• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

किसान आन्दोलन वर्ग संघर्षको एक स्वरुप


  •   आइतबार, असार २८, २०७७ मा प्रकाशित
  • ठाकुर खनाल

    Advertisement

    इतिहासको सुरुबाटै किसानको अस्तित्व रहेको पाइन्छ अर्थात ढुङ्गेयुगपछिबाटै किसान अस्तित्वमा छन् । सुरुमा आफैले श्रम गरेर आफूलाई चाहिने अन्न उत्पादन गर्थे, पछि पशुहरूको प्रयोग गरेर अन्न उत्पादन गर्न लागे, जसबाट आफूलाई चाहिनेभन्दा बढी उत्पादन हुन थाल्यो । बढी भएको अन्न सञ्चित हुन लाग्यो । सञ्चित भएको अन्न थोरै उत्पादन गर्ने परिवारलाई दिइन्थ्यो र सित्तैमा काममा लगाइन्थ्यो । त्यहीँबाटै व्यक्तिगत सम्पति, श्रमशोषण, राज्य, सामन्त बने । सामन्तबाट राजा बने । त्यही समयबाटै वर्गको सुरुवात भयो । मुख्यतः राजा र प्रजा (रैती) वा किसान बने । यहीँबाटै किसानका दुर्दशा सुरु भए ।

    राजा तथा सामन्तको शोषणको चरम रूप बढ्दै गएपछि किसान आन्दोलन बढ्दै गए । विशेष गरेर युरोपियन देशमा कृषिक्रान्ति हुँदै औद्योगिक क्रान्ति भए । जहाँ जहाँ कृषिक्रान्ति र औद्योगिक क्रान्ति भए, त्यस्ता देश पुँजीवाद हुँदै साम्राज्यवादसम्म पुगे । पँुजीवाद र साम्राज्यवादले अधिकांश किसानलाई सर्वहारा मजदुरमा परिणत गरिदियो, केही कृषि मजदुर बने । हिजोका सामन्त र शासकहरू उद्योगपति र शासक नै रहे । देशको अधिकांश आर्थिक उनीहरूकै कब्जामा रह्यो । किसानहरू राज्यबाट र सामन्तबाट प्रताडित भइरहे ।

    जहाँ जहाँ किसान आन्दोलन उठ्न सकेनन्, त्यहाँ त्यहाँ किसानको दिनदशा कष्टकर भइरहे । विशेष गरेर ल्याटिन अमेरिकन मुलुक, अफ्रिकन मुलुक, एसियन मुलुक किसानको बाहुल्यता भएका मुलुक हुन् । अझ त्यसमा पनि दक्षिण एसियाली मुलुक किसानको बाहुल्यता भएका तर किसानको दुर्दशा बढी भएका मुलुक हुन् । यिनीहरूको कृषि गर्ने तरिका असाध्य परम्परागत र निर्वाहमुखी किसिमको छ ।

    दक्षिण एसियाली मुलुकमध्य नेपाललाई कृषिप्रधान मुलुक भनिएको छ, हुन पनि नेपालमा ९० प्रतिशत जनता कृषिमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका छन् । नेपालमा किसानको अवस्था अत्यन्तै दयनीय छ । उनीहरूले परम्परागत रूपमा कृषिकार्य गर्दछन् । उनीहरूसँग न त कुनै आधुनिक सिप छ, न त आधुनिक औजार, कृषिसामग्री छन् । कृषि गर्ने सिप नहुनु उनीहरूको दोष होइन र आधुनिक कृषिऔजार र सामग्री नहुनुमा पनि उनीहरूको कुनै दोष छैन । यी सम्पूर्ण कुराको परिपूर्ति गरिदिन नसक्नु हाम्रो देश कृषिप्रधान देश हो भनेर कहिले नथाक्ने सरकारको दोष हो ।

    कृषिप्रधान देश भएको हुनाले किसानलाई सिपमूलक तालिम दिनु, कृषिसामग्री मल, बिउ, कीटनासक औषधि उपलब्ध गराइदिने, किसानलाई अनुदान दिनु, ऋण उपलब्ध गराउनु, कृषिबिमा गरिदिनु उत्पादित कृषिउपजलाई उचित मूल्यमा खरिदबिक्री गरिदिनु, अनावश्यक रूपमा विदेशबाट पैठारी हुने कृषिउपजलाई नियन्त्रित गर्नु, देशभित्र उत्पादित कृषिउपजलाई अन्तर्राष्ट्रिय बजारमा विक्री–वितरण गर्न सक्ने व्यवस्था मिलाउनु, कृषिपेशालाई प्रोत्साहित गर्नु, किसानलाई सम्मान गर्ने व्यवस्था मिलाउने, कुन कुन ठाउँमा कुन कुन कृषि उत्पादन हुन्छन्, त्यसको अध्ययन–अनुसन्धान गरी किसानलाई ज्ञान, सिपमूलक तालिम उपलब्ध गराई उत्पादन बढी लिने वातावरण तयार गर्ने, उत्पादित वस्तुलाई भण्डारण र बजारसम्म पु¥याउने व्यवस्था मिलाइदिने आदि काम सरकारको हो ।

    तर के यी काम भएका छन त ? यसको सहज उत्तर हो– भएका छैनन् । किसानहरू सदियौँदेखि उत्पीडित छन्, शोषित छन्, अज्ञानतामा रुमल्लिएका छन् । अभाव र गरिबीमा छट्पटाइरहेका छन । उनीहरू कृषि बिचौलिया, स्थानीय साहु, जमिनदार, शोषक, सामन्त, राज्य र अन्तर्राष्ट्रिय पँुजी बजारबाट शोषित र पीडित छन् ।

    यसका अतिरिक्त किसानहरू अज्ञानता र अशिक्षाको भुमरीमा रुमल्लिरहेका छन् । उनीहरूसँग आफ्नो हक–अधिकारको बारेमा ज्ञानै छैन भन्दा पनि हुन्छ । ज्ञान होस् पनि त कसरी होस् ? उनीहरूलाई कृषिपेशा भनेको अन्य पेशाभन्दा तुच्छ पेशा हो भन्ने पारिएको छ । उनीहरूले भाग्यवादमा विश्वास राख्दछन् । साहु–जमिन्दारलाई ठुलाबडा ठान्नु, उनका अगाडि आफूलाई सानो ठान्नु, उनीहरूका अगाडि आफू मर्कामा परेको कुरा भन्न नसक्नु, साहुको दमन–शोषणलाई आफ्नो नियति सम्झनु उनीहरूको कमजोरी हो, जसका कारणले आफूहरू सधैँ शोषित र अपहेलित छन् ।

    नेपालमा किसानका हकहितका लागि सङ्गठित रूपमा खासै ठुला आन्दोलन भएका छैनन् । तर कत्ति पनि भएका छैनन् भन्न खोजिएको भने अवश्य होइन । वि.सं. २०१० सालमा प्युठान जिल्लामा भएको किसान आन्दोलनलाई उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छ । त्यस आन्दोलनले झिम्रुक खोलाको तिरैतिरका बस्तीमा बढी प्रभाव पारेको थियो । हुन त दासदासी प्रथाको अन्त्य, हलिया, हरुवा–चरुवा, कमैया, कमलरी प्रथाको अन्त्य आदि भएका छन् । दासदासी प्रथाको अन्त्य, अक्टोवर क्रान्तिको प्रभाव, जनचेतना र मानवतावादी सोचको प्रभाव नेपालका राणामा परेकाले भएको हो । कमैया प्रथा राजनैतिक प्रभावबाट अन्त्य भएको छ । उनीहरू मुक्त भए पनि उनीहरूसँग आफ्नो भन्ने जग्गाजमिन छैन । एनजिओको प्रभावका कारण जातिवादी, साम्प्रदायिकतावादी सोच हावी हुँदै गइरहेको पाइन्छ, जुन दुखद् कुरा हो । जसले माटोमा खुट्टै टेक्दैन, उसको नाममा सयौँ बिगाह वा रोपनी उब्जाउ जमिन छ भने सुकुम्वासी किसान, जसले अहोरात्र खेती गर्दछ, उसको नाममा एक टुक्रा पनि जमिन छैन । उनीहरूको दिनदशा दयनीय छ ।

    झापा आन्दोलनको बेला किसानलाई प्रभाव पार्न “जसको जोत उसैको पोत” भन्ने गुलियो नारा दिइएको थियो । त्यसबाट किसानहरू प्रभावित भएका पनि थिए र आन्दोलनमा होमिएका थिए । तर किसानलाई ठुलो धोका भयो । नेतृत्व पंक्तिको सत्तामा पुग्ने भ-याङ मात्र बने किसान ।

    पछिल्ला दिनमा अखिल नेपाल किसान सङ्घले किसान आन्दोलनका लागि अभियान सञ्चालन गरेको पाइन्छ । त्यसले पनि देशभरका किसानलाई आन्दोलित बनाउन सकेको छैन । खासगरी तराईका किसान समस्यामा छन् । उनीहरू असाध्यै शोषित–पीडित छन । उनीहरूमा चेतनाको पनि अभाव छ । पेशागत हकहितका लागि कुनै पेशागत सङ्गठन छैन । केही राजनितिक दलका किसान सङ्गठन त छन्, तर तिनीहरू चुनावमा भोट बैङ्कको रूपमा मात्र प्रयोग भएका छन् ।

    छिमेकी राष्ट्र भारतमा केही किसान आन्दोलन भएका छन् । धेरैजसो आन्दोलन अङ्ग्रेजको विरुद्धका सत्याग्रहसँग सम्बन्धित छन्, जसमा महात्मा गान्धीलगायत बल्लभभाइ पटेलको समेत नेतृत्व प्रदान भएको छ । निल उत्पादन गर्ने किसानको आन्दोलन, पावना विद्रोह, तेभागा आन्दोलन, वारदोली सत्याग्रह, चम्पारणको सत्याग्रह, नक्सलवाडी आन्दोलन आदि छन ।

    विश्व इतिहासका केही सफल आन्दोलन, सफल नेतृत्व र उपलब्धिलाई सङ्क्षिप्तमा केलाउँदा कार्ल माक्र्सलाई सम्झनैपर्दछ । कम्युनिस्टको झण्डामा भएको हँसिया र हथौडाको क्रस चित्र राख्नु वर्गसङ्घर्षका महत्त्वपूर्ण पक्ष किसान र मजदुर नै हुन् भन्ने कुराको सङ्केत हो । यसैगरी, रुसमा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति हँुदा मजदुरको साथसाथै गाउँ गाउँ, बस्ती बस्तीबाट किसानले सङ्गठित रूपमा लेनिनलाई साथ दिएका थिए । अत्यन्तै दमनका बाबजुद किसानले जारशाहीका विरुद्ध सङ्घर्ष गरे, जसको परिणामस्वरूप रुसमा क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । त्यसपश्चात किसानको दिनदशा सुध्रिएको पाइन्छ ।

    चीनमा माओको नेतृत्वमा सन १९२७ देखि १९४९ सम्म जनक्रान्ति भयो । माओले आफ्नो देशको विशिष्टतालाई ख्याल राख्दै गाउँबाट शहर घेर्ने अभियान सञ्चालन गर्नुभयो, जहाँ लाखौँलाख किसान सहभागि भए । १९४९ मा चीनमा क्रान्ति सम्पन्न भयो । क्रान्तिपछि चीनमा जनताका सुदिन आए । जसका कारण आजको शक्तिसम्पन्न चीन बन्न सम्भव भएको हो । चेग्वेभारा र फिडेल क्यास्टोको सफल नेतृत्वका कारण क्युवामा क्रान्ति सफल भयो । क्युबाको क्रान्तिपश्चात् चे दक्षिण अमेरिकाको पेरु हँुदै दक्षिण अमेरिकाका विभिन्न मुलुकमा क्रान्तिको चेतना जगाउँदै हिड्नुभयो । बोलिभियाका किसानको चेतनाको अभाव किसानको आफ्नो शत्रु र मित्रशक्ति छुट्याउन नसक्दा किसानकै सुराकीमा अमेरिकन सेनाले चेग्वेभाराको हत्या ग¥यो । यी कुरालाई अध्ययन गर्दा किसानका हक–अधिकार प्राप्तिका लागि चेतना, सङ्गठन, क्रान्तिकारी आन्दोलनका साथै कुशल नेतृत्वको पनि उत्तिकै हात हुने कुरा प्रष्ट छ ।

    नेपालजस्ता देशमा क्रान्ति सम्पन्न पार्नका लागि किसानलाई हरेक प्रकारका चेतना प्रदान गर्दै सङ्गठित गराउँदै आन्दोलनमा सहभागी गराउनुपर्छ । नेपालमा उद्योग कम भएको कारणले यहाँ खास सर्वहारा मजदुर कम छन् । नेपालको आमूल परिवर्तनका लागि एक मात्र विकल्प किसान नै हुन् । नेपालको हरेक भेगमा एकै खालका समस्या छैनन् । तराईमा मात्रै हेर्ने हो भने पनि थुप्रै थुप्रै समस्या छन् । पहाडी र हिमाली भेगमा आआफ्नै समस्या छन् । शोषणका रूपमा परिवर्तन भएका छन् । किसानका समस्यामा पनि परिवर्तन भएका छन् । पुरानै नारा र सङ्घर्षका रूपबाट किसान आन्दोलन अगाडि बढ्न सक्ने अवस्था देखिँदैन । त्यसैले किसान समस्या र आन्दोलनबारे गहन अध्ययन–अनुसन्धानको आवश्यकता छ । त्यसरी मात्र किसान आन्दोलनलाई नयाँ परिस्थितिमा अगाडि बढाउन सम्भव हुने छ ।

    आइतबार, असार २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.