण अर्थतन्त्र प्रभावित भएको छ । तर यो आर्थिक वर्षमा प्रचलित मूल्यको कुल गार्हस्थ उत्पादन करिब १ सय ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान छ । लकडाउन अझै लम्बिँदा यो अनुमान अझै बेसी हुन सक्छ । कोभिड–१९ बाट सिर्जित समस्याले खासगरी होटल, रेस्टुरेन्ट, यातायात, निर्माण र व्यापार क्षेत्रको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी क्षति भएको देखिन्छ ।’

    कोभिड–१९ को कारण बैङ्किङ क्षेत्रको निक्षेप सङ्कलन तथा कर्जा प्रवाहमा परिवर्तन भएकोसमेत गभर्नर अधिकारीले बताउनुभयो । उहाँले २०७६ चैतदेखि २०७७ जेष्ठसम्म बैङ्कको निक्षेप बढेको तर कर्जा बढ्न नसकेको बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थामा निक्षेप १ खर्ब ७२ अर्बले र कर्जा १६ अर्बले मात्र बढेको गभर्नर अधिकारीले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘कोभिड–१९ कारण बैङ्किङ क्षेत्रको निक्षेप सङ्कलन तथा कर्जा प्रवाह तीव्र प्रभावित भएको छ । निक्षेपतिर सङ्कलन बढेर गएको छ सामान्यभन्दा बेसी नै । २०७६ चैत्रदेखि २०७७ जेष्ठसम्म तीन महिनाको अवधिमा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप १ सय ७२ अर्बले र कर्जा प्रवाह १६ अर्बले वृद्धि भएको देखिन्छ । कर्जा असार १ गतेपछि अलिकति बढिराखेको छ । बिचमा कर्जा लगभग बन्दै भयो, कर्जा गएन ।’

    उहाँले नेपाल राष्ट्र बैङ्कले अनलाइन सर्वेक्षण मार्फत् कोभिड–१९ बाट सिर्जित समस्याको विश्लेषण गरिएको बताउनुभयो । गभर्नर अधिकारीले सर्वेक्षणबाट प्राप्त भएका नतिजाको विश्लेषण गर्दा कतिपय व्यवसाय सामान्य अवस्थामा फर्कन करिब १ वर्ष लाग्ने देखिएको बताउनुभयो ।

    आगामी वर्षको मौद्रिक नीति तर्जुमा गर्दा सर्वेक्षणको निष्कर्षलाई समेत प्राथमिकता दिइएको अधिकारीले बताउनुभयो । उहाँले विद्युतीय भुक्तानीको बढ्दो प्रयोगले बन्दाबन्दीको अवस्थामा पनि वित्तीय कारोबार सहज बनेको बताउनुभयो ।

    गभर्नर अधिकारीले कोभिड–१९ सङ्कटले सिर्जना गरेको अनिश्चितताका बिच यस वर्ष मौद्रिक नीति तर्जुमा भइरहेकाले सङ्कटबाट प्रभावित क्षेत्रलाई प्राथमिकताका आधारमा सहुलियत प्रदान गरी बचाइराख्ने र शीघ्र आर्थिक पुनरुत्थानका लागि वित्तीय साधनको उपलब्धता बढाउने दिशामा मौद्रिक नीति केन्द्रित रहेको बताउनुभयो ।

    सोमबार, असार २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.