• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्रगतिशील लेखक संघको दोस्रो राष्ट्रिय परिषद् बैठक सम्पन्न

"अध्यक्षको विशेष प्रस्ताव, महासचिवको सांगठिनक प्रतिवेदन र कोषाध्यक्षको आयव्यय रिपोर्ट पारित "

  •   आइतबार, असार २८, २०७७ मा प्रकाशित
  • काठमाडौँ/प्रकाश थापा मगर

    Advertisement

    प्रगतिशील लेखक सङ्घको दोस्रो राष्ट्रिय परिषद् भर्चुअल माध्यमबाट २०७७ असार २७ गते सम्पन्न भएको छ । बैठकले अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीद्वारा प्रस्तुत ८ बुँदे विशेष प्रस्ताव, महासचिव समीर सिंहद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रा.डा. धु्रवकुमार घिमिरेद्वारा प्रस्तुत आयव्यय रिपोर्ट पारित गरेको छ ।

    प्रलेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार बैठक अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको थियो । केन्द्रीय पार्षद, केन्द्रीय सदस्य तथा पदाधिकारी र सल्लाहकारहरूले रिपोर्टिङ तथा सुझाव प्रस्तुत गरिएको सो बैठकमा उपस्थित सहभागीलाई उपाध्यक्ष गोपीरमण उपाध्ययले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    राष्ट्रिय परिषद्बाट पारित प्रस्ताव यस्तो रहेको छ :

    “(१) नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको र सोहीअनुसार नेपालको संविधानमा निसानाछाप समावेश गर्न विधेयक प्रस्तुत गरेबमोजिम संसदका दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भएकोमा प्रलेसको राष्ट्रिय परिषद्को यो बैठक सहर्ष सरकार तथा संसद्का दुवै सदनका सदस्यका साथै यस निम्ति विशेष पहल गर्ने अभियन्ता तथा जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

    (२) राज्यव्यवस्था समितिबाट पारित भई सरकारद्वारा संसदमा प्रस्तुत भएको नागरिकतासम्बन्धी विधेयकको प्रलेस राष्ट्रिय परिषद्को यो बैठक हार्दिक स्वागत गर्दछ र सदनबाट यथाशीघ्र पारित हुने विश्वासका साथ त्यसको पक्षमा ऐक्यबद्धता जाहेर गर्दछ ।

    (३) एमसिसीलाई आइपिएसको अङ्ग भनी अमेरिकी दस्तावेजमा उल्लेख भएको र सोही कुरा पुष्टि गर्ने वक्तव्य पनि आएको तथा त्यसमा राष्ट्रलाई घात गर्ने कतिपय प्रावधानहरू रहेकाले त्यसलाई यथास्थितिमा कुनै पनि हालतमा पारित गरिनु हुन्न भनी यो बैठक ठहर गर्दछ ।

    (४) भारतीय केही सञ्चार माध्यमले नेपालको राष्ट्रियता, नेपालका सम्माननीय प्रधानमन्त्री तथा नेपालका लागि चिनियाँ राजदूतका विषयमा कूटनैतिक मर्यादा विपरीत दुराशयपूर्ण, भ्रमात्मक र कपोलकल्पित समाचार प्रचार प्रसार गरेकामा यो बैठक घोर भत्र्सना गर्दछ र यस प्रकारको गतिविधि तुरुन्त बन्द गरी मर्यादित व्यवहार गर्न आग्रह गर्दछ ।

    (५) विचार अभिव्यक्तिका कारण राज्यबाट कुनै पनि स्रष्टा लेखकलाई पक्रने, थुन्ने र यातना दिने काम नगरियोस् र निर्बाध रूपमा विचार प्रवाह गर्न पाउने वातावरण सिर्जना गरियोस् भन्दै विचार अभिव्यक्तिका कारण कुनै पनि स्रष्टालाई थुनामा राखिएको छ भने तुरुन्त रिहा गरियोस् भनी राष्ट्रिय परिषद्को यो बैठक सरकारसमक्ष माग गर्दछ ।

    (६) कोभिड–१९ बाट ज्यान गुमाउने समस्त नेपाली दाजुभाइ, दिदीबहिनीप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र यस महामारीको सङ्क्रमणमा पर्नुभएका सम्पूर्ण जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । कोरोनाको नियन्त्रणका लागि सरकारले चालेका पाइलामा राष्ट्रिय परिषद्को यो बैठक ऐक्यबद्धता जनाउँछ र कोरोनाका असरबाट जनसमुदायलाई जोगाउन तथा समाजमा निराशा आउन नदिन सिर्जनात्मक क्षमताको अधिकतम सदुपयोग गर्न सम्पूर्ण स्रष्टालेखकहरूलाई आह्वान गर्दछ । साथै कोभिड–१९ को सङ्क्रमणमा पर्नुभएका तथा यसका कारण समस्याग्रस्त हुनुभएका कलमजीवी लेखकहरूले भोग्नुपरेका समस्यातर्फ पनि यो बैठक सरकारको ध्यानाकर्षण गराउँछ र समस्यामा पर्नुभएका कलमजीवी लेखकका निम्ति विशेष सहयोगको माग गर्दछ ।

    (७) हालै आएको बाढीपहिरोमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीप्रति पनि बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस प्राकृतिक प्रकोपबाट पीडितको उद्धार, राहत र स्वास्थ्योपचारको समयमै यथोचित व्यवस्था गर्न सरकारसँग माग गर्दै मानवीय सेवाको यस कार्यमा आआफ्नो ठाउँबाट सहयोगमा जुट्न प्रलेस परिवारका सबै सदस्यलाई बैठक आह्वान गर्दछ ।

    (८) विश्व साम्राज्यवादको रणनीति नै नाफा आर्जन गर्न, बढीभन्दा बढी प्रकृतिको दोहन गर्नेतर्फ रह्यो । बढीभन्दा बढी कार्बन उत्सर्जनले गर्दा ग्लोबल वार्मिङ बढ्दै गइरहेको अवस्था छ । ओजन लेयर पातलो हुँदै गइरहेको छ । वातावरणीय क्षेत्रमा खेलवाड गरिँदा कोभिड–१९ जस्ता भाइरसहरूका लागि अनुकूल वातावरण तयार भयो तथा भविष्यमा अझ खतरनाक भाइरसको उत्पत्ति नहोला भन्न सकिन्न । परिणाम यो भयो कि आज सिङ्गो मानवजाति यस प्रकारको डरलाग्दो भाइरसका विरुद्ध सङ्घर्ष गरिरहनुपरेको छ । प्रलेस, विश्वका वर्तमान चुनौतीको समाधानका लागि समाजवाद नै एउटा मात्र विकल्प रहेको ठहर गर्दछ ।”

    आइतबार, असार २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.