• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

युक्रेन युद्धबारे वार्ता सकारात्मक


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • मियामी । रुस र युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकाले युक्रेन र युरोपेली प्रतिनिधिहरूसँग फ्लोरिडामा गरेको वार्तालाई ‘फलदायी र रचनात्मक’ भएको जनाएको छ । ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिनुभएको हो ।

    Advertisement

    उहाँका अनुसार युक्रेन, संयुक्त राज्य अमेरिका र युरोपबीच साझा रणनीतिक दृष्टिकोणमा तालमेल कायम गर्न वार्ताको आयोजना गरिएको हो । “हाम्रो साझा प्राथमिकता हिंसा रोक्नु, दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु र युक्रेनको पुनःउत्थान, स्थिरता तथा समृद्धिका लागि आधार तयार गर्नु हो । शान्ति केवल युद्ध अन्त्य मात्र नभई स्थिर भविष्यतर्फको सम्मानजनक मार्ग हुनुपर्छ”, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत विटकफले भन्नुभयो ।

    यो पहल ट्रम्प प्रशासनले महिनौँदेखि अघि बढाउँदै आएको कूटनीतिक प्रयासको हिस्सा हो । राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि तीव्र कूटनीतिक दबाब दिँदै आउनुभएको छ । तर मस्को र किएभका मागहरू एकअर्कासँग मेल नखाँदा प्रक्रिया जटिल बनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनप्रति आफ्ना अधिकतम मागमा अडिग रहने सङ्केत दिँदै आउनुभएको छ, यद्यपि युद्धमैदानमा ठूलो क्षति व्यहोर्दै पनि रुसी सेना केही स्थानमा अगाडि बढिरहेको बताइएको छ ।

    यसैबीच, रुससँगको वार्ता पनि जारी रहेको सङ्केत दिँदै क्रेमलिनका एक प्रतिनिधिले फ्लोरिडामा छलफल ‘रचनात्मक रूपमा अघि बढिरहेको’ बताएका छन् । रुसी दूत किरिल दिमित्रीभले शनिबार मियामीमा पत्रकारहरूसँग कुरा गर्दै छलफल निरन्तर जारी रहने जानकारी दिनुभएको थियो । उहाँले विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग भेटघाट गर्नुभएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

    युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार टेलिग्राममार्फत कूटनीतिक प्रयासहरू तीव्र गतिमा अघि बढिरहेको र फ्लोरिडामा युक्रेनी टोलीले अमेरिकी पक्षसँग सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो । तर क्रेमलिनले युक्रेन, रुस र अमेरिका संलग्न त्रिपक्षीय वार्ता तयारी भइरहेको भन्ने दाबी अस्वीकार गरेको छ । राष्ट्रपति पुटिनका विदेश मामिला सल्लाहकार युरी उसाकोभले हाल यस्तो पहल गम्भीर रूपमा छलफलमा नरहेको स्पष्ट पार्नुभएको छ ।

    युक्रेनभित्रै, मानव अधिकार लोकपाल दमित्रो लुबिनेट्सले रुसी सेनाले सुमी सीमा क्षेत्रबाट करिब ५० जना युक्रेनी सर्वसाधारणलाई जबरजस्ती रुसमा लगेको आरोप लगाउनुभएको छ । उहाँका अनुसार ती नागरिकहरूलाई अवैध रूपमा नियन्त्रणमा लिएर रुसी भूभागमा पु¥याइएको हो । यस विषयमा उहाँले रुसका मानव अधिकार आयुक्तसँग सम्पर्क गरी तत्काल नागरिक फिर्ता गर्न माग गर्नुभएको छ ।

    यसै सन्दर्भमा, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्न पुटिन इच्छुक रहेको खबरलाई फ्रान्सले स्वागत गरेको छ । म्याक्रोनको कार्यालयले युद्धविराम र शान्ति वार्ताको सम्भावना स्पष्ट भएमा संवाद उपयोगी हुने जनाएको छ ।

    उता, युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनको सैन्य र आर्थिक आवश्यकताका लागि आगामी दुई वर्षमा ९० अर्ब युरो सहयोग प्रदान गर्ने सहमति जनाएका छन्, जसका लागि पूँजी बजारबाट ऋण लिने योजना बनाइएको छ ।

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.