• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भदौ २३ गतेको हत्याकाण्डका लागि को जिम्मेवार ?


  •   आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
  • जेनजी आन्दोलनको सिलसिलामा भदौ २३ गतेको बर्बर हत्याकाण्ड नेपालको राजनीतिक इतिहासको नै एउटा ठूलो कलङ्क हो । हाम्रो यो स्पष्ट र दृढ मत छकि त्यो हत्याकाण्डका लागि जिम्मेवार व्यक्तिहरू माथि कारवाही गरिनुपर्दछ । निश्चय नै, त्यस प्रकारको कारबाही निष्पक्ष, उच्च र न्यायोचित छानविनका आधारमा नै गरिनुपर्दछ ।

    Advertisement

    ओलीले यो दावी गरिहेका छन् कि, त्यो दिनको हत्या काण्डका लागि उनी वा उनको सरकार जिम्मेवार छैन । यदी त्यसो भएमा यसका लागि को जिम्मेवार छ ? उनले त्यो कुरा प्रकाशमा ल्याउनु पर्दछ र त्यो कुरालाई प्रमाणित पनि गर्नु पर्दछ । अन्यथा त्यो हत्याकाण्डका लागि ओली सरकार नै जिम्मेवार भएको र त्यो सरकारका प्रमुखको हैसियतले उनी नै मुख्य जिम्मेवार भएको कुरा दिनको उज्यालो झै छर्लङ्ग छ ।

    उनले त्यो काण्डको छानविनको लागि बयान दिन नजाने दावी गरेका छन् । त्यति मात्र होइन, उनले युथ फोर्सको गठन गरेर उनलाई बयानका लागि बोलाउने कुनै कार्यको प्रतिरोध गर्ने कुरा बताइरहेका छन् । युथ फोर्सका नेताहरूले बयानको लागि ओलीलाई बोलाईएमा एक लाख युवकहरूले प्रतिकार गर्ने बताइरहेका छन् । त्यो अवश्य पनि फासिष्ट तरिका हो । त्यस प्रकारको फासिष्ट तरिका ओलीको पहिले देखिको नै अधिनायकवादी, स्वेच्छाचारी र चरम प्रकारको व्यक्तिवादी चरित्र अनुरुप नै छ ।

    एमाले र माओवादीका विचमा पार्टी एकता गरेर जुन पार्टी बनेको थियो, त्यो ओलीको अधिनायकवादी र व्यक्तिवादी कारणले नै टुटेको थियो । त्यो बेला उनको बहुमत नहुने कमिटीको बैठकमा उपस्थित नै नहुने र बहुमतको निर्णय पनि नमान्ने कुरा सार्वजनिक रुपले नै बताएका थिए । उनको गलत प्रकारको शासन प्रणालीबाट असन्तोष भएर सांसदहरूले उनका विरुद्ध अविश्वासको प्रस्ताव राख्न खोज्दा उनले संसदको नै विघटन गराएका थिए । बहुमत सांसदहरूले राष्ट्रपति कहाँ गएर उनका विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराउन खोज्दा अल्पमतमा परेका ओलीले संसदको नै विघटन गर्न लगाएका थिए ।

    पहिले उनले आफ्‌नो पार्टीका दुई कार्यकाल वा ७० बर्षको उमेर पुगेपछि पार्टीको नेतृत्वमा आउन नमिल्ने नियम पारित गराएका थिए । तर उनको दुई कार्यकाल वा ७० बर्षको उमेर पुगेपछि उनलाई नेतृत्वमा पुग्न बाधा पुग्ने भएपछि उनले विधान महाधिवेशनद्वारा त्यो नियमलाई परिवर्तन गर्न लगाएका थिए । आवश्यकता अनुसार पार्टीमा कुनै नियमहरू बनाउन सकिन्छ । तर कुनै व्यक्तिको हितलाई केन्द्रमा राखेर त्यसरी कुनै नियममा हेराफेरी गर्नु अधिनायकवादी तरिका हो ।

    अमेरिकामा अवश्यपनि दुई कार्यकाल भन्दा बढी कुनै व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन नपाउने नियम छ । तर संसारका धेरैजसो देशहरू र नेपालमा पनि पूर्वराष्ट्रपति सकृय राजनीतिमा आउन नपाउने कुनै नियम छैन । पहिले विद्या भण्डारीको पार्टीको सदस्यता नविकरण गरिएको थियो । तर उनले अध्यक्षको पदमा प्रतिस्पर्धा गर्ने बताएपछि उनको पार्टीसदस्यता माथि रोक लगाइयो । त्यसले पनि ओलीको चरम प्रकारको महत्वाकांक्षा र व्यक्तिवादीतालाई नै बताउँछ ।

    ओलीको त्यस प्रकारको अधिनायकवादी चरित्र भाद्र २३ गतेको गोलीकाण्डमा पनि देखापर्‍यो । त्यसका लागि उनी निर्दोष छन् वा कुनै घुषपैठियाद्वारा त्यस प्रकारको कारबाही गरिएको हो भने उनले त्यसबारे सफाई दिनुपर्दछ र विषयलाई सार्वजनिक रुपले नै स्पष्ट गर्नुपर्दछ । तर उनले कुनै बयान दिन नजाने वा युथफोर्स बनाएर त्यसमा अवरोध पैदा गर्ने जुन कार्य गरिरहेका छन्, त्यसलाई कुनैपनि अवस्थामा न्यायोचित भन्न सकिन्न । उनको युथफोर्सले ओलीलाई बयानको लागि लगिएमा कडा प्रतिरोध गर्ने जुन अभिव्यक्ति दिईरहेको छ, त्यसबाट भोली चुनाव वा अरु शान्तिपूर्ण कार्यहरूमा पनि विरोधी शक्तिहरू माथि पनि बल प्रयोग गर्ने संभावनालाई अस्वीकार गर्न सकिन्न । त्यसरी ओलीले अपनाउने अधिनायकवादी वा अशिष्टताबाट देशमा गम्भीर प्रकारको अशान्ति वा द्वन्द्वको स्थिति उत्पन्न हुने खतराप्रति हामी सबैको समयमा नै ध्यान जानुपर्ने आवश्यकता छ ।

    पहिले ओलीको नेतृत्वमा भएको भ्रष्टाचार र कुशासनले देशमा गम्भीर प्रकारको असन्तोषलाई जन्म दियो । र त्यसरी जेनजी आन्दोलनको बेलामा देखापरेको गम्भीर स्थितिका लागि पनि ओलीको त्यस प्रकारको कार्यशैली काफी हदसम्म जिम्मेवार छ । उनले अहिले प्रदर्शन गरिरहेको अधिनायकवादी वा फासिष्ट कार्यशैलीले देशलाई कहाँ पुर्याउने हो ? त्यो पनि गम्भीर चिन्ताको विषय हो । के लामो संघर्ष, त्याग र बलिदानको इतिहास भएमा स्वयम् एमालेका नेता वा कार्यकर्ताहरूको पनि त्यसप्रति ध्यान जाला ?

    आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.