• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह


  •   मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
  • नोम पेन । कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा सार्न आग्रह गरेको छ । कम्बोडियाको रक्षा मन्त्रालयले थाई समकक्षीलाई पठाएको पत्रानुसार दुई देशबीच दुई हप्तादेखि जारी घातक सीमा झडपपछि युद्धविरामका सर्तहरूबारे छलफल गर्न तयारी भइरहेका बेला यो प्रस्ताव आएको हो ।

    Advertisement

    यस महिनाको सुरुमा पुनः सुरु भएको लडाइँले अघिल्लो युद्धविरामलाई ध्वस्त पारेको थियो । अधिकारीहरूका अनुसार ती झडपमा थाइल्यान्डतर्फ कम्तीमा २३ जना र कम्बोडियातर्फ २१ जनाको ज्यान गएको छ भने दुवै देशका गरी नौ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

    थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) का विदेशमन्त्रीहरूसँगको भेटपछि कम्बोडियासँग वार्ता गर्ने घोषणा गर्नुभएको थियो । उहाँले विद्यमान द्विपक्षीय सीमा समितिको ढाँचाअन्तर्गत बुधबार थाइल्यान्डको चन्थाबुरीमा बैठक हुने जानकारी पत्रकारहरूलाई दिनुभएको थियो ।

    तर, त्यसै दिन कम्बोडियाका रक्षामन्त्री टी सेइहाले थाई समकक्षी नट्टाफोन नार्कफानितलाई पत्र पठाउँदै वार्ता क्वालालम्पुरमा गर्न अनुरोध गर्नुभएको छ । पत्रमा उहाँले सीमामा जारी लडाइँका कारण सुरक्षा जोखिम बढेकाले बैठक सुरक्षित र तटस्थ स्थानमा गर्नु उपयुक्त हुने उल्लेख गर्नुभएको छ । उक्त पत्र एएफपीले मङ्गलबार प्राप्त गरेको र मन्त्रालयले यसको पुष्टि गरेको छ ।

    रक्षामन्त्री सेइहाका अनुसार हाल आसियानको अध्यक्ष रहेको मलेसियाले क्वालालम्पुरमा वार्ताको आयोजना गर्न सहमति जनाएको छ । यसले वार्ताका लागि तटस्थ वातावरण सुनिश्चित हुने विश्वास कम्बोडियाले व्यक्त गरेको छ ।

    यद्यपि, दुवै पक्ष वार्तामा सहमत भएको घोषणा भएको केही समयपछि नै अवस्था फेरि तनावपूर्ण बनेको छ । कम्बोडियाका अनुसार थाइल्यान्डले सोमबार आफ्नो भूभागमा हवाई आक्रमण गरेको छ । कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले मङ्गलबार बिहानसम्म पनि सीमामा झडप जारी रहेको जानकारी पत्रकारहरूलाई दिनुभयो ।

    मन्त्रालयद्वारा जारी विज्ञप्तिमा थाई सेनामाथि कम्बोडियाको सीमावर्ती सहर पोइपेटमा गोलाबारी गरेको आरोप लगाइएको छ । यस घटनाक्रमले वार्ताको वातावरण थप जटिल बनेको देखिएको छ भने दुवै देशबीचको तनाव अझै कम नभएको सङ्केत दिएको छ ।

    मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.