• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

नाइजेरियामा अपहरण गरिएका १३० विद्यार्थी र कर्मचारी मुक्त


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइतबार जानकारी दिएको छ । रिहा हुनेमा विद्यालयका बालबालिकासहित कर्मचारीहरू पनि रहेका छन् ।

    Advertisement

    नोभेम्बर २१ मा बन्दुकधारीहरूले नाइजेरियाको उत्तर–मध्य नाइजर राज्यस्थित पापिरी समुदायको सेन्ट मेरी क्याथोलिक स्कूलमा आक्रमण गरी कम्तीमा ३०३ जना विद्यार्थी र १२ जना शिक्षकलाई अपहरण गरेका थिए । घटनापछि केही घन्टामै ५० जना विद्यार्थी भाग्न सफल भएका थिए भने यस महिनाको सुरुआतमा थप १०० जना विद्यार्थी रिहा भएका थिए ।

    नाइजर राज्य प्रहरीका प्रवक्ता वासिउ अबियोडुनले विज्ञप्ति जारी गर्दै अपहरण गरिएका बाँकी समूह पनि सुरक्षित रूपमा मुक्त भएको बताउनुभयो । उहाँका अनुसार कर्मचारीसहित कुल १३० जना पीडितलाई रिहा गरिएको छ । विद्यालयका केही विद्यार्थी र शिक्षक अझै बेपत्ता छन् कि छैनन् भन्ने विषयमा सोधिएको प्रश्नमा उहाँले थप विवरण पछि सार्वजनिक गरिने जानकारी दिनुभयो ।

    राष्ट्रपति बोला टिनुबुका प्रवक्ता बायो ओनानुगाले सामाजिक सञ्जाल एक्समार्फत अपहरण गरिएका बाँकी १३० जना विद्यार्थी रिहा भएको पुष्टि गर्नुभयो । उहाँका अनुसार मुक्त गरिएका विद्यार्थीहरू सोमबार नाइजर राज्यको राजधानी मिन्ना पुग्नेछन् र क्रिसमसका अवसरमा आफ्ना परिवारसँग पुनर्मिलन गर्नेछन् । उहाँले यो सफलता सैन्य गुप्तचरद्वारा सञ्चालन गरिएको विशेष अभियानपछि सम्भव भएको पनि बताउनुभयो ।

    राष्ट्रपतिका अर्का प्रवक्ता सन्डे डेयरले पनि सबै १३० जना विद्यार्थी सुरक्षित रूपमा मुक्त भएको र कोही पनि कैदमा नरहेको स्पष्ट पार्नुभयो ।
    नोभेम्बर २१ को उक्त अपहरणको जिम्मेवारी कुनै समूहले लिएको छैन । तर स्थानीय बासिन्दाहरूले नाइजेरियाको उत्तर क्षेत्रमा सक्रिय सशस्त्र गिरोहहरूले फिरौतीका लागि विद्यालय र यात्रुहरूलाई लक्षित गर्दै आएको आरोप लगाउँदै आएका छन् ।

    नाइजर राज्यको यो घटना हालैका सामूहिक अपहरणहरूमध्ये एक हो । यसअघि छिमेकी केब्बी राज्यमा २५ जना विद्यालय विद्यार्थी अपहरणमा परेका थिए भने दक्षिणी क्वारा राज्यको एउटा चर्चबाट अपहरण गरिएका ३८ जना उपासकहरू पनि गत महिना रिहा भएका थिए ।

    राष्ट्रपति टिनुबुमाथि देशभित्र र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट पनि सुरक्षा सङ्कटलाई लिएर दबाब बढिरहेको छ । ट्रम्पले नाइजेरियामा इसाई समुदाय लक्षित हुने गरेको आरोप लगाउँदै आउनुभएको छ ।

    नाइजेरियाका अधिकारीहरूले यस्ता उद्धार अभियानबारे प्राय : कम विवरण सार्वजनिक गर्ने गर्छन् र अपहरणसम्बन्धी घटनामा गिरफ्तारीहरू दुर्लभ छन् । विश्लेषकहरूका अनुसार धेरैजसो अवस्थामा फिरौती तिरेर अपहरण अन्त्य गरिन्छ, यद्यपि सरकारी निकायहरूले फिरौती भुक्तानी भएको स्वीकार गर्ने गरेका छैनन् ।

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.