• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय जनमोर्चाको पार्टीस्कुलमा एक दशक


  •   सोमबार, असार २९, २०७७ मा प्रकाशित
  • २०६२–६३ को जनआन्दोलनको उल्लासमय वातावरण कायमै थियो । देशमा गणतन्त्र स्थापित भई प्रथम पटक राष्ट्रपति र उपराष्ट्रपतिसमेतको चुनाव भइसकेको थियो । गणतन्त्र आए पनि बुर्जुवा गणतन्त्र नै थियो । गणतन्त्रको उपयोग गर्दै जनवादी गणतन्त्र स्थापना गर्न आफ्ना कार्यकर्तालाई राजनैतिक चेतनास्तर उच्च बनाउने पहिलो काम राष्ट्रिय जनमोर्चाको अगाडि खडा भएको महशुस गरेर पार्टीस्कुलको उद्घाटन भयो ।

    Advertisement

    २०६५ साउन २१ गतेका दिन उद्घाटन भएको स्कुलमा देशका विभिन्न जिल्ला र विदेशसमेतबाट २५ जिल्लाका ४० जना प्रशिक्षार्थी सहभागी भएका थिए । देशविदेशबाट सहभागी भएका प्रशिक्षार्थीमा जोशजाँगर र उत्साहसहित आमूल परिवर्तनको पक्षमा काम गर्न आवश्यक पर्ने राजनीतिक चेतनास्तर माथि उठाउने एउटा मात्र उद्देश्यले काम गरेको थियो । दुई महिनासम्म चलेको उक्त पहिलो सत्रको प्रशिक्षणमा ४२ जना प्रशिक्षकले प्रशिक्षण दिएका थियौँ ।

    आफ्नो स्थापनाकालदेखि नै प्रशिक्षण कार्यक्रममा जोड दिने राष्ट्रिय जनमोर्चाले औपचारिक रूपमा प्रशिक्षण केन्द्र स्थापना गरेर सञ्चालन गरेको यो पहिलो पटक थियो । त्योभन्दा पहिलेका प्रशिक्षण कार्यक्रम ३ दिन, ५ दिनको कार्यक्रम जिल्लाले आयोजना गरेर केन्द्रबाट प्रशिक्षक झिकाई दिने गरिन्थ्यो । १० दिनभन्दा बढी समयको प्रशिक्षण आयोजना गर्दा धेरै जना प्रशिक्षक चाहिने र प्रशिक्षक पठाउन र पाउन दुवै पक्षलाई कठिन हुने भएकाले सम्भव भएको थिएन । शारीरिक तालिमसहितको प्रशिक्षण भने शारीरिक प्रशिक्षक एक जनाले पनि दिन सक्ने हुनाले ठाउँठाउँमा आयोजना हुने गर्दथे । एक जना मुख्य प्रशिक्षक र १÷२ जना सहायक प्रशिक्षक भएमा १०–१५ दिनसम्मको शारीरिक प्रशिक्षण सञ्चालन हुन सक्दथ्यो र हुने पनि गर्दथ्यो । सैद्धान्तिक प्रशिक्षणका लागि विषयविज्ञ प्रशिक्षक धेरै चाहिने हुनाले सञ्चालन गर्न सामान्य तयारीले पुग्दैनथ्यो ।

    घना सङ्गठन भएका प्युठान, बागलुङ, अर्घाखाँची, दाङ आदि जिल्लाका धेरै क्षेत्रमा धेरै प्रशिक्षण कार्यक्रम सञ्चालन हुने गरेका थिए । जिल्लाले एकै पटक एक महिनाको प्रशिक्षण कार्यक्रम आयोजना गरेर १–२ जना प्रशिक्षक केन्द्रबाट बोलाउन र ३–५ दिनका घुम्ती प्रशिक्षण जिल्लाका विभिन्न एरियामा क्रमैसँग सञ्चालन गर्ने काम पनि धेरै भइसकेका थिए । ती प्रशिक्षणको अभ्यासले केन्द्रमा १–२ महिनाका प्रशिक्षण सञ्चालन गर्ने आधार तयार पार्ने काम गरे ।

    पार्टीले आफ्नो भूमिगत अवस्थामा समेत भारतमा १५ दिनको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र देशभित्रबाट खर्च व्यवस्था गरेर भारत गई आफ्नो मेसमा प्रशिक्षकसमेतलाई सहभागी बनाएर प्रशिक्षण लिई देशमा आएर राजनैतिक गतिविधि सञ्चालन गर्ने कामले समेत देशभित्रै १–२ महिनाका प्रशिक्षण गर्ने आधार तयार पारेको थियो । अनौठो कहाँ छ भने देशका अवसरवादी राजनैतिक पार्टीले राजनीति गर्नेको नाममा राज्यकोषमा आफ्ना पहुँच पु¥याएर रकम आफन्तमा बाँड्ने अभ्यास गरेको हुनाले राजनीति त गर्ने काम पो हो, पढ्ने काम पनि राजनीति हुन सक्छ र ? यस्ता प्रश्न धेरैले उठाएको अनुभव पनि हामीसँग छ । जेजस्ता अप्ठ्यारा र कठिनाइ आइपरे पनि राष्ट्रिय जनमोर्चाले आफ्नो प्रारम्भदेखि नै प्रशिक्षणमा जोड दिने काम गर्दै रह्यो ।

    देशमा सामन्ती शासन सञ्चालन भएको अवस्थामा राजनैतिक दल भूमिगत अवस्थामा थिए । राजाको प्रशस्ति भट्याउने र जनताको नाममा जम्मा भएको राष्ट्रिय आम्दानी र विदेशी ऋणको रकम विभिन्न बहानामा अपारदर्शी हिसाबले खर्च गरेर आफ्नो सामन्ती चरित्र प्रदर्शन गराउने पञ्चको मुख्य जिम्मा हुन्थ्यो । जनताले राजा मान्ने, धर्म मान्ने, सामन्तलाई मान्ने, पण्डित मान्ने आदिका साथै पूजापाठ गर्ने र आफ्नो स्वर्गको स्थान सुरक्षित पार्ने काल्पनिक काम गर्दथे । त्यस्तो अवस्थामा जनताबिच समाजवाद र मजदुर वर्गको राज्यसत्ताको बारेमा विश्वस्त गराउने काम निकै कठिन थियो । रुसमा भएको समाजवादी सत्तामा प्रतिगमनपछि क्रमशः माक्र्स–एङ्गेल्स र लेनिन–स्टालिनका रचना र समाजवादको प्रचार प्रसार क्रमशः कम गर्दै पूरै बन्द गरिसकेको अवस्थामा प्रचार सामग्री उत्पादन र वितरण अत्यन्तै कठिन थियो । समाजवादको बारेमा व्यवस्थित अध्ययन–अध्यापन गराउने काम कति कठिन थियो भन्ने कुरा तलको घटनाबाट सहजै अनुमान लगाउन सकिन्छ ।

    काठमाडौँको भोटाहिटीमा रुसले नेपाली भाषामा उल्था गरेर पठाएका समाजवादी व्यवस्था र समाजवादी समाजबारेमा लेखिएका पाठ्यसामग्री नाम मात्रको मूल्यमा विक्री गर्ने व्यवस्था थियो । त्यो पुस्तक दुकानमा सिभिल डे«सका सरकारी व्यक्तिले किताब किन्ने व्यक्तिको नाम, ठेगाना, उसको जिल्ला प्रहरी कार्यालयमा पठाउने र त्यो व्यक्तिको पेशामा कतै सरकारी अङ्कुश लगाउन पाउने भए पुलिस रिपोर्टमा आतङ्ककारीको लिस्ट तयार पार्ने काम हुन्थ्यो । त्यस्तो प्रतिकूल अवस्थामा पठनपाठन अत्यन्तै अप्ठ्यारो हुने भएकाले कालरात्री भने पनि हुन्थ्यो । देशमा गणतन्त्र स्थापना भएपछि स्थितिमा सुधार त भयो, तर पनि व्यवस्था त शोषणप्रधान नै हो र अवस्था पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक नै हो । खुकुलो अवस्थामा केही सजिलो भए पनि जनताबिच अवसरवादीहरूले र पैसाको चलखेलका कारण जनतालाई सचेत, सङ्गठित र अनुशासित बनाउने र आफ्नो मुक्ति आफैले ल्याउने अवस्थामा पु¥याउने कामका लागि लामो समय र अनुशासित पार्टी अवश्य चाहिन्छ । त्यस्तो पार्टी र त्यसमा काम गर्ने व्यक्तिको टिम तयार नपारिकन व्यवस्थित पार्टी बन्ने र आमूल परिवर्तन गर्ने कुनै हुन सक्दैन । त्यसका लागि पहिलो आवश्यकता अध्ययन–अध्यापन नै हो । अध्ययन–अध्यापन नगरिकन वर्गसङ्घर्ष र आमूल परिवर्तनको कुनै व्यावहारिक प्रयोग हुन सक्दैन । विश्वदृष्टिकोणमा आमूल परिवर्तन गर्नुपर्ने पहिलो शर्त भएको हुनाले राष्ट्रिय जनमोर्चाले पार्टीस्कुल स्थापना र सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

    पहिलो पटक स्थापना र सञ्चालन गरेको गोरखपुरको पार्टीस्कुलमा देशभित्रबाट महिलाको टिम, युवकको टिम, पार्टीसदस्यको टिम र मजदुरका टिम आदि विभिन्न टिमलाई १५ दिनको प्रशिक्षणको व्यवस्था गरिएको थियो । त्यो १५ दिनमा दर्शन, अर्थशास्त्र, राजनीति र समाजवादका विषयमा ३–४ जना प्रशिक्षकले प्रशिक्षण दिने गरी व्यवस्था मिलाइएको थियो । ती टिममा सहभागी पनि धेरै हुने अवस्था थिएन । राजनीतिको प्रचार प्रसार कम भएकाले आफ्नै खर्चमा १५ दिनसम्म बसेर खाने तथा प्रशिक्षकलाई खुवाउनसमेत काम सामान्य रूपले अनुमान गरिएभन्दा बढी कठिन थियो । त्यसकारण त्यो प्रशिक्षण कार्यक्रम ३ वर्षभन्दा बढी चल्न सकेन । त्यो कार्यक्रमले वर्ग र वर्गसङ्घर्षबारे प्रारम्भिक धारणा विकास गराउन सहयोग पु¥यायो ।

    देशको राजनीतिक जटिलता र माओवादीको कथित जनयुद्धसमेतले व्यवस्थित प्रशिक्षण कार्यक्रममा बाधा पु¥यायो । त्यसपछि भारतको प्रशिक्षणलाई परिवर्तन गरेर देशभित्र र भारतसमेतमा त्यहाँका सङ्गठनले आयोजना र व्यवस्थापन गर्ने गरी १–२ जना प्रशिक्षकले घुम्ती प्रशिक्षण शिविर सञ्चालन गर्ने गरियो । सामन्ती अर्थतन्त्र भएको समाज, जहाँ पुँजीवादी राज्यसत्ता स्थापना र सञ्चालन हुन नै बाँकी छ, त्यस्तो अवस्थामा समाजवादको विषयमा गरिने प्रशिक्षणले प्रशिक्षार्थीमा एउटा प्रगतिशील मनोवैज्ञानिक परिवर्तनमा त सहयोग अवश्य पु¥यायो । तर त्यो प्रशिक्षणले देशको राजनीतिक क्षेत्रमा आफ्नो स्थान सुरक्षित र बलियो बनाउन सक्ने कुरा भएन ।

    राजनीति पुँजीवादतिर बढ्दै जाने, हाम्रो प्रशिक्षण पुँजीवादी व्यवस्थाको विरुद्धमा लक्षित हुने भएको हुनाले प्रतिकूलता बढ्दै गए । व्यक्तिहरूले तत्कालै उपलब्धि खोज्ने, फाइदा उठाउने र अवसरको खोजी गर्ने ठाउँ, राजनीतिक क्षेत्रलाई बनाउने र अवसरको उपयोग गर्ने, तर आमूल परिवर्तनको दीर्घकालीन कार्यक्रमको पछाडि नलाग्ने प्रवृत्ति बढ्दै गयो । तर पनि हामीले आफ्नो उद्देश्यमा दृढ रही प्रशिक्षण चलाउने काम जारी राख्यौँ । त्यसबाट वर्गीय स्वार्थ र शोषितवर्गको सङ्गठित प्रयत्नको आवश्यकताबोध हुँदै गयो । प्रशिक्षार्थीहरू टपरटुइयाँ खालका थिएनन् । सिधा सरल स्वभावका र समाजका सामान्य नागरिक नै थिए । अवसरको फाइदा उठाउन चाहानेहरू हाम्रो प्रशिक्षणमा छँदै थिएनन् भन्ने होइन तर पनि त्यस खालका व्यक्ति त्यहाँ गएर फाइदा उठाउन सकिन्छ भन्ने हिम्मत गर्ने अवस्था नै थिएन । उनीहरूलाई इमान्दारिता र आफ्नो योगदान सामूहिकताका लागि थप्नुपर्छ भन्नेसम्मको चेतनाले काम गरेको थियो ।

    गणतन्त्र स्थापना भइसकेपछि अवस्थामा परिवर्तन त भयो, तर त्यो अवस्थामा पार्टीको जिम्मेवार पदमा रहेका व्यक्तिको मनोविज्ञानले पनि पार्टीको काममा सकारात्मक गति दिन सकेन । भूमिगत कालमा पार्टीमा काम गर्ने भनेको पार्टीका सर्कुलर भारतको सीमाबाट नेपाली सीमा र त्यहाँबाट देशका विभिन्न ठाउँमा पु¥याउने मुख्य काम थियो । त्यस्तो काम सर्वसाधारण जनताका छोराछोरीलाई भन्दा सुविधासम्पन्न सामन्तका सन्तानलाई सजिलो हुन्थ्यो । उनीहरूका यातायातका साधन घोडा हुन्थे । राजनीतिक पेशा सम्मानित पेशा थियो र जमिन्दारीबाट किसानको मिहिनेत, पसिनाको उत्पादनले सामन्तको भकारी भरिन्थ्यो । आफू उत्पादनको काममा लाग्नुपर्र्दैनथ्यो । त्यसैले त्यस्ता व्यक्तिका लागि उचित पेशा राजनीति थियो । जनतामा गरिबको पार्टी कम्युनिस्ट पार्टी हो भन्ने बुझाइ भएकाले सामन्तको सुरक्षित पेशा राजनीति थियो । तर पार्टी खुल्ला भइसकेपछि उनीहरूको स्थितिमा परिवर्तन आयो । सबै पार्टीमाथिको प्रतिबन्ध हटाइए ।

    जनतामा राजनीतिक पार्टी खुल्ला भएपछि पनि सबैका अगाडि खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या खडा भएकै हुन्थे । ती समस्या समाधान गर्नु त पर्ने नै भयो । उत्पादनका साधन जग्गा र उद्योग आफ्ना नाममा भएका सीमित व्यक्ति नाफा बढी कमाउने होडमा लागे भने सामान्य किसान र सानातिना व्यापार, व्यवसाय भएका व्यक्ति विदेश गएर रोजगारी सृजना गर्नपट्टि ध्यान केन्द्रित गरे । यस्तो अवस्थामा जसरी पनि आम्दानी बढाउनुपर्छ भनने मनोविज्ञानको विकास तीव्र भयो । राजनीति पनि कमाइखाने भाँडो बनाएर अवसरवादीले राज्यसत्तामा आफ्नो पहुँच पु¥याएर राज्यको ढुकुटीबाट रकम हात पार्ने र आफ्ना अराजक कार्यकर्ताको भिड बनाउने काम पनि बढ्दै गयो । कसैले आफ्नो पक्षमा बढी मत ल्याउन राङा, खसी, कुखुरा आदि जनावर काटेर रगतमा हात राखेर प्रतिज्ञा गराउने कि हामीले भोट अन्त दिने छैनौँ । कसैले विकास निर्माण, बाटो, पुल, स्कुल, बिजुली आदि र रोजगारीको व्यवस्था गराइदिने वाचासहित आफ्नो पक्षमा बढी मत खसाल्ने होड नै चल्यो । तर राष्ट्रिय जनमोर्चाले जनताको राजनैतिक चेतना उच्च बनाउनेबाहेक अरू छोटो र सजिलो बाटो केही देखेन । त्यसका लागि राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक विषयमा प्रशिक्षण दिने व्यवस्था गर्नैपर्ने महशुस ग¥यो । तर खर्चको व्यवस्था र प्रशिक्षार्थीको व्यवस्था सजिलै समाधान हुने अवस्था पनि थिएन । एकातिर, राजनैतिक प्रशिक्षणको खाँचो महशुस भयो भने अर्कातिर, जनताको बिचमा राजनीति लैजानुपर्छ भन्ने चाहना भएका व्यक्ति पनि खोज्ने र भेट्टिने काम भयो । त्यही सिलसिलामा आफ्नो व्यक्तिगत खर्च कटौती गरेर भए पनि पार्टीस्कुल सञ्चालनका लागि निरन्तरको सिलसिलामा स्थापनासम्म र १–२ सेसनको खर्चसमेत व्यवस्थापन गर्न सहयोग गर्ने व्यक्ति पनि भेट्टिए, जसको कारणबाट पार्टीस्कुल स्थापना गर्न सम्भव भयो ।

    एकपटक त यस्तो समस्या प¥यो कि घरभाडा तिर्ने रकम भएन । साथीहरू एक जना उद्योगपतिकहाँ जानैपर्ने भयो । काठमाडौँमा पानीको खाँचो असाध्यै हुने, घरबेटीकहाँ पानकिो ट्याङ्की नभएको, उद्योगपतिकहाँ गएर ५ हजार लिटरको क्षमता भएको पानी ट्याङ्की उत्पादक कम्पनीको मालिकसँग गई कुरा गर्नुपर्ने भयो । पहिलो पटक अलिकति सहुलियत दरमा दिने, दोस्रो पटक छुट रकम अलि बढाउने, तेस्रो, चौथो र पाँचौँ पटकमा ट्याङ्की पुरै दिएर सहयोग गर्नेले मात्र नपुगेर ढुवानीसमेत गरिदिने मञ्जुर गराउनुभयो । त्यसरी ट्याङ्की भाडाको घरमा पुगेपछि घरबेटीसँग फेरि २–४ पटक कुरा गरेर त्यो ट्याङ्कीको रकम भाडामा कट्टा गर्ने सहमति गरेर/गराएरसमेत समस्याको समाधान गरिएको थियो । जहाँ आवश्यकता हुन्छ, त्यहाँ समाधानको उपाय पनि निस्कन्छ भनेको शायद त्यही होला ।

    अहिलेसम्म पार्टीस्कुलमा उन्नाइसौँ नियमित सेसनसम्म पूरा भएका छन् । पहिलो सेसन दुई महिनाको थियो । दोस्रो सेसनदेखि सबै सेसन एक महिना मात्रका भएका छन् । ती नियमित सेसनको अतिरिक्त एउटा उच्चस्तरीय सेसन, एउटा जिल्लास्तरीय नेतृत्वको सेसन (यो सेसन एकै पटकमा सञ्चालन गर्दा अप्ठ्यारो पर्ने हुनाले ३ पटकका लागि पालोपालो गरेर जिल्ला छनौट गरी गरिएको थियो) । एउटा महिला नेतृत्वको सेसन, एउटा शिक्षक नेतृत्वको सेसन र एउटा युवक नेतृत्वको सेसन गरेर जम्मा २६ वटा सेसनमा ६ सय ५३ जना प्रशिक्षार्थीलाई सहभागी बनाएर केन्द्रीय प्रशिक्षण सम्पन्न गरिसकेका छौँ । उच्चस्तरीय सेसनमा पहिले प्रशिक्षण लिएर फर्केका र पार्टीले दिएका सबै जिम्मेवारी पूरा गरिसकेकालाई श्रेष्ठताको आधारमा छनौट गरेर १९ जनालाई प्रशिक्षित गरेका थियौँ । यो सेसन खासगरी प्रशिक्षक तयार पार्ने उद्देश्यसहित पूरा गरिएको थियो ।

    हाम्रो देशमा कम्युनिस्ट पार्टी नाम राखेर गठन गरिएका धेरै पार्टी छन् । तर हामीले दावीका साथ भन्न सक्छौँ, यसरी व्यवस्थित तरिकाले प्रशिक्षण सञ्चालन गरेको हाम्रो मात्र पार्टी हो । अरू पार्टी यो वा त्यो रूपमा वर्तमान व्यवस्थालाई सहयोग पु¥याउने गरी आफ्नो स्थान सुरक्षित गर्न खोलिएका छन् र त्यसैअनुसार अवसरवादी पार्टीको रूपमा निम्न–पुँजीपति वर्गको प्रतिनिधित्व गरिरहेका छन् । अर्को कुरा, चार दशकभन्दा बढी समयसम्म जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन साप्ताहिक पत्रिका प्रकाशन गरेर जनताबिच वितरण गरेको पार्टी पनि हाम्रो मात्रै हो । अरू कतिपय पार्टीको पत्रिका पार्टीले प्रकाशन र सञ्चालन गरेका छैनन् । कतिपय नियमित छैनन् । यसरी सैद्धान्तिक प्रशिक्षण र पत्रिका प्रकाशन तथा वितरणमा आफ्नो ध्यानकेन्द्रित गर्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्रै हो । हामीले इतिहासमा र वर्तमानमा मात्रै होइन, भविष्यमा पनि यिनी काममा मुख्य ध्यान केन्द्रित गराउने छौँ ।

    सोमबार, असार २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • २.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ७.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ८.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.